Saturday, August 22News That Matters

Breaking News 1

त्रियुगामा गठबन्धन नगर्ने भन्दै कांग्रेस कोईराला पक्षको नाराबाजी

त्रियुगामा गठबन्धन नगर्ने भन्दै कांग्रेस कोईराला पक्षको नाराबाजी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २ गते । त्रियुगा नगरपालिकामा नेपाली काङ्ग्रेसको कोइराला पक्षले अन्य दलसग चुनाबी तालमेल गर्न नहुने भन्दै नाराबाजी गरेको छ । त्रियुगामा नेपाली कांग्रेस आफै सक्षम रहेको भन्दै गठबन्धनको आवश्यक नरहेको र यसको बिरुद्धमा आफुहरुको बिरोध रहेको कांग्रेस नेता बसन्त बस्नेतले जनाए । आजै उनिहरुले रुखमै भोट हाल्न पाउनुपर्ने माग राख्दै जिल्ला सभापति हिमाल कार्कीलाइ ध्यानाकर्षण पत्र समेत बुझाएको छ । गठबन्धन बिरुद्ध पार्टी कार्यलयबाट नाराबाजी सुरु गरि पिपल चोक हुँदै बसन्त बस्नेतको घर पुगेको थियो। त्रियुगा नगरमा कोइराला पक्षका नेता कार्यक्रता गठबन्धनको बिपक्षमा रहेका छन भने संस्थापन पक्ष भने केन्द्रको निर्णय मान्ने पक्षमा देखिएको छ। आजको नाराबाजीमा त्रियुगा नगरपालिकाकी उपमेयर देबी चौधरी , नेता बसन्त बस्नेत लगायतले नेतृत्व गरेका थिए ।...
त्रियुगामा रुखमा मात्र भोट हाल्न पाउनु पर्ने कोईराला पक्षको माग

त्रियुगामा रुखमा मात्र भोट हाल्न पाउनु पर्ने कोईराला पक्षको माग

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २ गते । त्रियुगा नगरपालिकामा आउँदो स्थानीय चुनावका लागि कांग्रेस एक्लै लड्न काफी रहेको भन्दै गठबन्धन नगर्न ध्यानकर्ष पत्र बुझाएको छ । शुक्रबार कोईराला पक्ष रहेका कांग्रेस नेता बसन्त बस्नेत सहितका नेताहरुले जिल्ला सभापति हिमाल कार्कीलाई रुखमा मात्र भोट हाल्न पाउनु पर्ने माग सहित पार्टी कार्यालयमा ध्यानाकर्षण बुझाएको हो । करिब १ सयजनाको उपस्थितिमा काङ्ग्रेसले सो पत्र बुझाएको छ । । यस्तै, त्रियुगामा काङ्ग्रेस बलियो भएकाले गठबन्धन नगरी चुनाबमा जानपाउनुपर्ने आशय व्यक्त गरिएको छ । ध्यानाकर्षण पत्र पेश गर्दै नेता वसन्त बस्नेतले यो नगरमा एकलै चुनाब जित्न सकिने बताएका थिए । पत्र बुझ्दै सभापति हिमाल कार्कीले केन्द्रको निर्णयनुसार गठबन्धन हुने बताए । उनका अनुसार काङ्ग्रेसलाई फाइदा हुने गरिमात्र तालमेल हुने भन्दै कार्यक्रतालाई आश्वस्त पार्ने कोसिस गरेका थिए ।...
सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार

सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार

Breaking News 1, समाचार
काठमाण्डौँ, बैशाख २ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ५०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार ४१५ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७३ डलर आसपास कारोबार भइरहेको छ । (रासस)...
त्रिनपा ५ श्रीपुरमा एमाले र कांग्रेस परित्याग गरी ६४ जना माओवादीमा प्रवेश

