Thursday, August 20News That Matters

Breaking News 1

आठौं नारदमुनी स्मृती गोल्डकप असोज ९ देखि १६ गतेसम्म हुने

आठौं नारदमुनी स्मृती गोल्डकप असोज ९ देखि १६ गतेसम्म हुने

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि ब्युरो/बसाहा, भदौ ३० । एतिहासिक ब्यक्तित्व एवम् प्रजातान्त्रिक योद्धा स्वर्गिय नारदमुनी थुलुङको सम्मान्मा उदयपुरको बसाहामा सञ्चालन हुदै आएको गोल्डकप यो वर्षपनि हुने भएको छ । चारलाख पुरस्कार राशीको नारदमुनी स्मृति गोल्डकपको आठौं संस्करण आगामी असोज ९ गतेदेखि १६ गतेसम्म हुने भएको हो । खेलका लागि चौदण्डीगढी नगरपालिका –४ बसाहास्थित नारदमुनी रङ्गशाला तयारी अवस्थामा छ । रङ्गशाला घेराबेरामा वडा कार्यालयले ६ लाख ५० हजार खर्च गरेको जनाएको छ । रङ्गशाला निर्माणमा देश–विदेशमा रहेका बसाहाबासी भुतपूर्व सैनिकहरुको विशेष योगदान र भुमिका रहेको मुल आयोजक समितिका सल्लाहकार जितेन्द्र साम्पाङ राईले जानकारी दिए । बसाहाबासी अन्य ब्यक्तित्वहरु र युवाहरुको पनि उत्तिकै भुमिका र सहयोग रेहको उनले जानकारी दिए । “भुपु सैनिकहरु र अन्य ब्यक्तिहरुको रगत, पसिना सिंचिएको रङ्गशाला आठौं संस्करण गोल्डकप हुदै गर्द...
असोजदेखि बैंकहरु आफूखुशी ब्याजदर तोक्ने

असोजदेखि बैंकहरु आफूखुशी ब्याजदर तोक्ने

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ३० गते । असोज १ गतेदेखि बैंकहरु आफैले ब्याजदर तोक्ने भएका छन् । नेपाल बैंकर्स संघको बिहीबारको बैठकले ब्याजदर निर्धारणको अधिकार बजारलाई नै छाड्ने निर्णय गरेको हो । वाणिज्य बैंकहरुको ब्याजदर निर्धारणको अधिकार बजारलाई नै छाडिदिने निर्णय भएको बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले जानकारी दिए । यसअघि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले भद्र सहमति गर्दै ब्याजदर तोक्ने गरेका थिए । करिब ७ महिनादेखि संघको निर्णयमा मात्र ब्याजदर निर्धारण गर्दै आएका बैंकहरुले अब आफूखुशी ब्याजदर तोक्न पाउने भएपछि हालको ब्याजदरमा केही प्रतिशत बढ्न सक्ने देखिएको छ । यस्तो ब्याजदर कम्तिमा १ प्रतिशतदेखि १.५ प्रतिशतसम्मले बढ्न सक्ने छ । हाल वाणिज्य बैंकहरुबीचको भद्र सहमतिमा निक्षेपको ब्याजदर अधिकतम ११.०३ प्रतिशत कायम रहेको छ । तर, असोजका लागि ब्याजदर निर्धारणको स्वःनिर्...
पहिरोमा परी ३ को ज्यान गयो

पहिरोमा परी ३ को ज्यान गयो

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ३० काभे्रमा पहिरोले पुरिएर ३ जनाको ज्यान गएको छ । बधबार रातिको समयमा खसेको पहिरोले पुँरिदा बेथानचोक गाउँपालिका(४ चलालका एकै परिवारका तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार ६५ वर्षीया ठूलीमाया तामाङको उपचारका क्रममा मृत्यु भएको हो भने उनका छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया सावित्री तामाङको घटनास्थलमै मृत्यु भएको हो । ठूलीमायाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बेथानचोक गाउँपालिकाका उपाध्यक्ष ताराराना तिमल्सिनाका अनुसार केही दिनदेखि सञ्चालन हुँदै आएको ढंगाखानी माथिबाट झरेको पहिरोले घर तामाङको घर पुरेको हो ।  ...
उदयपुर गाईघाटको नयाँ फलफूल र तरकारी बजार

