Saturday, August 22News That Matters

Breaking News 1

मतदान गर्न जानेवेला मतदाताहरुलाई नमस्कारको ओईरो फर्केर आउँदा वास्ता न व्यस्त

मतदान गर्न जानेवेला मतदाताहरुलाई नमस्कारको ओईरो फर्केर आउँदा वास्ता न व्यस्त

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३० आज स्थानीय चुनावको मतदान गर्ने दिन । बैशाख ३० शुक्रबार देशैभरी स्थानीय चुनावको मतदान कार्य सुरु भएको छ । सम्भवत ः उम्मेदवारहरु बाट जनताहरुलाई चुनावी प्रचार देखीको आज अन्तिम नमस्कार हो । उम्मेदवारहरुले आजको दिन जनताहरुको पाउ परेरै सम्मान र माया देखाईरहेको छ । आफ्नो नाम, चुनाव चिन्ह र पार्टीको बारेमा बताउँदै आफ्नो मत सुरक्षा गर्ने अवस्थामा छ । यो वेलामा मरिन्जेल नमस्कार र माया गर्ने पछि तर्केर हिड्ने जस्ता आरोपहरु उम्मेदवारहरुलाई लाग्ने गरेको छ । तर त्यस्तो कुरालाई सामान्य मान्दै उम्मेदवारहरुले भने आफ्नो मत जनताहरु समक्ष मागि रहेको अवस्था छ । आजका दिन उम्मेदवारहरु जनताको निम्ति हरेक गर्न पनि तयार छ । त्रियुगा नगरपालिकाको उच्च माविमा विहानै ७ बजे देखी नै मतदान कार्य भैरहेको छ । यहाँ वडाअध्यक्षका लागि जम्मा मुख्य ३ प्रतिस्पर्धीहरु रहेको छ भने अन्य पार्टीहरुले पनि उ...
उदयपुरमा चारघण्टामा १९ हजार ३४५ मतदान

उदयपुरमा चारघण्टामा १९ हजार ३४५ मतदान

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३०  उदयपुरको आठ पालिकामा मतदान सुरु भएको चारघण्टामा १९ हजार ३४५ मत खसेको छ । यो समयावधीमा सबैभन्दा बढि जिल्लाको कटारी नगरपालिकाको पञ्चावती मा.वि. खसिबास मतदान स्थलमा मतदान भएको छ । त्यहाँ २३ प्रतिशत मत खसेको सुरक्षा स्रोतले जनाएको छ । जिल्लाको ९८ स्थलको २५८ केन्द्रहरुम मतदान कार्य चलिहरको छ । सबै ठाउँमा मतदान शान्तिपूर्वक र उत्साहजक ढंगले भइरहेको मुख्य निर्वाचन अधिकृत दिपक खनालले बताउनुभयो...
उदयपुरको सबै ठाउँमा शान्तिपूर्वक मतदान कार्य हुदै

उदयपुरको सबै ठाउँमा शान्तिपूर्वक मतदान कार्य हुदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३० उदयपुरमा आठै पालिकामा शान्तिपूर्वक मतदान भईरहेको छ । चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको उदयपुरमा समयमै मतदान सुरु भएको हो । दुइ लाख २३ हजार १३८ मतदाताका लागि तोकिएको ९८ स्थानका २५८ मतकेन्द्रमा सबै ठाउँ समयमै विहान ७ः०० बजेदेखि मतदान गर्ने कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत दिपक खनालले जानकारी दिनुभयो । मतदाताहरुको उत्साहजनक उपस्थिति देखिएको छ । विहानै देखि मतदानस्थलमा भिडभाड देखिएको छ । भिडलाई ब्यवस्थित पार्दै पुरुष, महिला र बृद्धबृद्धा, अपाङ्ग, अशक्त, गर्भवतीका लागि छुट्टाछुट्टै लाईन ब्यवस्था मिलाइएको छ । मतदानका लागि मौसमले साथ दिएको छ । विहानदेखि नै घाम लागेको छ । वर्षात हुने पूर्वानुमानका कारण मतदानस्थलमा त्रिपाल टागेर मतपत्र तथा पेटीकाको सुरक्षा गरिएको छ । राम्रो मौसमका कारण जिल्लाभर नै मतदान कार्य सन्चालन सहज भएको जनाइएको छ । मतकेन्द्...
त्रियुगामा उत्साहाजनक  मतदान, फोटो फिचर

