Thursday, August 20News That Matters

Breaking News 1

आगामी प्रदेश र संघको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुल्यो

आगामी प्रदेश र संघको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुल्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २६ आगामी मंसिर ४ गतेको संघ र प्रदेशको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले आईतबार सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो । कार्यालयका अनुसार इच्छुकहरुले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख गरेको छ । दरखास्त दिनेहरु राजनीतिक दलको सदस्य नभएको, आतंककारी संगठनको सदस्य नभएको, फौजदारी अभियोगमा सजाय नपाएको, गर्भवती नभएको र आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको पनि हुनुपर्ने सूचनामा उल्लेख छ । म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्मको पारिश्रमिक पाउने छन् । उनीहरुले खाद्यान्न बापत एकमुष्ट ७ हजार २ सय रुपैयाँ, पोशाक तथा अन्य सामग्री खरिद गर्न ६ हजार रुपैयाँ ९हिमाली जिल्लामा खटिनेलाई थप १ हजार०, आउने–जाने खर्च १ हजार रूपैयाँ र ३०० रुपैयाँको दरले ४ दिनको खाजा खर्च पनि पाउने छन् । ...
चुरियामा अटो दुर्घटनाहुँदा एकै परिवारको पाच जना घाइते

चुरियामा अटो दुर्घटनाहुँदा एकै परिवारको पाच जना घाइते

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २५ उदयपुरको त्रियुगा नगरपालिका–६ चुरियामा अटो दुर्घटना हुँदा पाच जना घाइते भएका छन् । घाइते हरु एक्कै परिवारको रहेका छन्। चुरिया माइ मन्दिरमा पुजा गरेर फर्किनेक्रममा प्र २–०१–००१ह ०११२ नं को अटो ब्रेक फेल भई सडकबाट २० मिटर तल झरेको थियो । घाइते मध्ये २२ बर्षीया रुपा सहनी गम्भीर घाइते छिन् ।उनको टाउकोमा चोट लागेको छ । यस्तै ४५ बर्षीया हेमा सहनिको देब्रे हात भचिएको छ । यस्तै चालक चित्रेश्वर सहनी समेत घाइते भएका छन् । घाइते हरुलाई उपचारका लागि गाइघाट अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय जलजलेले जनाएको छ ।...
कम्जोर सडकका कारण जोखिम यात्रा गर्न बाध्य ताप्लीवासी, ठेकेदारको लापर्वाही, स्थानीय सरकार मौन

कम्जोर सडकका कारण जोखिम यात्रा गर्न बाध्य ताप्लीवासी, ठेकेदारको लापर्वाही, स्थानीय सरकार मौन

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २५ बर्षाका कारण ताप्लीमा सडक सहज नहुँदा स्थानीय तथा यात्रुहरुलाई समस्या परेको छ । पटकपटक म्याद थप गर्दै निर्माण गरिएको बाटो बर्षाको मुखमा झनै कम्जोर बनेपछि पहिरोले बगाएको छ । पालिकाको नुनथला ठानागाउँ रुपाटार सडक बर्षाले भत्काएपछि स्थानीय यात्रुहरु बिचल्ली परेको छ । सडक अबरुद्धका कारण काठमाण्डौँ बाट आएको बस बेतेनीमै थन्कीनु परेको छ । निरन्तर सुचारु बाटोमा दिर्गकालिन सडक नबन्नु र ठेकेदारको लापर्वाही सडक निर्माण तथा समयमै काम नसक्नुले पनि बाटोलाई कम्जोर बनाउन मदत पुराएको छ । यसरी समयमै सडक निर्माणमा ढिलाई गर्ने र बर्षाको मुखमा काम गर्नाले सडक मजबुद्ध नभई कम्जोरी तर्फ लाग्ने स्थानीय युवा समिप राईको बुझाई छ । काम ढिलाई र मापदण्ड अनुसारको काम समेत नगर्दा पहाडी सडकहरु कत्ति पनि नटिक्ने राईको भनाई छ । राई आफै पनि शुक्रबार गाईघाट बाट घर जाने फर्केका थिए । तर पालिकाकै मुख्य ...
किरात राई यायोख्खा उदयपुरको नेतृत्वमा सहयोग गरिदिन राजेन्द्रको अपिल

