उदयपुरमा आजबाट कृषिगणना सुरु
पुजा राजधामी
उदयपुर, वैशाख ६ गते ।
आजबाट देशैभर साँतौ राष्ट्रि कृषि जनगणना सुरु भएसंगै उदयपुरमा पनि गणना आरम्भ भएको छ । जिल्लाको आठवटै पालिकामा १६ सुपरिपेक्षक र ६० जना गणकबाट कृषिगणना सुरु गरिएको हो ।
२०७९ वैशाख ६ गतेबाट सुरु भएको गणना जेठ १९ सम्म सञ्चालन हुने जिल्ला कृषीगणना अधिकृत शिवनारायन महतोले बताउनु भयो । उहाँका अनुसार प्रत्येक दश/दश वर्षमा हुने कृषिगणना स्थानीय तहहरुमा वैज्ञानिक विधिले छनौट गरिएका कृषक परिवारसंग व्यक्तिगत अन्तर्वार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण संकलन गरिने छ ।
यस गणना अन्तर्गत पारिवारिक, व्यावसायिक, तथा संस्थागत रुपमा सञ्चालन भइरहेका कृषिकार्यको विवरणहरु संकलन गरिने छ । देशमा ३ लाख ५० हजार कृषक परिवारसँग अन्तवार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । तथ्याङ्क सङ्कलनका लागि गणक र सुपरीव...