त्रियुगामा उत्साहाजनक मतदान, फोटो फिचर

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३० उदयपुरको पुरानो र ठुलो नगरपालिकाको रुपमा रहेको त्रियुगा नगरपालिका ११ स्थित त्रिउमावि मतदान स्थलमा उत्साहजनक मतदान भैरहेको छ । शुक्रबार ७ बजे देखी समयमै सुरु भएको मतदान धमाधम चलिरहेको छ । मतदान शान्त वातावरणमा चलिरहेको छ । मतदानका लागि सम्पूर्ण कर्मचारी र सुरक्षाकर्मीहरु ठाउँठाउँमा खटिएको अवस्था छ । यसैगरी उम्मेदवारहरुले जनताहरु समक्ष नमस्कारको ओईरो बर्षाएको छ । मतदान स्थालमा प्रमुख निर्वाचन अधिकृत दिपक खनाल लगायतका सुरक्षा निकायका प्रमुखहरुले अनुगमन समेत गरेका छ । ५५ सयको हाराहारीमा रहेको ११ नं वडाका लागि अध्यक्षहरुमा नेपाली कांग्रेस बाट सुमन्त कोईराला, गठबन्धन बाट कालिदास राई (किसन) र एमाले बाट दिल बहादुर तामाङ्प्रमुख प्रतिस्पर्धि उम्मेदवारी छन् । अन्य स्वतन्त्र बाट संघिय समाजवादी पार्टी बाट निलहरी शर्मा लगायतका उम्मेदवारी छन् । मतदानका लागि जेष्ठ नागरिक, महिल...
उदयपुरमा निर्वाचनको तयारी पुरा

उदयपुरमा निर्वाचनको तयारी पुरा

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २९ उदयपुरमा स्थानिय तह निर्वाचन ०७९ को सम्पुर्ण तयारी पुरा भएको छ । स्थानिय तहका जनप्रतिनिधी चुन्न भोली बैशाख ३० गते बिहान ७ बजेदेखी मतदान हुदैछ । जिल्लाका आठ पालिकाका अन्ठानब्बे मतदान स्थल तथा एक सय अन्ठाउन्न केन्द्रमा निर्वाचनको सम्पुर्ण तयारी गरिसकेको मुख्य निर्वाचन अधिकृत दिपक खनालले जानकारी दिनुभयो । प्रत्येक मतदान स्थलमा मतदानका लागि आवश्यक व्यवस्था गरिसकेको जानकारी दिदैँ मुख्य निर्वाचन अधिकृत खनालले मतदातालाई निर्भयका साथ मतदान गर्न अनुरोध समेत गर्नुभयो ।...
उदयपुरमा करेन्ट लागेर महिलाको मृत्यु

उदयपुरमा करेन्ट लागेर महिलाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २९ उदयपुर जिल्लाको कटारी नगरपालिका–८ टोड्केपानीको खरबारीमा बुधबार बेलुकी घाँस काटेर घर फर्कने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६८ वर्षीय गङ्गामाया खत्री रहेकी छन् । बेलुकी ४ बजेतिर घाँसको भारी बोकेर फर्कने क्रममा नजिकैको विद्युत् पोलछेउ भएर बाटो काट्न लाग्दा पोलबाट भुइँमा झरेको तारबाट विद्युत् प्रभाह भएकाले उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । कम्बरदेखि मुनिको सम्पूर्ण भाग जलेको कटारी इलाका प्रहरी कार्यालयकाले जनाएको छ । कटारीस्थित विद्युत् प्राधिकरण शाखा कार्यालयका प्रमुख सन्तोष कार्कीले पोलमा जोडिएको विद्युतीय तार हावाहुरीले भुइँमा झारेका कारण खत्रीको करेन्ट लागेर मृत्यु भएको बताउनुभयो । उनको मृत्युपछि आफन्तले शव बुझ्न नमानेकाले उक्त शाखाले रु पाँच लाख क्षतिपूर्ति उपलब्ध गराउने शर्तमा मृतकका आफन्तले बेलुकी मात्रै शव बुझेको...
हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

