Thursday, August 20News That Matters

Breaking News 1

भोलीबाट गाईघाटको फुटपाथमा व्यापार गर्न नपाईने

भोलीबाट गाईघाटको फुटपाथमा व्यापार गर्न नपाईने

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १५ भोली भादौ १६ गतेबाट गाईघाटको फुटपाथमा व्यापार गर्न साना व्यापारीलाई नगरपालिकाले हटाउने भएको छ । विगत लामो समयदेखी गाईघाटको फुटपाथमा फलफुल तथा चटपटे व्यापारीले व्यापार गर्दै आएका थिए । फुटपाथ व्यापारीका कारण पैदलयात्रीले सास्ती व्यहोर्दै आएका थिए ।त्रियुगा नगरपालिका र उद्योग वाणिज्य संघ त्रियुगाले संयुक्त रुपमा पहल गरी फुटपाथ व्यापारीलाई हटाउन लागेका हुन् । फुटपाथमा व्यापार गर्ने साना व्यापारीलाई व्यापार गर्नका लागि वैकल्पिक स्थानको रुपमा विद्युत मार्गको खाली चौरमा व्यवस्थापन गर्ने योजना बनाएको छ ।...
हात्तीको आक्रमणबाट १ जना बृद्धको मृत्यु

हात्तीको आक्रमणबाट १ जना बृद्धको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १५ झापाको बाह्रदशी गाउँपालिका(१ का ८० बर्षीय देवि बहादुर अधिकारीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । हिजो बिहान १० बजे मनकामना सामुदायिक बनमा घाँस काट्न गएका अधिकारीलाई हात्तीले आक्रमण गरी घाईते बनाएको थियो । हात्तीको आक्रमणबाट घाईते भएका अधिकारीलाई उपचारको लागि धरान घोपा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।...
बोक्सेमा फुटवल प्रतियोगिता सुरु, पहिलो खेलमा फ्युजन र सिसुवारीको जित

बोक्सेमा फुटवल प्रतियोगिता सुरु, पहिलो खेलमा फ्युजन र सिसुवारीको जित

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १४ बोक्सेमा सोमवार बाट ओपन ७A नकआउट फुटवल प्रतियोगिता सुरु भएको छ । बोक्से स्थित खसी बजारमा दिउँसो २ बेजे खेलको उद्घाटन भएको हो । खेलको पहिलो दिन २ खेल खेलाईएको छ ।उक्त खेलमा फ्युजन क्लव बोक्से र सिसुवारी विजयी बनेका छन् । फ्युजनले राजावासलाई ७÷१ को फराकिलो अन्तरले पराजित गर्दै बिजयी बनेका छन् भने सिसुवारीले रौतामाई स्पोर्ट क्लवलाई ५÷० को अन्तरले पराजित गरेको छ ।दाजुभाई समूह दोहा कतारको आयोजनामा जारी उक्त खेलको बिजेताले २० हजार नगद सहित अन्य पुरस्कारहरु पाउने छन् भने उपविजेताले १० हजार पाउने जनाईएको छ । मंगलबारको खेलमा पनि दुई खेल खेलाईने छ । जसमध्ये ११ स्टार फुटवल क्लव र गाईघाट फुटवल क्लवले खेल्ने छ ।  ...
दरसँगै आजबाट सुरु हुँदै ४ दिने तीज

दरसँगै आजबाट सुरु हुँदै ४ दिने तीज

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १३ गते । हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजबाट सुरु हुँदैछ । तीजको पहिलो दिन आज हिन्दु धर्मालम्वी महिलाहरुले भोलीको ब्रतका लागि दर खाने छन् । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले ब्रतका दिन आडिलो बनाउँछ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई मङ्गलबारको व्रतका लागि पूर्वतयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाईले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । महिलाहरुले वर्षदिनभर आफूला...
बोक्से खसि बजारमा फुटवल प्रतियोगिता हुने

