उदयपुरमा गठबन्धनको निर्णय : त्रियुगामा कांग्रेस र ताप्लीमा जसपा सिंगल भिड्ने, अन्यमा निर्णय बाँकी
पूर्णपुष्टि, बैशाख ८
उदयपुरमा आज बसेको गठबन्धनको बैठकले दुईओटा निर्णय तय गरेको छ । बैठकमा त्रियुगा नगरपालिकामा कांग्रेस एक्लै चुनावी मैदानमा जाने भएको छ भने ताप्ली गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) एक्लै चुनावी मैदानमा उत्रने निर्णय भएको छ ।
बैठकमा सहभागी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य राहुल यादवका अनुसार त्रियुगा नगरपालिकामा कांग्रेस मित्रवत सिंगल लडेपनि माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी बिच गठबन्धन हुने जनाएको छ । यता ताप्लीमा भने फेरी जनता समाजवादी पार्टी मित्रवत सबै पदमा सिंगल लड्ने निर्णय भएको जनाएको छ ।
ताप्लीमा जनता समाजवादी वाहेक नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाले भने गठबन्धन गर्ने भएको सदस्य यादवले जानकारी दिए । आज बसेको बैठकले दुई पालिकाको मात्र निर्णय गरेको छ भने अन्य पालिकाको निर्णय हुा बाँ...









