Thursday, August 20News That Matters

Breaking News 1

संघ र प्रदेशको निर्वाचनलाई निष्पक्ष बनाउन उदयपुरले बढायो सक्रियाता

संघ र प्रदेशको निर्वाचनलाई निष्पक्ष बनाउन उदयपुरले बढायो सक्रियाता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ १० गते । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष बनाउन जिल्ला निर्वाचन कार्यालय उदयपुरले निर्वाचन सम्बन्धी गतिबिधिलाई सुरु गरेको छ । कार्यालयले मतदाता नामावलीमा भएका त्रुटीलाई सुधार गर्न दाबीविरोध अद्यावधिक कार्य सुरु गर्न जिल्लास्थित राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल गरेको हो । खासगरी बसाइसराइ र विवाह गरी अन्यत्र गएकाहरूको दोहोरो मतदाता नामावली हुन सक्ने अवस्थालाई मध्यनजर गरी कार्यालयले एक व्यक्ति एक ठाउँ मतदाता नामावली कार्यक्रमलाई अघि सारेको हो । त्यसैगरी, मतदाता नामावली सच्याउने, हटाउने, दावी विरोध, उजुरीलगायतका कार्यलाई पनि समयसीमा तोकेको छ । आयोगले देशैभरी भाद्र १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावलीमा भएका त्रुटी सच्याउने, नाम हटाउने, उजुरी दिनेलगायतका अभियान सञ्चालन गर्ने जिल्ला निर्वाचन अधिकृत खेमराज कोइरालाले जानकारी...
हुरेण्डेकद्धारा सञ्चालित ५७ दिने सिपमूलक तालिम सम्पन्न

हुरेण्डेकद्धारा सञ्चालित ५७ दिने सिपमूलक तालिम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ९ गते । वल्र्डभिजन इन्टरनेशनल नेपाल र हुरेण्डेक उदयपुरको साझेदारीमा सञ्चालित ५७ दिने तालिम बुधवार सम्पन्न भएको छ । उदयपुर जिल्लाको ४ पालिकामा हाउसवाईरिङ र सिलाईकटाइ सम्बन्धि सिपमुलक तालिम सम्पन्न भएको हो । सीपमुलक तालिममार्फत आन्मनिर्भर बनाउन संस्थाले हाउसवाईरिङ र सिलाईकटाई तालिम असार १३ गतेदेखि सुरु भएको थियो । सीप सिकेर स्थानीय स्तरमै जिविकोपार्जन सहज बनाउन जिल्लाको उदयपुरगढी गाउँपालिका, कटारी नगरपालिका, ताप्ली गाउँपालिका साथै रौतामाई गाउँपालिका गरी चारवटा स्थानीय तहका ६५ जनाले तालिम लिएका थिए । हुरेण्डेकका अध्यक्ष शंकर बहादुर थापाका अनुसार असार १३ गतेदेखि सुरु भएको तालिम भदौ ७ गतेसम्म सञ्चालन भएको थियो । रौतामाई २ स्थित भुट्टारमा ३९० घण्टे तालिमस्थलमा सिलाईकटाईका लागि २२ जना महिला र हाउसवाईरिङमा ९ जना पुरुष यस्तैे ताप्लीको वडा नम्बर ५ रुपाटाँर तालिम केन्द्रमा हाउसवाई...
भौतिक पूर्वधार मन्त्रीद्धारा देउरी पुल उद्घाटन

भौतिक पूर्वधार मन्त्रीद्धारा देउरी पुल उद्घाटन

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ९ प्रदेश १ का भौतिक पूर्वधार मन्त्रीे हिमाल कार्कीले देउरी खोला आर.सि.सि. पुलको उद्घाटन गरेका छन् । प्रदेश सरकारको चार करोड, चौतिस लाख, चौसठ्ठी हजार, दुई सय बाउन्न रुपैया तेह्र पैसामा बनेको सोे पुल पवित्र निर्माण सेवाले निर्माणको ठेक्का पाएको थियो ।७१ मिटर लम्बाई भएको पुलको चौडाई १० मिटर रहेको छ भने स्पान ३ वटा रहेका छन् । २०७७ जेष्ठ १ गते सम्झैता भई २०६८÷१२÷२१ गते निर्माण सम्पन्न भएको थियो । उदयपुरको त्रियुगा नगरपालिका–५ नम्बरमा रहेको सो पुलले श्रीपुर, दमौटी लगाएतका स्थानका बासिन्दालाई सदरमुकाम सम्म आउजाउ गर्न सहज हुनेछ । पुल निर्माणसँगै नदिको दुवैतर्फ २०० मिटर नदि नियन्त्रण कार्यसमेत गरिएको छ ।भौतिक पूर्वाधार मन्त्री कार्कीले प्रदेश संरचनाको विरोध भई काम नभएको भन्दै संघियताको विरोध हुनेगरेपनि प्रदेश सरकारले जनताका विकासका चाहाना पूरा गर्दै गएको बताएका छन् ।  ...
उदयपुरमा मतदाता नामावली अध्यावधिक सम्बन्धी अन्तरक्रिया