बोक्से खसि बजारमा फुटवल प्रतियोगिता हुने

Breaking News 1
पूर्णपुष्टि, भदौ १२ बोक्से खसी बजारमा सोमवार ओपन ७ब् नकआउट फुटवल प्रतियोगिता हुँदैछ । दाजुभाई समूह दोहा कतारको आयोजना तथा फ्युजन क्लव बोक्सेको समन्वयमा प्रतियोगिता हुन लागेको हो । खेल सहित समूहले ५ जना गरिब, असाहय, अपाङग वालवालिकाहरुलाई शैक्षिक सामाग्री समेत प्रदान गर्नेछ । फुटवल प्रतियोगिताका सहभागी बिजयी टिमले २० हजार र दोसो हुनेले १० हजार प्राप्त गर्नेछ । खेलमा सहभागीका लागि रु २ हजार एन्ट्री फी बुझाउनु पर्नेछ । दाजुभाई समूहले लामो समयदेखी समाज सेवामा काम गर्दै आएका छन् । उदयपुरबाट विदेशीएका युवाहरुको समू मिलेर निर्माण गरिएको दाजुभाई समूहले विपदमा परेकाहरुलाई पनि थुप्रै सहयोग गरिसकेका छन् ।...
राष्ट्रिय युवा संघ नेपाल त्रियुगा नगरको अध्यक्षमा मन कुमार मगर

राष्ट्रिय युवा संघ नेपाल त्रियुगा नगरको अध्यक्षमा मन कुमार मगर

Breaking News 1
पूर्णपुष्टि, भदौ १२ राष्ट्रिय युवा संघ नेपाल त्रियुगा नगरपालिकाको अध्यक्षमा मन कुमार मगर चयन भएका छन् । एमाले निकट युवा संगठन अन्तरगत राष्ट्रिय युवा संघ नेपाल त्रियुगा नगरको पहिलो अधिवेशनले मगरलाई अध्यक्षमा चयन गरेको हो । शनिवार गाईघाट स्थित प्रदेशसभा सदस्य बिमल कार्कीको प्रमुख आथित्यमा अधिवेशन गरेको थियो । अधिवेशनमा पदाधीकारीहरु टुंगो लगाएको छ । उपाध्यक्षमा प्रकाश रेग्मी, सविमा सन्तोष बुढाथोकी, सहसचिवमा संगम गुरागाई, सह सचिवमा राम अवतार राजधामी, कोषाध्यक्षमा नानुमाया मगर रहेका छन् । यता युथ प्रमुखमा मनिल बुढाथोकी छन भने साईबर सर्कल प्रमुखमा भुवन बुढाथोकी रहेको छन् ।  ...
उदयपुरमा मोटसाईकल दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती घाईते

उदयपुरमा मोटसाईकल दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १२ उदयपुरमा मोटरसाईकल दुर्घटनामा परी श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाईते भएकी छिन् । मृत्यु हुनेमा कटारी नगरपालिका–४ का २४ बर्षीय अभिषेक खड्का रहेका छन् । घाईते हुनेमा मृतककै श्रीमती २० वर्षीया संगीता खड्का रहेकी छिन् ।घुमफिरका लागि गएका श्रीमान श्रीमती इटहरीबाट कटारीतर्फ आउँँदै गर्दा दुर्घटनामा परेको हो । प्र १–००५–००१ प ७४८५ नं. को मोटरसाईकल मदन भण्डारी लोकमार्ग अन्तर्गत गाईघाट–बेलटार सडक खण्डको इकराहा खैराहामा शनिबार दुर्घटना भएको थियो । चौदण्डीगढी नगरपालिका ९ इकराहा स्थित घुम्ती मोडमा आफै अनियन्त्रित भई सडक किनारको रेलिङमा ठोक्किदा खड्काको मृत्यु भएको थियो । घाइते श्रीमतीको भने उपचारपछि डिस्चार्ज भईसकेको प्रहरीले जनाएको छ । मृतकको शव उदयपुृर जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा दिइएको छ । मृतक नेकपा माओवादी केन्द्र कटारी नगरपालिका ४ का पार्टी अध्...
कटारीको पहाडी भेगमा जोखिम मोलेर यात्रा, ट्राफिक प्रहरी र चालकको लापर्वाही