Breaking News 1, समाचार
मकवानपुर, बैशाख २९ शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि हेटौँडाको दुई केन्द्रमा महिला मतदान अधिकृत खटिएका छन् । हेटौँडा उपमहानगरपालिकाका १९ वडामध्ये दुई केन्द्रमा महिला मतदान अधिकृतलाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माका अनुसार वडा नं २ स्थित सिद्धार्थ मावि ९घ०को मतदान केन्द्रमा मतदान अधिकृत विष्णुकुमारी लामिछाने र सहायक अधिृकत कृष्णकुमारी खरेल रहनुभएको छ भने वडा नं १२ स्थित महेन्द्र मावि पदमपोखरी ९घ० को मतदान केन्द्रमा मतदान अधिकृत शान्तिमाया मोक्तान र सहायक मतदान अधिकृत अनुकुमारी लामा रहनुभएको छ । अन्य मतदान अधिकृतहरूमा भने पुरुष नै छन् । यहाँका सबै वडाको मतदान केन्द्रमा मतपत्रसहितको निर्वाचन टोली आइसकेका छन् । रासस –––...
गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारलाई सुरक्षाका लागि नियन्त्रणमा

गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारलाई सुरक्षाका लागि नियन्त्रणमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २९ नेकपा ९एमाले० सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । उक्त गाउँपालिका–५ को जमुनामा बुधबार राति पुग्नुभएका उहाँलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ थियो । उहाँसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ । मौन अवधिमा दुबैजनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले होहल्ला गर्दै खेदाउन खोजेपछि सुरक्षाका लागि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएकोे हो । जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताउनुभयो । मौन अवधिमा उम्मेदवार राईले मतदाताहरूलाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीहरुले विरोध गरेका थिए । आचारसंहिता उल्लङ्घन गरेको भन्दै उहाँलाई कारबाही गर्नसमे...
निर्भयका साथ मतदान गर्न मुख्य निर्वाचन अधिकृतको अनुरोध

निर्भयका साथ मतदान गर्न मुख्य निर्वाचन अधिकृतको अनुरोध

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २८ उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले मतदातालाई निर्भयका साथ मतदानमा सरिक भई मतदान गर्न अनुरोध गर्नुुभएको छ । उदयपुरमा कसनै किसिमको सुरक्षा खतरा नरहेकोेले मनपरेको उम्मेदवारलार्य मतदान गर्न आग्रह गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृत खनालले राजनितिक दल तथा उम्मेदवारलाई मौन अवधिको पालना गर्दै निर्वाचनलाई स्वच्छ निश्पक्ष र भयरहित बनाउन समेत अनुरोध गर्नुभएको छ । जिल्लाभरिका सबै मतदान स्थल तथा केन्द्रमा नयाँ मतदाताको फोटोसहित मतदाता परिचय वितरणको कार्य भईरहेको छ । साथै मतदान स्थल व्यवस्थापनको कार्य समेत भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...
गाईघाटमा निम्न वर्गको मतदातालाई प्रभावित पार्न ६० कुखुरा वितरण

गाईघाटमा निम्न वर्गको मतदातालाई प्रभावित पार्न ६० कुखुरा वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २८ स्थानीय चुनाव करिब २ दिन मात्र बाँकी छ । मंगलबार रातिको १२ बजेबाट मौन अवधि पनि लागु गरिएको छ । यो बेला चुनाव प्रचार प्रसार, मतदाता प्रभावित वस्तु बिक्रि वितरणमा कडाई गरिएको अवस्था हुन्छ । तर गाईघाटमान यस्तै अवस्थामा पनि निम्न बर्गको मतदाताहरुलाई प्रभावित पार्दै भोट आकर्षित गर्ने उदेश्यल ६० कुखुरा वितरण गरिएको छ । गाईघाटको डिएमगेट नजिक रहेको सप्तकोशी पोल्ट्री फर्म बाट कुखुरा वितरण गरिएको बुझिएको छ । पोल्र्टी फर्मका अनुसार आफुहरु बाट ६० कुखुरा किनेको तर केका लागि हो भन्ने थाहा नभएको जनाए । कुखुरा मुस्लीम वस्तीका मान्छेहरुलाई वितरण गरिएको भन्ने आएको छ । दाहुल भन्ने व्यक्तिले कुखुरा आपुहरु सँग खरिद गरेको पोल्र्टी फर्ममका संञ्चालकले जनाए । ६० ओटा कुखुरा मध्ये ४६ ओटा कुखुरा वितरण गरिसकेको र १४ ओटा भने बाँकी रहेको प्रत्यक्षदर्शीहरुले जनाए । आचार संहिताको अवस्थामा ...