उदयपुर गाईघाटको नयाँ फलफूल र तरकारी बजार

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २८ गते । उदयपुर गाईघाटको नयाँ फलफूल र तरकारी बजारको फोटोफिचर
नेपालबाट बच्चा चोरी भइरहेको हल्लाको पछी नलाग्न नेपाल प्रहरीको आग्रह

नेपालबाट बच्चा चोरी भइरहेको हल्लाको पछी नलाग्न नेपाल प्रहरीको आग्रह

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २८ गते । पछिल्लको केही दिन यता भारबाट आएका एक गिरोहले नेपालका बच्चा चोरी गरेको घटनामा कुनै सत्यता नभएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले एक सूचना जारी गर्दै सामाजिक सञ्जाल फेसबुक लगाएतमा भाइरल भएको बच्चा चोरीको घटना हल्ला भ्रामक मात्र रहेको जनाएको छ । पछिल्लो समय विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा भारतबाट आएकाहरूले नेपालमा बच्चा चोरी गरिरहेको भन्दै भ्रम फैलाएपछि प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीले एक सूचना जारी गर्दै त्यस्ता भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ । त्यस्ता घटनाबारे अहिलेसम्म उजुरी प्राप्त नभएको प्रहरीले जनाएको छ ।...
प्रदेश १ का चिकित्सकलाई प्रोत्साहन भत्ता : उदयपुर लगाएतका ३ जिल्लाको भत्तामा कटौती

प्रदेश १ का चिकित्सकलाई प्रोत्साहन भत्ता : उदयपुर लगाएतका ३ जिल्लाको भत्तामा कटौती

Breaking News 1, शिक्षा, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २७ गते । प्रदेश नं. १ विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन भत्ता २०७९ बाट बल्ल कार्यान्वयनमा जाने भएको छ । दुर्गम पहाडी जिल्लामा विशेषज्ञ चिकित्सकहरु जान नखोज्ने अवस्था अन्त्य गर्न भन्दै प्रदेश सरकारले दुई वटा आर्थिक वर्षको बजेटमा चिकित्सकलाई प्रोत्साहन भत्ताको प्रबन्ध गरिएकोमा अब कार्यान्वयन हुने भएको छ । निजामति कर्मचारीहरुको असयोगको कारण देखाएर दुई वर्षदेखि कार्यविधि बनेको थिएन । कार्यविधि नबनेकै कारण बजेटमा घोषणा भएको कार्यक्रमबाट लाभ लिन चिकित्सकहरु वञ्चित थिए । यो घोषणा कार्यान्वयन गर्न अब कार्यविधि बनेको र तत्कालै कार्यान्वयनमा जाने प्रदेश स्वास्थ्यमन्त्री जयराम यादवले जानकारी दिएका छन् । सरकारले ‘विज्ञेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७९’ बनाएर कार्यान्वयनमा लगेको मन्त्री यादवले जानकारी दिए । विशेषज्ञ चिकित्सकहरुलाई प्रदेश सरकारले मासिक १ लाख ५० ह...
बिराटनगरबाट १२० लिटर घरेलु मदिरासहित राई पक्राउ

बिराटनगरबाट १२० लिटर घरेलु मदिरासहित राई पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २७ गते । बिराटनगर–६ बाट १ सय २० लिटर अबैध घरेलुमदिरा एक युवक पक्राउ परेको छ । अबैध मदिरा बेचबिखन गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले सोही स्थानका शुक्रराज राईलाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ एहजार ६ सय लिटर कच्चा पदार्थ, मदिरा बनाउन प्रयोग गरिएको भाँडा ३२ वटासहित राईलाई नियन्त्रणमा लिईएको हो । नियन्त्रित राईलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
विश्वबजारमा कोइलाको अभाव हुँदापनि बन्द भएन उदयपुर सिमेण्ट उद्योग

