Thursday, August 20News That Matters

Breaking News 1

उदयपुरका मेयरसहित ८५९ जना उम्मेदवार निर्वाचन आयोगको कार्वाहीमा, खर्च विवरण नबुझाए पद गम्ने

उदयपुरका मेयरसहित ८५९ जना उम्मेदवार निर्वाचन आयोगको कार्वाहीमा, खर्च विवरण नबुझाए पद गम्ने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज ५ गते । उदयपुरको तीन पालिका प्रमुख र उपप्रमुख निर्वाचन आयोगको कार्वाहीमा परेका छन् । कटारी नगरपालिका, ताप्ली र लिम्चुङबुङ गाउँपालिकाका प्रमुख र उपप्रमुखलाई निर्वाचन आयोगले कार्वाही गरेको हो । तोकिएको समय सीमाभित्र निर्वाचनको खर्च नबुझाउने ६ जना निर्वाचित प्रमुख र उपप्रमुखसहित ८ सय ५९ जना उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । आयोगले कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ, उपमेयर गिता खड्का, लिम्चुङ्गबुङ्ग गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई, उपाध्यक्ष पुष्पकुमार राई, ताप्लि गाउँपालिकाका अध्यक्ष ढुंगराज बिक र उपाध्यक्ष धनमाया मगरसहितका जनप्रतिनिधि र उम्मेदवारलाई कानुनी व्यवस्था अनुसार जरिवाना तोकेको हो । आयोगले निर्वाचनसम्बन्धी कानून र आचारसंहिता बमोजिम खर्च विवरण नबुझाउने कटारीका प्रमुख र उप्रमुखलाई ४ लाख ५० हजारको दरले र गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई ...
बरुवा क्याम्पसको पुस्तकालय भवन सिल्यान्यास

बरुवा क्याम्पसको पुस्तकालय भवन सिल्यान्यास

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, असोज ५ उदयपुरको त्रियुगामा रहेको जिल्लाकै ठुला क्याम्पसहरु मध्ये गनिने बरुवा क्याम्पसले पुस्तकालय भवनको सिल्यान्यास गरेको छ । बुधबार प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले भवनको सिल्यान्यास गरेको हो ।त्रियुगा गनरपालिका १२ शान्तिधाम स्थित रहेको क्याम्पसको पूर्वपट्टीको जग्गामा भवन निर्माण गरिने क्याम्पसले जनाएको छ । क्याम्पसले शिक्षालाई चुस्त दुरुस्त र उच्च शिक्षाका लागि सहज बनाउने भन्दै आफ्नै पुस्ताकलय भवन निर्माण गर्न लागेको क्याम्पस संञ्चालक समितिका अध्यक्ष बलदेव चौधरीले बताउनुभयो । क्याम्पसलाई सबैखाले सुविधाले पोख्त पार्ने र उच्च शिक्षाका लागि जिल्लावासी तथा अन्य जिल्लाकाहरुलाई सस्तो र गुणस्तरीय शिक्षा दिने प्रयासको सफलता अनुरुपुस्तकालय भवनको सिल्यान्यास गरेको अध्यक्ष चौधरीको भनाई छ । भवनको सिल्यान्यास गर्दै प्रदेश १ का सामाजिक विकास मन्त्री राईले आवश्यकीय बजेटको...
त्रियुगा नदीमा डुबी युवतीको मृत्यु

त्रियुगा नदीमा डुबी युवतीको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ५ गते । उदयपुरको त्रियुगा नदीमा डुबी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–३ की २२ बर्षीया लक्ष्मी सदा रहेकी छिन् । मंगलवार दिउँसो त्रियुगा नदीमा नुहाउन गएको अबस्थामा अचानक खोलामा डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली घटना स्थल पुगेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
संविधान दिवसमा प्याराडाईजकाे सिर्जनात्मक कार्य