त्रिनपा ५ श्रीपुरमा एमाले र कांग्रेस परित्याग गरी ६४ जना माओवादीमा प्रवेश

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १ त्रियुगा नगरपालिका ५ श्रीपुरमा हालै ६४ जनाले माओवादी पार्टी रोजेको छ । कांग्रेस र एमाले पार्टी परित्याग गरी करिब ६४ जनाले माओवादी पार्टी प्रवेश गरेको हो । नवप्रवेशीहरुलाई माओबादी केन्द्र संघीय निर्वाचन क्षेत्र नं १ का इन्चार्ज तथा प्रदेश सदस्य द्रोण पौडेल ९निरज०, अर्का प्रदेश सदस्य सम्झना पाख्रिन ९योद्धा०, त्रियुगा नगर कमिटी इन्चार्ज बिमल किराती, नगर अध्यक्ष गीता खड्का कार्की, उपाध्यक्ष तथा त्रियुगा १६ का वडाध्यक्ष मानहादुर राई र वाईसिएल उदयपुर इन्चार्ज दिपक किरातीले स्वगत गरेका छन् । नेपाली जनताको हितमा एजेन्डा तयार पार्ने पहिलो पार्टीनै माओवादी पार्टी रहेको भन्दै अन्य पार्टीहरुको कुनै आश नरहेको प्रवेशीहरुले जनाएको छ । नवप्रवेशी एमाले नेता भुपध्जव कार्कीले मुलुकमा परिवर्तन गर्ने, विकास र समृद्धि ल्याउने एक मात्र दल नेकपा माओबादी भएको भन्दै अहिलेको परिवर्तनलाई ...
उदयपुरमा सफ्टवेर बाट पासपोर्ट दर्ता गराउँदै पैसा दिने  दुई युवा पक्राउ

उदयपुरमा सफ्टवेर बाट पासपोर्ट दर्ता गराउँदै पैसा दिने दुई युवा पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १ उदयपुरमा १५ सय देखी १७ सय सम्म पैसा दिँदै सफ्टवेर बाट नेपाली पासपोर्ट दर्ता गराउँदै हिड्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । उनिहरुलाई प्रहरीले कस्तो पार्सपोर्ट कुन सफ्टवेरमा दर्ता गरेको र किन गरेको हो भन्ने बिषयमा अनुसन्धान गर्न पक्राउ गरीएको जनाएको छ । त्रियुगा नगरपालिका ६ मोहनपुरका अन्दाजी ३० बर्षिय जिवन कुमार गुराई र त्रियुगा नगरपालिका १० बोक्से गरमगाछीका २४ बर्षिय मनोज राईलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पासपोर्ट बिषयमा अनुसन्धान गर्न आईतवार पक्राउ गरेको जनाएको छ । उनिहरुले गाईघाट लगायतका स्थानीय युवाहरुलाई नेपाली पासपोर्ट मागि उक्त पासपोर्ट के कुन सफ्टवेयरमा ईन्ट्री गरे पछि पासपोर्ट फिर्ता दिई नगद रू पन्ध्र देखि १७ सय सम्म उल्टै पैसा  दिने गरेको प्रहरीले जनाएको छ । । स्थानीय युवाहरुका अनुसार २ हजार सम्म दिएर पासपोर्ट दर्ता...
मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न एमाले सक्षम छः अध्यक्ष ओली

मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न एमाले सक्षम छः अध्यक्ष ओली

Breaking News 1, समाचार
काठमाण्डौँ, चैत ३० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताउनुभएको छ । एमाले विराटनगर महानगरद्वारा आज यहाँ आयाजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले विभिन्न भाषाभाषी र भूगोलमा बस्ने सम्पूर्ण नेपालीको साझा अभियानबाट सङ्घीय गणतन्त्र र जनतामा सार्वभौमसत्ता निहित गर्ने महान् अभियानमा सरिक बनाउने कार्यमा पार्टी लागेको बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले नेपालको पानी नेपालीको लागि प्रयोग हुनुपर्नेमा जोड दिँदै उद्यमी, व्यवसायीले पर्यटन र निर्यातमुखी उद्योग स्थापना गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने र यसमा आफ्नो पार्टीले सक्दो सहयोग गर्ने उल्लेख गर्नुभयो । उहाँले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कोही कसैको कार्यलाई कहिले पनि सफल हुन नदिने दृढता व्यक्त गर्दै जनप्रतिनिधिविहीन...
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा स्वाँर

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा स्वाँर

Breaking News 1, समाचार
काठमाण्डौँ, चैत ३० यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित हुनुभएको छ । महासङ्घको आज बिहान सम्पन्न महाधिवेशनले उहाँको अध्यक्षतामा ७६ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रदेश संंयोजक मङ्गलबार नै निर्विरोध निर्वाचित भए पनि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्य पदमा भने मतदान भएको थियो । तीन वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान महासचिव सरोज सिटौला, ऐनकुमार साई , हरिशरण केसी मत ल्याई विजयी हुनुभएको छ । यस्तै, खुला सात उपाध्यक्षमा सानुकाजी प्रजापति , भुवन बराल , रवि रिमाल, डम्बरराज पन्त , रामप्रसाद सुवेदी , जीतबहादुर भारती र राजेन्द्र रिजाल मत ल्याएर विजयी हुनुभएको छ । यसैगरी, मालवाहक उपाध्यक्षमा यादवलाल श्रेष्ठ, महिला उपाध्यक्षमा पुष्पा श्रेष्ठ, महासचिवमा ड...
जहाँ एक मानवीय क्षतीसहित आठ घर खरानी भयो : स्थलगत भिडियो

