उदयपुरमा मौन अबधिको उल्लंघन गर्दै परराष्ट्र मन्त्री नारायण खड्का काङ्ग्रेसलाई भोट माग्दैँ
पूर्णपुष्टि, वैशाख २८ गते ।
नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्का ले मौन अबधिको उल्लंघन गर्दै उदयपुरमा खुलमखुल्ला भोट मागिरहेका छन । निर्बाचन आयोगले हिजो राती देखि मौन अबधी लागू गर्दै उम्मेदवारलाई भोट माग्न, चुनावी प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ । निर्बाचन आयोगको यो नियम पालना गर्नु सबैको दायित्व हो अझ सरकारको मन्त्रीको त झन बढी दायित्व हुन्छ । तर नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्काले मौन अबधिको धज्जी उडाउदौ नेपाली काङ्ग्रेसको पक्षमा भोट मागेका छन ।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका डा. नारायण खड्काले निर्बाचन आचारसंहिता तथा मौन अबधिको उल्लंघन गर्दै उदयपुरको जलजलेमा पुगि आज बिहान नेपाली काङ्ग्रेसलाई जिताउन भन्दै स्थानिय मुश्लिम बस्तीमा पुगि भोट मागेका छन् । उनी भोट माग्न आफुमात्र गएका थिएनन साथमा लगेका थिए त्रीयुगा नगरपालिका को मेयर पदका उम्मेदवा...