संविधान दिवसमा प्याराडाईजकाे सिर्जनात्मक कार्य

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, असाेज ४ । संविधान दिवसलाई उदयपुरका केही विद्यालयले विशेषढंगले मनाएका छन् । गाईघाटस्थित प्याराडाईज बाेर्डिङ स्कुलले विद्यार्थीहरुलाई संविधानकाे महत्व प्रस्ट्याउदै सिर्जनात्मक कार्य गराएकाे छ । विद्यार्थीहरु चाैरीमा आफ्नाे पाेशाकसहित `संविधान दिवस २०७९´ अक्षर आकारमा प्रस्तुत भए । संविधान दिवसलाई सिर्जनशिल ढङ्गले प्रदर्शन गरेका  विद्यार्थी र साे विद्यालयकाे जिल्लाकाे हकमा नमुना बनेकाे छ । साेकाे तस्विर र भिडियाे सामाजिक सञ्जालमा महत्वका साथ हेरिएकाे छ । विद्यार्थीहरुलाई दिवसकाे महत्व दर्शाउन र सहभागी गराउन फरक प्रस्तुती गरिएकाे प्रिन्सिपल बाबुराम सुवेदीले बताए । त्यसैगरी गाईघाटकै क्यानभाष एकेडेमीले दिवसकाे अबसरमा विद्यार्थीहरुकाे रयाली गराएकाे छ । ब्यानरसहितकाे रयालीले गाईघाट बजार परिक्रमा गरेकाे थियाे । कार्यक्रममा विद्यार्थीहरुकाे सक्रिय सहभागिता रहेकाे र संविधानबारे जानका...
किराया उदयपुरकाे अधिवेशन सम्पन्न, गंगा राईकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति

किराया उदयपुरकाे अधिवेशन सम्पन्न, गंगा राईकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति

Breaking News 1, समाचार
पूर्णपुष्टि, असाेज २ । किरात राई यायाेक्खा, उदयपुरकाे हिजाे सम्पन्न ९ औं अधिबेशनले गंगा राईकाे अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ । समितिकाे उपाध्यक्षमा डम्बरबहादुर राई र शुभराज राई, सचिब  सुरेन्द्र खालिङ राई, सह सचिब कौशिला राई र मनबहादुर राई, कोषाध्यक्ष अन्जना राई चयन भएका छन् । सदस्यहरुमन ईन्द्रबहादुर राई, आकाश राई, निशान राई, राजकुमार राई, ऋषि राई, केशर राई र प्रबिण राई चयन भएका छन् ।...
उदयपुरका नौ मतदानस्थल फेरिए

उदयपुरका नौ मतदानस्थल फेरिए

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २ गते । निर्वाचन आयोगले उदयपुरका विभिन्न नौ मतदानस्थल परिवर्तन गरेको छ । आयोगका अनुसार त्रियुगा नगरपालिका वार्ड न ३ को रामजानकी माध्यमिक विद्यालय मोतिगडाको मतदानस्थल जनता वहुमुखी क्याम्पस मोतिगडामा सारिएको छ । यस्तै १३ नं वडाको बहेडुवा वन उपभोक्ता सामुदायिक भवनमा हुने मतदान जनता निम्न माध्यमिक विद्यालयमा सारिएको छ ।यस्तै रौतामाइ गाउपालिका वार्ड नं ३ को जनता माध्यमिक विद्यालय लाफागाउँको मतदानस्थल वडाको कार्यलय भवनमा कायम गरिएको छ भने आधारभुत विद्यालय एमुटारको मतदानस्थल वडा नं आठको वडा कार्यलय भवनमा सारिएको छ । चौदण्डीगढी नगरपालिका राजाजी प्राथमिक विद्यालयको मतदान स्थल नमूना जनता मा.वि. हडिँयामा कायम गरिएको छ । यस्तै सोही नगरपालिकाको वार्ड न १० को वडा कार्यलयको मतदानस्थल लौवागढी मा.वि. खैराझोडामा सारिएको छ । उदयपुरगढी गाउँपालिकाका तीन मतदानस्थल समेत निर्वाचन आयोगले पर...
विज्ञान प्रविधिले देशलाई समाजवादतिर लैजान्छः प्रचण्ड

विज्ञान प्रविधिले देशलाई समाजवादतिर लैजान्छः प्रचण्ड

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असाेज १ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञान प्रविधिले देशलाई समाजवादतिर लैजाने बताउनु भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विज्ञान प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले विज्ञान प्रविधिलाई जसले राम्रोसँग आत्मसाथ गर्न सकेका राष्ट्र विकसित भएको बताउनु हुँदै विज्ञान प्रविधिलाई आत्मसाथ नगर्ने राष्ट्रको विकास हुन नसक्ने उहाँको दाबी रहेको थियो । उहाँले बोल्दै भन्नुभयो, ‘विज्ञान प्रविधिले समाजवादतिर लैजान्छ । यसलाई आत्मसाथ गर्नु मुख्य विषय हो ।’ उहाँले क्रान्तिको, परिवर्तनको, स्वतन्त्रताको, मानव जातीको उन्मुक्तिको अभियान सुरु भएको पनि बताउनु भयो । उहाँले अहिलेको संविधानले पनि विज्ञान प्रविधिलाई समाजवादको उदेश्यम...
वडा न १६ काे वार्षिक समिक्षा तथा बजेट याेजना सार्बजनिक