विश्वबजारमा कोइलाको अभाव हुँदापनि बन्द भएन उदयपुर सिमेण्ट उद्योग

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २७ । रुस युक्रेनको युद्वको कारण अन्तरास्ट्रिय बजारमा कोइलाको भाउ दोब्बर भन्दा बढी वृद्धि भयो र त्यसको प्रभाव नेपालमा पनि पर्न गयो । दोब्बर मुुल्यबृद्धिले नेपाली बजारमा कोइलाको अभाव खड्कियो । खासगरी सिमेण्ट उद्योगले क्लिंकर बनाउन कोइलाको प्रयोग गर्दछ । कोइलाबाट १४ सय सेण्टिग्रेड तापक्रममा चूनढुंगा, रातोमाटो र आइरन ओरको समिश्रणलाई पकाउनु पर्ने हुन्छ । विश्व बजारमै कोइलाको मुुल्यले आपुुर्तीमा प्रभाव परेपछि अहिलेसम्म पनि सहज बन्न सकेको छैन । यस्तो अवस्थामा सरकारी उद्योग भएर पनि उद्योग बन्द हुुन नदिन उपाय अपनाइएको पाइएको छ । गत आर्थिक वर्षमा व्यवस्थापन र प्राविधिक कर्मचारीहरुको मद्दतबाट उद्योग सञ्चालनको लागि कोइलाको जोहो राम्रो देखिएको छ । उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको नेतृत्वमा उच्च व्यवस्थापनले छलफल गरी पहिलेदेखि स्टक राखिएको करीब ६ हजार २ सय मेट्रिक टन कोइला जम...
जथाभावि पार्किङ गर्ने सवारीलाई गाईघाट ट्राफिकले थाल्यो कार्वाही

जथाभावि पार्किङ गर्ने सवारीलाई गाईघाट ट्राफिकले थाल्यो कार्वाही

Breaking News 1, बिचार, समाचार
पूर्णपुष्टि, भदौ २६ ट्राफिक प्रहरी कार्यालय उदयपुरले गाईघाट बजार आसापास निषेधित क्षेत्रमा पार्किङ गर्ने सवारीलाई कडा कार्वाही थालेको छ । ट्राफिक इन्चार्ज लोक दियालीका अनुसार निषेधित क्षेत्रमा जथावाभी पार्किङ गर्ने सवारीहरु माथी जरिवाना सहित कर्वाही थालिएको जानकारी दिए । यसरी लापर्वाही पाकिङ गर्नाले बजार अस्तव्यस्थ र साना तथा ठुलो सवारी दुर्घटना बढेको भन्दै यसलाई कडाई गरिएको जनाए । बिषेशगरी बैँङक लाईनमा सवारी पार्किङ अव्यवस्थीत भएको दियालीको भनाई छ । सोही क्षेत्रमा बाणिज्य बैँङ सहित अन्य बैँक वित्तिय संस्था कार्यालयहरु रहेकाले त्यस क्षेत्रमा पार्किङ अस्तव्यस्त हुने गरेको जनाईएको छ । नो पार्किङमा समेत सवारीहरु तिव्र राखिदा पैदल यात्रुहरुलाई हिड्न समस्या हुनुका साथै अत्यादिक भिँडभाँड बढेको दियालीले जनाए । त्यस क्षेत्र लगायत कुनै पनि बजारको क्षेत्रहरुमा नो पार्किङ बाहेक अन्य ठाउँहरुमा ...
बेलका नगरपालिकाले पनि गर्यो अबैध संरचना हटाउन ३५ दिने सूचना

बेलका नगरपालिकाले पनि गर्यो अबैध संरचना हटाउन ३५ दिने सूचना

Breaking News 1
पूर्णपुष्टि, बेलका २६ उदयपुरको बेलका नगरपालिकाले पनि अबैध संरचना हटाउन सूचना जारी गरेको छ । सुन्दर, स्वच्छ तथा सफा सहर सँगै दुर्घटना नियन्त्रनमा समेत सहयोग पुगाउने हिसावले मापदण्ड विपरित बनाएको संरचनाहरु तोकिएको समयभित्र तत्काल हटाउन सूचना जारी गरेको नगर प्रमुख असोक कार्कीले जनाउनुभयो । बजारमा बनेको अनावश्यक बिभिन्न संरचना तथा फुटपाथले अव्यवस्थीत शहर र दुर्घटनालाई बढाएको भन्दै यसलाई नियन्त्रण गर्नु पर्ने नगरपालिकाको दायीत्व स्वरुप सबैलाई सूचना मार्फत अनुरोध गरेको कार्कीको भनाई छ । बजारमा प्रयोजन विपरित सडक पेटी आसपास संरचना बनाउँदै व्यापारव्यवसाय बनाउने चलन बढेको छ । सडक पेटीहरुमा पैसाको लोभमा संरचनाहरु निर्माण गरिनुले साँघुरो र भिँडभाँड बढाएको छ । । काठमाडौं महानगरपालिकाले लिएको एक्सनबारे देशभर चर्चा भइरहदा बेलका नगरपालिकाले पनि यसलाई प्राथामिकतमा राखेर काम अगाडी बढाएको छ । सूचनाम...