आफ्नो अनैतिक सम्बन्ध ढाकछोप गर्न पत्रकारलाई मुद्धा
पूर्णपुष्टि, भदौ, २२
आफ्नो काका ससुरासँग अनैतिक सम्बन्ध राख्दै आएको कुरा खुलसा भएपछि उदयपुरमा पत्रकारलाई मुद्दा परेको छ । मुद्दा आफ्नो गल्ति ढाकछोप गर्न पत्रकारलाई मुद्दा दिएको सबैको अनुमान छ । यसरी मुद्दा दिनेमा जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ३ बस्ने उर्मिला राउत रहेका छन् । उनले रेडियो नेपाल उदयपुर सम्वाददाता तथा निगरानी पोष्ट डटकमका सन्चालक गजेन्द्र राईलाई मुद्दा दिएका हुन् । पत्रकार राईलाई बिद्युतीय अपराध गरी आफ्नो चरित्र हत्या गरेको भन्दै मुद्दा परेको जिल्ला प्रहरी कार्यालय उदयपुर प्रहरी प्रमुख ९एसपी० ज्ञानेन्द्र प्रसाद फुयालले बताए । एसपी फुयालका अनुसा पत्रकार राईलाई जिल्ला प्रहरी कार्यालय मार्फत साइबर ब्युरोमा उजुरी परेको छ ।
गत साउन ९ गते निगरानी पोष्ट डटकमको अफिसियल यूटुबाच्यानलमा ‘शिक्षक ससुरा र भतिजी बुहारीलाई लभ चक्करको आरोप’ भन्ने शिर्षकमा एउटा भिडियो सार्बजनिक ...