वडा न १६ काे वार्षिक समिक्षा तथा बजेट याेजना सार्बजनिक

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २ । त्रियुुगा नगरपालिकाको वडा नं. १६ ले आर्थिक बर्ष ०७८/०७९ को प्रगति विवरण हिजो सार्बजनिक गरेको छ । वडा कार्यालयमा भएको कार्यक्रममा वडाध्यक्ष मानबहादुर राइले बिवरण सार्बजनिक गर्दै एक आर्थिक बर्षमा वडाले गरेको कामहरुको समिक्षा गरेका थिए । समृद्ध वडा बनाउने अभियान अनुुरुपका काम र प्रगति भएको वडाध्यक्ष राईले बताए । कार्यक्रममा सहभागीहरुले गतबर्ष वडाले गरेको कार्य जनअपेक्षा बमोजिम रहेको भन्दै खुसी ब्यक्त गरेका थिए । साथै विभिन्न सुुझावहरु पनि राखेका थिए । सुुझावमा वडा कार्यलयसम्म जाने सडकको स्तरोन्नती गर्न जोड दिएका छन्। वडाध्यक्ष रार्इले सोही कार्यक्रम मा आर्थीक बर्ष ०७९/८० को बजेट योजना सार्बजनिक गरेका छन् । बजेट योजना सार्बजनिक गरेर पारदर्शिता गरेको भन्दै स्थानीय राजनीतिक दलका नेताले बिनियोजित कार्यक्रमको समर्थन गरे । कार्यक्रममा राजनीतिक दलका गाउँ प्रमुुख तथा प्रतिनिध...
फुटपाथमा व्यापार गरे नगरले कारवाही गर्ने

फुटपाथमा व्यापार गरे नगरले कारवाही गर्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १ त्रियुगा नगरपालिकाले फुुटपाथमा व्यापार गर्ने व्यापारीलाई कारवाही गर्ने चेतावनी दिएको छ । नगरले आज सुचना जारी गरी फुटपाथ कब्जा गरी व्यापार गर्नेलाई जरिवाना सहित कारवाही गर्ने जनाएको छ । साथै फुटपाथबाट तत्काल सामान हटाउन समेत निर्देशन दिएको छ ।फुटपाथमा व्यापार गर्नेलाई नगरले केही दिन अगाडी हटाएको थियो । तर चार्डपर्व शुरु भएसँगै फेरी व्यापारीले फुटपाथ तथा सडक बाटै सामान बेचबिखन शुरु गरेका छन् ।...
उदयपुरको बेलकामा २५ जनामा डेंगूको संक्रमण : नेपालमा १२ हजार नाघ्यो

उदयपुरको बेलकामा २५ जनामा डेंगूको संक्रमण : नेपालमा १२ हजार नाघ्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ३१ गते । उदयपुरको बेलका नगरपालिकाका २५ जनामा डेंगूको संक्रमण देखिएको छ । विहीबार नगर अस्पतालमा उपचारकोक्रममा आएका ६० जना विरामीमध्ये २५ जनामा डेंगूको संक्रमण पुष्टि भएको हो । डेंगूको संक्रमण देखिएपछि नगरपालिकाले नियन्त्रण गर्नका लागि (फगिङ स्प्रे) कार्यलाई तीव्रता दिएको छ । नगरपालिकाले सो प्रविधि खरिदगरी डेंगू प्रभावित क्षेत्रमा स्प्रे गर्न थालेको नगर प्रमुख अशोक कार्कीले बताए । नगर प्रमुख कार्कीकानुसार १ र २ नं. वडाको टोलबस्तिहरुमा पहिलो चरणको औषधी छिट्ने काम भइसको छ । नगर अस्पतालका ल्याब टेक्निसियन सन्तोष साहकानुसार अस्पतालमा उपचारमा आएका ६० जना बिरामीहरुमध्ये २५ जना बिरामीहरुमा डेंगू रोगको पोजिटिभ संक्रमण देखिएको बताए । त्यस्तै बेलका नगर बिपद व्यावस्थापनका सम्पर्क व्याक्ति राजेश भट्टराईले १ र वडा नं २ का वस्तिहरुमा पानी जम्ने र यसअघि बाढी प्रभावित क्षेत्रमासमेत फगि...