Saturday, August 22News That Matters

Breaking News 1

बेलकाको वडा नं. ९ मा कांग्रेसको अग्रता, ९५ मतका साथ एमालेले पछ्याउदैँ

बेलकाको वडा नं. ९ मा कांग्रेसको अग्रता, ९५ मतका साथ एमालेले पछ्याउदैँ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३१ गते । उदयपुरको बेलका नगरपालिका–९ मा नेपाली कांग्रेसको अग्रता रहेको छ । ४ सय मत गणना गरिदा कांग्रेसका वडाध्यक्ष उम्मेदवार पदम खड्का १ सय १८ मतले अगाडी रहेको छ । नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार रञ्जित राईले ९५ मतका साथ कांग्रेसलाई पछ्याइरहको छ । यो बिहान ९ः१५ मा आएको प्रारम्भिक मतपरिणाम हो । यता माओवादी केन्द्रका हरि श्रेष्ठले ४२ मत पाएका छन् । जसपाका राजकुमार राईले ४२, स्वतन्त्र उम्मेदवार तेजमान विश्वकर्माले २२, स्वतन्त्र उम्मेदवार रिता राईले १५ र राप्रपाका राजकुमार खड्काले १५ मत पाएका छन् ।...
राैतामाई र उदयपुरगढीमा मतगणना सुरु

राैतामाई र उदयपुरगढीमा मतगणना सुरु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३१ । उदयपुरकाे राैतामाई र उदयपुरगढी गाउँपालिकामा मतगणना सुरु भएकाे छ । राैतामाईमा विहान ८:३० बजे सुरु भयाे भने उदयपुरगढीमा ९:३० बजेबाट सुरु भएकाे हाे । हिजाे राती बेलैमा मतपेटिका संकलन भएपनि माैसम र प्राविधिक कारण देखाउदै मतगणना आजलाई सारिएकाे थियाे ।
लिम्चुङबुङको ५ नंं. वडामा गठबन्धनको अग्रता

लिम्चुङबुङको ५ नंं. वडामा गठबन्धनको अग्रता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३१ गते । उदयपुरको लिम्चुङबुङ गाउपालिकामा नेपाली काङ्ग्रेस र माओवादीको गठबन्धनबाट अध्यक्षमा उम्मेदवारी दिएका मेजर राइले सुरुवाती अग्रता लिएका छन् । वडा नं. ५ को २५० मतगन्दा मेजर राइले १४३ मत प्राप्त गरेका छन् । यस्तै एमालेका राजकुमार राइले ९६ मत प्राप्त गरेका छन् । वडा अध्यक्षमा भने काङ्ग्रेसका उम्मेदवार ले ९८, एमालेले ७६ र जनता समाजबादिले ४९ मत प्राप्त गरेका छन् । सो वडामा ८५० मत खसेको छ।...
लिम्चुङबुङमा मतगणना सुरु

लिम्चुङबुङमा मतगणना सुरु

Breaking News 1, राजनीति, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, वैशाख ३० । लिम्चुङबुङ गाउँपालिकामा मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत तुलाराज सुनुवारका अनुसार लिम्चुङबुङको वडा नं. ५ बाट मत गणना सुरु भएको हो ।
रौतामाई गाउँपालिकामा आइुपुग्यो मतपेटिका

रौतामाई गाउँपालिकामा आइुपुग्यो मतपेटिका

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३० रौतामाई गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आईपुगेको छ । गाउँपालिकाका आठ मतदान स्थल मध्ये १७ मतदान केन्द्रको मतपेटिका मतदान अधिकृतले निर्वाचन अधिकृतको कार्यालयमा बुझाए सँगै सर्वदलीय बैठक वसी आजै मत गणना गर्ने सहमती भएको छ । आज राति बाटै मत गणना कार्य हुने जानकारी निर्वाचन अधिकृतको कार्यालय रौतामाईले दिएको छ ।...
ताप्ली र चौदण्डीगढीमा मतगणनाको तयारी हुँदै

ताप्ली र चौदण्डीगढीमा मतगणनाको तयारी हुँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३० उदयपुरको ताप्ली गाउँपालिका र चौदण्डीगढी नगरपालिकामा मतदान स्थलवाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा आईपुगेको छ । मतपेटिका निर्वाचन कार्यालय आईपुगे सँगै मतगणनाको लागि उम्मेदवार तथा राजनीतिक दलहरु सँग सहमती गरी मतगणना सुरु गर्नेवारे तयारी हुँदे छ । उदयपुरगढीमा सर्वदलीय बैठक वसी मतगणना आजै सुरु गर्ने तयारी भईरहेको छ । सो नगरपालिकामा ११ बजेदेखी मतगणना सुरु हुने भएको छ । सुरुमा वार्ड नं एकको मतपेटिका खोलिनेछ । ताप्लीमा पनि आजबाटै मतगण्ना हुने भएको छ । आजबाटै वर्डा नं १ को मतगण्ना हुने भएको हो ।  ...
त्रियुगाको सबै मतपेटिका संकलन