जहाँ एक मानवीय क्षतीसहित आठ घर खरानी भयो : स्थलगत भिडियो

Breaking News 1, Purnapusti TV, समाचार
https://youtu.be/ZvaGnbidzsg जिल्लाको उदयपुरगढी गाउँपालिका १ शिखरपुरमा एकजना बृद्धाको मानवीय क्षतीसहित आठ घरमा आगजनी भएको दुई हप्ता वितिसक्दा पनि घर उभ्याउन नसक्दा उनीहरुको जीवन कष्टकर बनेको छ । पूर्णपुष्टिको स्थलगत रिपोर्टिङ पछि तयार पारिएको भिडियो ।
उदयपुरमा मानवीय क्षतीसहित आठघर आगजनी : घर उभ्याउन नसक्दा कष्टपूर्ण बसाई

उदयपुरमा मानवीय क्षतीसहित आठघर आगजनी : घर उभ्याउन नसक्दा कष्टपूर्ण बसाई

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत २९ गते । जिल्लाको उदयपुरगढी गाउँपालिका १ शिखरपुरका आठ घर अग्नी पिडितहरुले आगलागीपछि नयाँ घर बनाउन सकेका छैनन् । नयाँ घर बनाउन नसक्दा उनीहरुको जीवन कष्टकर बनेको छ । गत चैत १३ गते । एकजना बृद्धाको मानवीय क्षतीसहित आठ घरमा आगजनी भएको थियो । उनीहरुको डेडकरोड बढी क्षती भएको थियो । घटना भएको दुईहप्ता वितिसक्दा पनि कसैले एउटासम्म घर उभ्याउन सकेका छैनन् । आगजनीबाट विचिल्नी परेका आठ घर परिवारलाई खानका लागि राहत मिलेपनि बस्ने राम्रो ब्यवस्था छैन । बालबालिका र महिलाहरु त्रिपालमुनी बस्नुपर्दा दिनचर्या कष्टकर बनेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलका अनुसार दुईहप्ता अघि एकैबस्तीको आठघरमा आगजनी हुँदा अन्दाजी ७५ वर्षिया बृद्धा शिवमाया मगरको जलेर मृत्यु भएको थियो । आगजनीबाट ओम मगर, गम्बर मगर, शेरबहादुर मगर, भैरव बहादुर मगर, पदमबहादुर मगर, धनम...
लिम्चुङबुङमा भलिवल र ट्रेल रेस प्रतियोगिता सम्पन्न, भलिवल पुरुष तर्फ झापा र महिलातर्फ ओखलढुंगा प्रथम

लिम्चुङबुङमा भलिवल र ट्रेल रेस प्रतियोगिता सम्पन्न, भलिवल पुरुष तर्फ झापा र महिलातर्फ ओखलढुंगा प्रथम

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २९ २५ गते बाट लिम्चुङबङमा जारी भलिवल प्रतियोगिता र ट्रेल रेस प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा भलिवलको पुरुष तर्फ झापाको दमक नगरपालिका प्रथम भएको छ भने महिला तर्फ ओखलढुंगाको माने भञ्ज्याङ गाउँपालिका प्रथम भएको छ । प्रथम महिला पुरुष दुवै टिमले नगद रु १/१ लाख प्राप्त गर्नुका साथै ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरे । यता भलिवल प्रतियोगिताकै दोस्रो पुरुष तर्फ ताप्ली गाउँपालिका र महिला तर्फ दोस्रो लिम्चुङबुङ गाउँपालिका भएको छ । दोस्रो हुने यी दुवै टिमले नगद रु ५०/५० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरे । त्यसैगरी भलिवल तर्फकै तेस्रो हुने टिमहरु पुरुष तर्फ लिम्चुङबुङ गाउँपालिका र महिला तर्फ दमक नगरपालिका रहेको छ । यस टिमले पनि नगद रु २५/२५ हजार प्राप्त गर्नुका साथै मेडल ट्रफि र प्रमाण पत्र प्राप्त गरे । ट्रेल रेस तर्फ भोजपुरकी छ्याङजी माया राई ...