उदयपुरमा मतदाता नामावली अध्यावधिक सम्बन्धी अन्तरक्रिया

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ ८ गते । उदयपुरमा आगामी संघ प्रदेश निर्वाचनको लागि मतदाता नामावली अध्यावधिक सम्बन्धी अन्तरक्रिया गरिएको छ । निर्वाचन कार्यालय उदयपुरले आयोजना गरेको सो कार्यक्रममा मतदाता नामावली सच्याउने, हटाउने, दाबी विरोध, उजुरी लगायतका वियषयमा जानकारी गराइएको थियो । अन्तरक्रियामा सहभागगिले मतदानको दुई स्थानमा नाम रहेकोले त्यस्तो हटाउन तर्फ निर्वाचन कार्यालयको ध्यानाकर्षण गराएका थिए । जिल्ला न्यायधिश कृषण प्रसाद सुवेदीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला विरेन्द्र यादवले गरेका थिए । कर्मचारी मिलन केन्द्रको सभाहल बोक्सेमा सम्पन्न भएको कार्यक्रममा विभिन्न राजनीतिक दल, संघसंस्था तथा सरकारी कार्यलयका प्रतिनिधी सहभागि भएका थिए । प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले राजनीतिक दललाई मतदाता नामावली अध्यावधिकका लागि मतदातालाई जागरुक बनाउन भूमिका खेल्नुपर्ने धारणा रा...
उदयपुरको सुपाडेमा बम फेला

उदयपुरको सुपाडेमा बम फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ७ उदयपुरको बेलका नगरपालिका देउराली स्थीत मदन भण्डारी राजमार्गको छेउमा बम फेला परेको छ । बम कस्ले र किन राख्यो भन्ने खुलेको छैन । आज विप्लव समुहले नेपाल बन्द घोषणा गरेको छ । बम राखिएको स्थललाई प्रहरीले घेरेर राखेको छ । सेतो काटुनमा बम राखिएको छ ।
उदयपुरमा बन्दको प्रभाव : सवारी र बजार पसल बन्द, तस्विर

उदयपुरमा बन्दको प्रभाव : सवारी र बजार पसल बन्द, तस्विर

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ७ उदयपुरमा बन्दले लामो तथा छोटो दुरीका यात्रुहरुलाई समस्या पारेको छ । मंगलबार नेपाल कम्युनिष्ट पार्ट (विप्लव) ले गरेको नेपाल बन्दका कारण बिहानै बाट सवारी तथा बजार पसल बन्द अवस्था छ । अत्यावश्यक वाहेक सबै क्षेत्रहरु बन्द गरिएको उदयपुरका पार्टी इन्चार्ज लक्ष्मण पौड्यलले जनाउनुभयो । उहाँले पछिल्लो समय असिमित मुल्यबृद्धी, अनियमिता, कालोवाजारी, भ्रष्टचार, कमिसन खोर, तस्करी, राष्ट्रिय स्वाधिनतामाथीको हस्तक्षेप लगायतको कारणहरु देखाउँदै यसलाई सच्याउन माग सहित वन्द आह्वान गरेका इन्चार्ज पौड्यलले जानकारी दिनुभयो । सरकारले गरेको प्रतिवद्धता समेत पुरा नगरी एक्लो हिसावले चलेको र पार्टी र सरकारवीच भएको सम्झौताहरु पनि वेवस्ता गरीएको भन्दै वन्द गर्नु परेको जनाए । सामान्य दुई पांग्रे सवारी र अत्यावश्यक सवारी वाहेक लामो तथा छोटो दुरीका सवारीहरु ठप्प रहेको छ भने बिभिन्न कार्यालय संघ ...
उदयपुरमा वन मुद्धाका तिन फरार प्रतिवादी पक्राउ