किरात राई यायोख्खा उदयपुरको नेतृत्वमा सहयोग गरिदिन राजेन्द्रको अपिल

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २४ खुवालुङ अभियान्ता तथा पत्रकार राजेन्द्र राई ( दुष्ट) ले किराँत राई यायोख्खाको आउँदो नेतृत्वमा सहयोग गरिदन अपिल गरेको छ । यहि असोज १ गते हुन लागेको जिल्ला अधिवेशनमा अध्यक्षका लागि आफुले तयारी गरिरहेको उनले जनाए । नयाँ नेतृत्वमा आफ्नो पनि पूर्ण आकांक्षा रहेको हुँदा राईले सम्पूर्ण किराँत राई समुदादयको अग्रज व्यक्तित्व तथा प्रतिनिधिहरुलाई सहयोग गरिदिन अनुरोध समेत गरेको छ । लामो समय देखी आफ्नो समुदायको वारेमा लड्दै आएका राईले आफु संस्थामा आजिवन क्रियाशिल सदस्य तथा प्रतिनिधिको रुपमा लामो समयदेखी काम गर्दै आएको अनुवभ सुनाए । राई खुवालुङ बचाउ अभियानमा समेत शक्रिय भएर लागेका थिए । राईले आफ्नो समुदायको पहिचान र सभ्यतालाई भित्रैबाट बुझ्ने र त्यसका लागि आईपर्ने बिभिन्न समस्याहरु त्याग्न सक्ने नेतृत्वले मात्रै समुदायको उदेश्य पुरा गर्ने जनाए । त्यसका लागि पहिचानवादी व्यक्तित्वको रु...
मोतिगडा क्याम्पसका शिक्षक, विद्यार्थीलाई मेगा बैंकको वित्तिय साक्षरता

मोतिगडा क्याम्पसका शिक्षक, विद्यार्थीलाई मेगा बैंकको वित्तिय साक्षरता

Breaking News 1, आर्थिक
पूर्णपुष्टि, भदौ २४ । उदयपुरको गाईघाट स्थित मेगा बैंक नेपाल लिमिटेड गाईघाट शाखाले त्रियुगा जनता बहुमुखी क्याम्पस, मोतिगडामा वित्तिय साक्षरता कार्यक्रम सन्चालन गरेको छ । बैंकका शाखा प्रमुख विष्णु कार्कीका अनुसार कार्यक्रममा क्याम्पसका शिक्षक तथा ब्यवस्थापन प्रथम वर्षमा अध्यायनरत विद्यार्थीहरु सहभागि थिए । उनीहरुलाई लक्षित गरी बैंकिङ शेयर लगानी तथा मेगा प्रोडक्ट अन्तर्गत विभिन्न बचत खाताहरुका बारेमा जानकारी गराइएको शाखा प्रमुख कार्कीले बताउनुभयाे । सहायक क्याम्पस प्रमुख उमेश पाण्डेको विशेष उपस्थितिमा भएको कार्यक्रममा १०३ जना विद्यार्थीको सहभागिता रहेको थियो ।...
नेपाल मानव धर्म सेवा समितिको आयोजनामा रक्तदान

नेपाल मानव धर्म सेवा समितिको आयोजनामा रक्तदान

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपूष्टि, भदौ २४ गाईघाटमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको छ । विश्वसान्ती दिवश तथा मानव धर्मका प्रणेता सदपाल जी महाराजको जन्मोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरीएको हो । नेपाल मावन धर्म सेवा समिती उदयपुरको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रमको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर वसन्त वस्नेत र उपमेयर महेश्वरी राईले गर्नुभयो । कार्यक्रम उद्घाटन सँगै मेयर बस्नेतले सहित वडाअध्यक्ष सुमन्त कोईराला, त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईली लगायतले रक्तदान समेत गर्नुभयो । रक्तदान जिवनदान, आत्मज्ञान अति महान, सेवा गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।  ...
लाज पचेका नकचरा सावित हुदै भोजपुर साल्पासिलिछो गापा अध्यक्ष महेश राई

लाज पचेका नकचरा सावित हुदै भोजपुर साल्पासिलिछो गापा अध्यक्ष महेश राई

Breaking News 1
बहुविवाहविरुद्धको उजुरी दर्ता, पक्राउ पुर्जी जारी भित्राएको श्रीमती विचल्नी पारेर अर्कीसंग किर्ते विवाह दर्ता गरेको आरोप पूर्णपुष्टि ब्यूरो उदयपुर, भदौ २३ । कतिपय नेताहरु जनतालाई ढाट्न, छल्न मात्र गर्दैनन् हदैसम्म गिरेर सामाजिक संस्कार र कानुनी मर्मलाई नै कुल्चिनेसम्मको हर्कत देखाउँछन् । यस्तो ढाट, छल गर्ने र अमानवीय देखाउनेहरुकै कारण आज राजनीति र राजनीति गर्नेहरु बदनामी हुने गरेका छन् । यस्तै गलत हर्कत गरेर चर्चामा छन् भोजपुरको साल्पासिलिछो गाउँपालिकाका पूर्व अध्यक्ष महेश राई । नेपाली काङ्ग्रेसबाट पालिका अध्यक्ष जितेका उनले जातीय संस्कार अनुसार भित्राएको श्रीमती हिमालय राईलाई आप्mनै पार्टीकी अर्की एक महिलासंग विवाहको कागज बनाएर हदैसम्मको दुःख दिने काम गरेका छन् । उनीविरुद्ध भदौ १३ गते पक्राउ पुर्जी जारी भएको छ । महानगरीय प्रहरी बृत्त बौद्धले १३ गते बहुविवाहविरुद्ध उजुरी दर्ता गरेपछ...
अशोक राई उदयपुरबाट सिफारिस