त्रियुगाको सबै मतपेटिका संकलन

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० । त्रियुगा नगरपालिकाको सबै वडाबाट मतपेटीका संकलन भएका छन् । पालिकाको १ देखिको १६ वटा वडाहरु मध्ये वडा नं। १२ वाहेक सबैको मतपेटिका गणनास्थलमा जम्मा भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । वडा नं। १२ मा मतदान स्थगित भएपछि अन्य १५ वडा वडाको मतपेटिका सुरक्षित रुपमा संकलन भएको हो । मत गणना मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको बोक्सेस्थित पशु सेवा विज्ञ केन्द्रको कार्यालयमा हुनेछ । त्रियुगाको मतगणना आज रातीबाटै गर्ने भनिए पनि वडा नं। १२ को स्थगितका कारण आज नहुने भएको छ । वडा नं। १२ को पुनः निर्वाचन गरी मतपेटिका संकलन गरेपछि मात्र गणना हुने जनाइएको छ । पुनः निर्वाचन कहिले हुने भन्ने बारे निर्णय आउन बाँकी छ ।...
१२ नं का मतदाताहरुको आरोप : नंङमा मसि मात्र लगाईदिए, मतदान अधिकृत आफैले मतदान गरे

१२ नं का मतदाताहरुको आरोप : नंङमा मसि मात्र लगाईदिए, मतदान अधिकृत आफैले मतदान गरे

Breaking News 1
पूर्णपुष्टि, बैशाख ३० त्रियुगा नगरपालिका १२ मा मतदान लफडा भए सँगै मतदाताहरुले चर्को विरोध गरेको छ । आफ्नो नङमा मसि मात्र लगाईदिने र मत पत्र नदिई मतदान अधिकृत आफैले मनपरी मत लगाईदिने गरेको पाईएपछि मतदाताहरुले विरोध गरेको हो । उनिहरुले पून ः मतदान गर्नु पर्ने माग समेत राखेको छ । त्रियुगा नगरपालिका १२ को जनज्योति प्रा.वि मतदान अधिकृतहरुले मनपरी गरे सँगै त्यहाँका स्थानीयहरुले नारावाजीका साथ फेरी मतदान गर्नु पाउनु पर्ने माग राखेको हो । मतदाताहरुका अनुसार अनावश्यक रुपमा तनाव दिई झन्झट दिएको भन्दै उनिहरुले बिरोध गरेको हो । आक्रोशित मतदाताहरुले मतदान स्थल तोडफोड समेत गरेको छ । भने मतपेटिका भने प्रहरीले सुरक्षित राखेको छ । सो मतदान स्थलमा धेरै मतदाताले मतदान नै गर्न पाएका छैनन् । मतदान अधिकृतले सोझो देखिने मतदातालाई औलामा रङ्ग लगाईदिँदै मतपत्र नदिने क्रममा प्रदेश सांसद सुनिता कुमारी चौधरीलाई सम...
कटारीमा गोली लागि एकको मृत्यु, श्रेष्ठ घाइते

कटारीमा गोली लागि एकको मृत्यु, श्रेष्ठ घाइते

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० गते । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ छविसेमा मतदान सकिए पश्चात उतपन्न विवादमा गोली चल्दा एक जना घाइते भएको छ । घाइते हुनेमा १४ वर्षीय मनकुमार श्रेष्ठ भएको हो । घरमा बसिरहेका श्रेष्ठको खुट्टामा गोली लागी घाइते सुरक्षा स्रोतले जनाएको छ । गोली लागेर एकको मृत्युसमेत भइसकेको छ । स्थानीय १९ वर्षीय नविन कटुवालको मृत्यु भएको हो । मृतक कटुवाल स्वतन्त्र अध्यक्ष उम्मेदवार गौर बहादुर कटुवालको भतिज हुन् । कालिका माध्यामि विद्यालय केन्द्रमा मतदान सकिए पछि विवाद भएको र विवादको क्रममा चार राउण्ड एसएल आरबाट र चार राउण्ड थ्रिनटथ्री राईफलबाट गोली चलेको बताइएको छ । हवाई फायरको क्रममा कटुवाल र श्रेष्ठलाई गोली लागेको स्थानीयले बताएका छन् । कटुवाललाई घटनास्थलमै गोली लागी मृत्यु भएको बताइएको छ ।...
त्रियुगाको मत पेटिका धमाधम गणना स्थल तर्फ संकलन हुँदै, फोटो सहित

त्रियुगाको मत पेटिका धमाधम गणना स्थल तर्फ संकलन हुँदै, फोटो सहित

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३० त्रियुगा नगरपालिकाको मत पेटिका मतगणना स्थल तर्फ लैजाने कार्य तिव्र भएको छ । बोक्से स्थिति भेटनेरी अस्पताल तथा पसुशेवा बिज्ञ केन्द्रको कार्यालयमा त्रियुगाको मतगणना हुने भएको छ । बिहान ७ बजेदेखी सुरु भएको मतदानको सम्पूर्ण मत पेटिकाहरु मतगणना स्थल बोक्से तर्फ लाने क्रम जारी रहेको छ । त्रियुगाको बिभिन्न मतदान स्थलहरुबाट मत पेटिका संकलन भैरहेको छ । त्रियुगा उच्च मावि, वालमन्दिर मावि, रातमाटे लगायतका मतपेटिकाहरु कार्यालयमा संकलन भैरहेको छ । यता १२ नं वडामा भने मतदानमा लफडा भएको कारण संकलन हुन सकेको छैन् । त्रियुगा नगरपालिका भरी रहेको १६ ओटै मतपेटिकाहरु गाईघाट स्थित जम्मा भैरहेको छ । पालिकाका ३ ओटा पहाडी भेगमा रहेको १६, १५ र १४ को पनि मत पेटिका जम्मा हुने क्रम जारी रहेको छ । मत पेटिका नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी र राजनितिक दलका प्रतिनिधिहरुको रोहब...