Saturday, August 22News That Matters

Breaking News 1

कटारीको एक मतदान केन्द्रमा गोली चल्यो

कटारीको एक मतदान केन्द्रमा गोली चल्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३० उदयपुरको कटारीमा गोली चलेको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र प्रसाद यादवका अनुसार करिब दिउँसोको ४ बजेतिर गोली चलेको जनाएको छ । गोली कसरी र किन चल्यो भन्ने कुराको अनुसन्धान भैरहेको अधिकारी यादवले जनाए । उदयपुरका एसपी सुवास चन्द्र वोहोराले गोली चलेको बारे आफुहरुले आधिकारिक बुझ्न नपाएको जनाएको छ । हामि यसको बिषयमा सोधखोज र अनुसन्धान गरिरहेका छौँ, गोली चलेको हल्ला आएको छ एसपी बोहोराले भने, गोली बाट क्षती भएको नभएको र कुन ठाउँमा भएको भन्नेबारे जानकारी लिरहेको एसपी बोहोराले जानकारी गराए । गोली कटारीको १० मा रहेको कालिका माध्यामिक विद्यालयको केन्द्रमा चलेको छ ।...
त्रिनपा १२ को मतदानमा लफडा पून : मतदान गर्न माग

त्रिनपा १२ को मतदानमा लफडा पून : मतदान गर्न माग

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३० त्रियुगा नगरपालिकाको मतदानमा लफडा सिर्जना भएको छ । मतदान बद्धरको अवस्था रहेको भन्दै मतदाताहरुले फेरी मतदान गर्नु पर्ने माग राख्दै आन्दोलन गरेको छ । मतदानको क्रममा त्यहाँ खटिएका निर्वाचन अधिकृत तथा कर्मचारीहरुले बिभिन्न अवरोध देखाउँदै मतदान गर्न नदिएको भन्दै लफडा सिर्जना भएको जनाइएको छ । आफुहरुले मत हाल्न नपाएको भन्दै मतदाताहरुले होलदंगा नै मच्याएको छ । उनिहरुले पून ः रुपमा मतदान गर्नु पर्ने माग राखेको छ भने मत पत्र नेपाली सेना र प्रहरीको कब्जामा रहेको छ ।...
बर्षातका कारण त्रियुगामा पनि मतदान स्थगित

बर्षातका कारण त्रियुगामा पनि मतदान स्थगित

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ३० करिब मतदान गर्न १ घण्टाको समय रहँदा उदयपुरको त्रियुगा नगरपालिकामा पनि बर्षाले असर गरेको छ । ७ बजे बाट सुरु भएको त्रियुगाको मतदान निरन्तर चलिरहेको बेलामा करिब ४ बजेर १८ मिलेट तिर परेको बर्षाले मतदान प्रभावित बनाएको छ । त्रियुगा लगायत बिभिन्न मतदान स्थलहरुमा बर्षाले असर गरेको छ । त्रियुगाको उच्च मावि, वालमन्दिर मावि, रातमाटे आधारभूत लगायतको मतदान केन्द्रहरुमा पानीको ठुलो असर परेको छ । मतदान गर्ने समय देशैभर बिहान ७ बजे बाट बेलुका ५ बजे सम्म लागु गरिएको छ । उदयपुरमा बिभिन्न पालिकाहरुमा बर्षाले असर गरेको छ । कटारी, उदयपुरगढी, लिम्चुङबुङमा दिउँदै बर्षाले असर गरेका थिए भने बेलुका ४ बजेको समयमा सबै पालिकाहरुमा पानीले असर गरेको हो । त्रियुगा लगायत तल्लो भेगहरुमा भने मतदानको अन्तिम समय तिर बर्षाले असर गरेको छ । जिल्लामा १ बजे सम्म करिब ५० प्रतिशत मत खसिसकेको अवस्था थियो । ...
उदयपुरमा ६ घण्टाको अबधिमा ५० प्रतिशत मत खस्यो

उदयपुरमा ६ घण्टाको अबधिमा ५० प्रतिशत मत खस्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३० उदयपुरमा १ बजे सम्म ५० प्रतिशत मत खसेको छ । ७ बजे देखी सुरु भएको मतदान कार्य ६ घण्टाको अबधिमा करिब ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख दिपक खनालले जानकारी दिनुभयो । खनालका अनुसार सो अबधिमा ५० प्रतिशतले मतदान गरेको छ । यस्तै जिल्लाको कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकामा भने बर्षातले समस्या बनाएको छ । बर्षाकै समयमा पनि मतदाताहरुले उत्साहपूर्ण तरिकाले मतदान गरिरहेको अवस्था छ । पानीबाट छल्ने कोठाहरुमा मतदान व्यवस्था गरेर पनि मतदान भने रोकिएको छैन् । उदयपुरका आठ पालिकाको ९८ मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भैरहेको छ । मुख्य निर्वाचन अधिकृत खनालले जिल्लाभरी नै सौहाद्र्धपूर्ण वातावरणले मतदान भैरहेको जनाउनुभयो ।...
लिम्चुङबुङमा गठबन्धनको अध्यक्ष उम्मेदवार मेजर राईको बाँसबोटेमा र उपाध्यक्ष पुष्पलाल राईको बलम्तामा मतदान

लिम्चुङबुङमा गठबन्धनको अध्यक्ष उम्मेदवार मेजर राईको बाँसबोटेमा र उपाध्यक्ष पुष्पलाल राईको बलम्तामा मतदान