उदयपुरमा वन मुद्धाका तिन फरार प्रतिवादी पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ६ उदयपुरमा वन मुद्धाका तिन फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–५ दमौटी बस्ने ५२ बर्षीय बल बहादुर बस्नेत, सोहि स्थानका ४५ बर्षीय गोपाल भन्ने बुद्धि बहादुर राई र ५९ बर्षीय पदमबहादुर भन्ने सिंह बहादुर राई रहेका छन् ।उदयपुर जिल्ला अदालतको मिति २०७५÷०४÷२९ गतेको फैसलाले बल बहादुर बस्नेतलाई २० दिन कैद र रु.१,०१,२४८ रुपैया जरिवाना तोकेको थियो भने मिति २०७१÷०१÷०९ गतेको फैसलाले दुबै राईलाई १ महिना २५ दिन कैद र रु ९,६०५.३३ रुपैया जरिवाना तोकेका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिषेश प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आईतबार लुकिछिपी बसेको अबस्थामा तिनै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनालाई फैसला कार्यान्वनयको लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...
आफ्नो भ्रामक समचार प्रति संघिय सांसद सुरेश कुमार राईको गम्भीर ध्यानाकर्ष र स्पष्टीकरण

आफ्नो भ्रामक समचार प्रति संघिय सांसद सुरेश कुमार राईको गम्भीर ध्यानाकर्ष र स्पष्टीकरण

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ ६ गते । संघिय सांसद सुरेश कुमार राईले आफुमा लागेको आरोपहरु सबै तथ्यविहिन भएको स्पष्टीकरण दिनुभएको छ । उहाँले बिभिन्न आरोपहरु लगाएर एक अनलाईन खबरले समचार संप्रेशन गरेको भन्दै यो सबै झुट समचार र यस प्रति आफुले खेद प्रकट गरेको स्पष्टीकरणमा उल्लेख गर्नुभएको छ । यसरी आधार विहिन समचार लेख्ने अनलाईप्रति गम्भीर ध्यानाकर्षण रहेको भन्दै भ्रममा रहेका जनता तथा कार्यकर्ताहरुलाई स्पष्टीकरण मार्फत आफ्नो सत्य तत्थ्य कुरा सुझाउन खोजिरहेको उल्लेख गर्नुभएको छ । राईले आफ्नो स्पष्टीकरण बुद्धागत रुपमा उल्लेख गरेको कुरा जस्ताको तस्तै छ । म एक सामाजिक ब्याक्ति हु । मेरो बारेमा राम्रो नराम्रो बिषयमा चर्चा परिचर्चा हुनलाई स्वभाविक ठानेको छ । मेरो बारेमा अलिक धेरै नै भयो भ्रामक कुरा । भ्रमित समचारले सत्य र तथ्यलाई ढाछोप गर्दा अन्तत समाजले दुख पाउने गर्दछ । हरेक तर्क र बिश्लेशनहरु तथ्यहरुको जगमा हु...
उदयपुरमा बालबालिकालाई कोरोना विरुद्धको फायजर खोप लगाईदैँ

उदयपुरमा बालबालिकालाई कोरोना विरुद्धको फायजर खोप लगाईदैँ

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ६ गते । उदयपुरमा ५ देखि ११ वर्ष उमेर समुहको बालबालिकालाई कोरोना भाईरस विरुद्धको फायजर बायोएनटेक खोप शनिबारबाट लगाउन सुरु गरिएको छ । जिल्लाको आठवटै पालिकामा तोकिएको विद्यालयमा फायजर खोप सञ्चालन गरिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । कार्यालयका अनुसार कटारी नगरपालिका मातहतका विद्यालयमा भदौ ५ देखि १० गते सम्ममा खोप लगाईने छ । यता, उदयपुरगढी गाउँपालिकामा पनि भदौ ५ देखि खोप लगाउन सुरु भएर १० गते सकिने छ । ताप्ती मातहतका विद्यालयहरुमा ५देखि खोप लगाउन सुरु गरि ८ गते सम्म लगाईने छ । त्यसैगरी, रौतामाई, लिम्चुङबुङ, बेलका, चौदण्डीगढी र त्रियुगामा भदौ १६ गते देखि खोप लगाउन सुरु गरि २० गते सम्म लगाईने स्वास्थ्य कार्यालयका प्रमुख राम नरेश ठाकुरले बताए । फायजर खोपको दोस्रो मात्रा पहिलो डोज लगाएको २१ दिनपछि सोही विद्यालयहरुमा लगाईने ठाकुरले बताए । साथै १२ वर्ष माथिका बालबालिकाह...
१४ वर्षीया बालिका करणी गर्ने २ भारतीय पक्राउ

१४ वर्षीया बालिका करणी गर्ने २ भारतीय पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ६ गते । एक १४ वर्षीय बालिका जबरजस्ती करणी गरेको अभियोगमा दुई जना भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । बाललिका करणी गर्ने ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्ता आइतबार पक्राउ परेका हुन् । उनीहरूले ललाई फकाई एवं डरत्रास देखाई ती बालिकालाई बलात्कार गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।...