प्याराडाईज स्कुलका विद्यार्थी खेलाडीहरु पुरस्कृत (भिडियो सहित)
पूर्णपुष्टि, माघ ११ । गाईघाट
उदयपुर जिल्लाको एक प्रतिष्ठित बिद्यालय प्याराडाईज माध्यमिक स्कुल गाईघाटले विभिन्न बिधामा दुई सय बिद्यार्थीलाई पुरस्कृत गरेको छ । बिद्यालयको बार्षिक कार्यक्रम अनुसार सप्ताहव्यापी खेलकुद प्रतियोगितामा सहभागि भएका विभिन्न बिधाका नर्सरीदेखि कक्षा १२ सम्मका उत्कृष्ट बिद्यार्थीलाई सोमबार एक कार्यक्रमको आयोजाना गरी बिद्यालयले पुरस्कार वितरण गरेको हो ।
https://youtu.be/3Ixb7E7AIBQ
प्रिन्सिपल बाबुराम आचार्यका अनुसार खेलकुदमा झण्डै एक हजार बिद्यार्थीको सहभागिता रहेका थिए । शिक्षाँसगै बिद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा अव्वल बनाउन बिद्यालयको बार्षिक उत्सवलाई लक्षित गरी क्यालेण्डर नै प्रकाशन गरेर खेलकुद कार्यक्रम गरिएको हो ।
एउटा कक्षामा तीन वटासम्म बिद्यामा सहभागि हुने गरी कवडी, भलिवल, फुटवल, रिलेदौड, हाइजम्प, लङ्जम्प, ज्यावलिङ्गथ्रो, सटफुट जस्ता कार्यक्रम सञ्चालन ग...