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० । लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनतर्फको पालिका अध्यक्ष उम्मेदवार मेजरकुमार राईले विहान ११ः१५ बजे मतदान गरेका छन् । उनले लिम्चुङबुङ–१ बाँसबोटे स्थित बरभन्ज्याङ, आधारभुत विद्यालय केन्द्रबाट मतदान गरेका हुन् । गठबन्धनका उपाध्यक्ष उम्मेदवार पुष्पलाल राईले १२ : ०० बजे मतदान गरेका छन् । उनले वडा नं. ४ स्थित बलम्ता मावि केन्द्रबाट मतदान गरेका हुन् ।...
कटारीको माथिल्लो भेगमा बर्षातले मतदानमा असहज

कटारीको माथिल्लो भेगमा बर्षातले मतदानमा असहज

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३० कटारी नगरपालिकाको माथिल्लो भेगहरुमा बर्षातले मतदानलाई असर पारेको छ । कटारीको केहि स्थानहरु बेतेनी र सिरिशे लगायतका ठाउँहरुमा बर्षाका कारण मतदाताहरुलाई असहजता भएको हो । बिहान ७ बजे बाट सुरु भएको मतदानमा १० बजे बाट पानी परेर असहजता गरेको हो । पानीका कारण मतदाताहरुलाई असर पारेपनि मतपत्र र मत पेटिकाहरुलाई भने सुरक्षित राखिएको छ । स्थानीय, राजनितिक दलबिचको सहमतीमा कोठा भित्र मतदानलाई निरन्तरता दिएको निर्वाचन अधिकृत राज कुमार राउतले जनाए ।...
मतदानमा उत्साह कोही काखे नानी च्यापेर, कोही लौरो टेकेर पुगे बुथमा

मतदानमा उत्साह कोही काखे नानी च्यापेर, कोही लौरो टेकेर पुगे बुथमा

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ, बैशाख ३० शहर बजार सुनसान छन् । अघिपछि निकै चहलपहल हुने काठमाडौँका गल्ली र चोकमा अहिले कोही नभएजस्तो देखिन्छ । पसल व्यवसायीसमेत फुर्सदमा भए जस्ता देखिन्छन् । आजदेखि चार दिन सार्वजनिक बिदा परेकाले पनि मानिसलाई फुर्सद भएको छ । यो फुर्सदको अवसर स्थानीय तहको निर्वाचनले जुराइदिएको हो । जनताको घर आँगनसँग जोडिने स्थानीय सरकार चयनका लागि मतदाता आआफ्ना घर तथा गाउँ बस्तीमा पुग्दा काठमाडौँ उपत्यका दुलही घरजस्तै देखिन्छ । सडक सुनसान छन् । चोकचोकमा रहेका सुरक्षाकर्मीले अनुमति नलिइकन चलाएका सवारीलाई रोकेर सोध्ने र होल्डमा राख्ने गरिरहेका छन् । नागरिकमा एक प्रकारको उत्साह छ । नेपालको संविधान कार्यान्वयनमा आएपछि भएको स्थानीय तहको दोस्रो निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्ने विश्वासका बीच आज मतदान भइरहेको हो । नेपाली सामाजिक मान्यताअनुसार मर्दा पर्दा भेटिने सरकार नै स्थानीय सरकार हो । प...
त्रियुगा गठबन्धन उपमेयर उममेदवार कार्कीद्वारा विहानै मतदान

त्रियुगा गठबन्धन उपमेयर उममेदवार कार्कीद्वारा विहानै मतदान

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० । त्रियुगा नगरपालिकामा गठबन्धनतर्फको उपमेयरको उम्मेदवार गिता खड्का कार्कीले विहान मतदान गरेकी छिन् । उनले आप्mनो मतदाता नामावली रहेको त्रियुगाको शाहीखोला केन्द्रमा मतदान गरेकी हुन् । गठबन्धनतर्फको मेयर बलदेव चौधरीले त्रिनपा ११ स्थित त्रियुगा मावि गाईघाटबाट मतदान गनुृभयो । उनले त्रियुगाको शाहीखोला मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।...
त्रियुगाका कांग्रेस मेयर उम्मेदवार बसन्त र उपमेयर उम्मेदवार सरिताद्वारा मतदान

त्रियुगाका कांग्रेस मेयर उम्मेदवार बसन्त र उपमेयर उम्मेदवार सरिताद्वारा मतदान

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० त्रियुगा नगरपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका बसन्त बस्नेतले वडा नं. ११ स्थित त्रियुगा माध्यामिक विद्यालय केन्द्रबाट मतदान गरेका छन् । उनले विहान ८ः१५ बजे घर नजिकै रहेको सो केन्द्रबाट मतदान गरेका हुन् । त्यसैगरी सोही पार्टीको उपमेयर उम्मेदवार सरिता राईले वडा नं. १२ स्थित जनप्रेमी विद्यालय केन्द्रबाट मतदान गरेकी छिन् । उनले विहान ९ः०० बजे मतदान गरेकी हुन् ।...
परराष्ट्र मन्त्री खड्काले उदयपुरको बेलकाबाट गरे मतदान

परराष्ट्र मन्त्री खड्काले उदयपुरको बेलकाबाट गरे मतदान

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० । परराष्ट्र मन्त्री एवम नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. नारायण खड्काले उदयपुरको बेलका नगरपालिकाबाट मतदान गरेका छन् । मन्त्री खड्काले बेलका–८ को डुडखोला मतदान केन्द्रमा ८ः४० बजे मतदान गरेका हुन् । स्थानीय निर्वाचनमा उनी जिल्लामा सक्रियतापूर्वक खटेका थिए ।