अशोक राई उदयपुरबाट सिफारिस

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ २३ गते । जनता समाजवादी पार्टी उदयपुरले प्रतिनिधीसभा निर्वाचनको लागि अशोक राईको नाम सिफारिस गरेको छ । हिजो भाद्र २२ गते पार्टी कार्यालय गाइघाटमा बसेको जिल्ला समितीको वैठकले प्रतिनिधीसभाका लागि अशोक राई सहित पाँच जनाको नाम सिफारिस गरेको छ । जसपा उदयपुरले प्रतिनिधीसभा क्षेत्र नं एकको लागि प्रत्यक्षमा अशोक राई , गोपाल राई र कौशिला मगरको नाम सिफारिस गरेका छ । यस्तै समानुपातिकमा शुशिला श्रेष्ठ , जनक विष्ट र गोमा राईको नाम सिफारिस गरी पठाएको छ । प्रतिनिधीसभा क्षेत्र नं २ को लागि प्रत्यक्षमा सिद्धान्त राई र पदम राई सिफारिस हुँदा समानुपातिकमा भने दिपक माझी , फुलसरी राई , गौरीशङकर उदास र अगमशेर राई सिफारिस भएका छन् । प्रतिनिधीसभा क्षेत्र नं एक अन्तरगत प्रदेश सभा (क) का लागि प्रत्यक्षतर्फ यो पार्टीले गणेश पुमा राईको नाम एकल नाम सिफारिस गर्दा (ख) का लागि प्रदिप चौधरी र नवराज मगरक...
बहुविवाहका आरोपित पालिका अध्यक्ष राईविरुद्ध पक्राउ पुर्जी

बहुविवाहका आरोपित पालिका अध्यक्ष राईविरुद्ध पक्राउ पुर्जी

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २२ बहुविवाह आरोप लागेका पूर्व पालिका अध्यक्ष महेश राई विरुद्ध पक्राउ पुर्जि जारी भएको छ । ११ दिनको फरकमा दुई विवाह गरेको प्रमाण फेला परेपछि महेशविरुद्ध पत्नी हिमालय राईले गत फागुनयता जाहेरी दिन प्रहरीकहाँ धाइरहेकी थिइन् । चैत ११ गते उनले महानगरीय प्रहरी वृत्त बौद्ध, महानगरीय प्रहरी वृत्त (महिला सेल) कालीमाटी, महानगरीय प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र सोही कार्यालयका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलविरुद्ध उच्च अदालत पाटनमा रिट हालेकी थिइन् । महानगरीय प्रहरी वृत्त बौद्धले भदौ १३ गते उजुरी दर्ता गरेपछि जिल्ला अदालत काठमाडौंले सोमबार आरोपितविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । तर, ६ महिनासम्म वृत्तले उजुरी लिन मानेको थिएन । साढे तीन महिनापछि असार २९ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज चन्द र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले पीडितको ...
किराँत राई पत्रकार संघ उदयपुरको अध्यक्षमा बिक्रम राई

किराँत राई पत्रकार संघ उदयपुरको अध्यक्षमा बिक्रम राई

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २२ गते । किराँत राई पत्रकार संघ उदयपुरको अध्यक्षमा बिक्रम राई निर्वाचित भएको छ । आज भएको पाँचौ जिल्ला अधिबेशनले राईलाई निर्वाचित गरेका हो । गाईघाटको होटल ड्रीमल्याण्डमा भएको अधिबेशनले सदस्यीय समिति चयन गरेको छ । जसमा उपाध्यक्ष जानुका राई , सचिबमा चेबाङ राई , सह–सचिवमा मुना राई, कोसाध्यक्षमा सर्मिला राई निर्वाचित भएका छन् । यस्त,ै सदस्यमा भावना राई, प्रबिन राई र बन्दना राई निर्वाचित भएका हुन् । किराँत राई यायोक्ख्याका जिल्ला अध्यक्ष नवीन राइको प्रमुख अतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जिल्लाका पत्रकारहरुको सहभागीता रहेको थियो ।...