सपथ ग्रहणपछि कार्याकाल दोहोर्याउँदै पून : निर्वाचित लिम्चुङबुङका अध्यक्ष मेजर कुमार राई
पूर्णपुष्टि, जेष्ठ ७
उदयपुरको लिम्चुङबुङमा पून : निर्वाचित भएका मेजर कुमार राईले सपथ लिएका छन् । राई सहित कार्याकाल दोहोर्याउनेमा उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मान वहादुर केप्छाकी पनि रहेका छन् । उनिहरु बाहेक अन्य ४ जनाले पनि सपथ लिएका छन् । यी ४ जना भने नयाँ जनप्रतिनिधिहरु हुन् । अध्यक्ष राईले गत ७४ को चुनावमा पनि लिम्चुङबुङको नेतृत्व गर्ने अवसर जनताहरु बाटै पाएका थिए । पहिलो कार्याकाल सँकिदै गर्दा फेरी चुनावी मैदानमा उत्रेका राईले २१ सय बढी मत प्राप्त गर्दै पून : गाउँपालिका अध्यक्षमा निर्वाचित भए । राईले एमालेका राज कुमार राईलाई पराजित गर्दै दोस्रो कार्याकालको इतिहाँस रचे । उनको प्रतिद्धन्दी राजकुमारको भने १६ सय मत आएका थिए । निर्वाचित पछि राईले शनिवार जिल्लाको सदरमुकाम स्थित उदयपुर जिल्ला अदालतमा सपथ खाए । अदालतका प्रमुख न्याधिश दिपक खानलले राई लगायत अन्य जनप्रतिनिधिहरुलाई सपथ खुवाए ।...