कटारीको पहाडी भेगमा जोखिम मोलेर यात्रा, ट्राफिक प्रहरी र चालकको लापर्वाही

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ११ कटारी बाट पहाडी भेगमा चल्ने बुलेरोहरुमा यात्रा जोखिम बन्दै गएको छ । ट्राफिक प्रहरी र सवारी चालकहरुको लापर्वाहीका कारण यात्रा जोखिम बन्दै गएको हो । कटारी बाट पहाडी भेगमा चल्ले बोलेरोहरुले क्षमता भन्दा बढी यात्रुहरु हालेर जोखिम यात्रा गराईरहेको अवस्था छ । कटारीबाट रूपाटार, मयान्खु, सोरुङ छबिसे, हर्देनी , रिस्कु, बर्रे, उदयपुर गढी लगायत ठाउँमा चल्ने बोलोरेहरुमा यात्रुहरु अत्यादिक हालेर लैजाने गरेको स्थानीयहरुले जनाए । यसले कुनै पनि बेला दुर्घटना निम्त्याउने र ठुलो धनजनको क्षती हुनेमा सम्बन्धित निकायहरुले चासो नदेखाएको स्थानीयहरुको भनाई छ । मनपरी यात्रु चढाउने सिटमा बाहेक हुटमा समेत यात्रुहरु चढाएर लैजाने गरे पनि ट्राफिक प्रहरी भने अनुगमन र कार्वाहीमा मौन छ । सिट क्षमता भन्दा हुटमा र अत्यादिक चापमा यात्रुहरु चढाउन नपाईने भएता पनि त्यस भेगमा भने मनपरी छ । गाडी साहु र...
उदयपुरमा सांसद नारायण बुर्जा मगरद्धारा दुई झोलुङ्गे पुलको उद्घाटन

उदयपुरमा सांसद नारायण बुर्जा मगरद्धारा दुई झोलुङ्गे पुलको उद्घाटन

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १० उदयपुरमा दुई झोलुङ्गे पुल हालै निर्माण सम्पन्न भएको छ । दुई पालिकामा निर्माण झोलुङ्गेपुलले विशेषगरी वर्षातमा ज्यान जोखिम मोलेर बाढी तर्नुपर्ने समस्या टरेको छ । स्थानीयलाई आवतजावतमा सहज तुल्याएको छ भने बालबालिकालाई विद्यालय धाउन सजिलो भएको छ ।४५ लाख ६२ लाख ५३७ रुपैँयाको लागतमा अँधेरीखोला झोलुङ्गेपुल र ६१ लाख ५५ हजार ७४३ रुपैया लागतमा पुवारेधाप झोलुङ्गेपुल निर्माण सम्पन्न भएको हो । ६२ मिटर लम्बाई र १ दशमलब ६ मिटर चौडाइको अँधेरीखोला झोलुङ्गेपुल रौतामाई गाउँपालिका–७ र ७० मिटर लम्बाई र १ दशमलब ६ मिटर चौडाईको पुवारेधाप झोलुङ्गेपुल उदयपुरगढी गाउँपालिका–७ मा निर्माण भएको हो ।दुबै पुल १ नं. प्रदेश सरकारको लगानीमा उपभोक्ता समिति मार्फत बनेको हो । दुवै पुलको उद्घाटन प्रदेश नं. १ का सांसद नारायण बुर्जा मगरले गरे ।...
धरान पुगेर प्रचण्डले भने”, हर्क साम्पाङबाट प्रेरणा लिऔँ, धेरै कुरा सिकौँ

धरान पुगेर प्रचण्डले भने”, हर्क साम्पाङबाट प्रेरणा लिऔँ, धेरै कुरा सिकौँ

Breaking News 1
पूर्णपुष्टि, भदौ १० माओवादी अध्यक्ष पुष्प कमल दाहल (प्रचण्ड) ले धरानका मेयर हर्क साम्पाङले कम्युनिष्टको काम गरिरहेको जनाएको छ । उनले हिजो कम्युष्टिहरुको उदेश्य र माओवादीले उठाएको बिषेश ऐजेण्डाहरु हर्क साम्पाङले गरिरहेको काम सँग चुस्त दुरुस्त रहेका कारण हर्कबाट पार्टीले नै केहि कुराहरु सिक्न सकिने जनाए । जनवादी गायक जेबी टुहुरेको स्मृतिमा धरान पुगेका प्रचण्डले वृक्षारोपणमा समेत सहभागी भएर यस्तो बताएका हुन् । उनले हर्कले जस्तै सँधै जनताहरु सँग नजिक रहेर काम गर्न अन्य जनप्रतिनिधिहरुलाई संकेत गरेको छ । जनप्रतिनिधी र जनताविचको सुमधुर सम्बन्धले नै देश विकास हुने हुँदा हर्क बाट थप प्रेरणा लिन सकिने उनले सुझाएको छ ।...