नव प्रभात शिर्षस्थान खोस्न सफल
पूर्णपुष्टि (उदयपुर) पुस १९ ।
गाईघाटमा जारी उदयपुरको (ए) डिभिजन लिग फुटवल प्रतियोगिताको शिर्ष स्थान नव प्रभात नेपाल पोर्ताहाले खोस्न सफल भएको छ । प्mयुजन क्लव बोक्सेको पोल्टाबाट उसले आप्mनो पोल्टामा पार्न सफल बनेको हो ।
खेलको पाँचौ चरणमा आउदा शिर्ष स्थानमा नवप्रभावत हावी भएको हो । उसले उत्कृष्ट खेल प्रदर्शन गर्दै चौथो चरणसम्मको दोस्रो स्थानलाई अगाडी बढाएको हो । मेघावी युवा क्लवसंगको आजको खेलमा ३ अङ्क जोड्दै नव प्रभात नेपाल पोर्ताहा शिर्ष स्थानमा पुगेको हो । उसले कुल १३ अङ्क पारेको छ । चौथो चरणसम्म १२ अङ्कका साथ प्mयुजन क्लव शिर्ष स्थानमा थियो । चौथो चरणको सबै खेल जितेको प्mयुजन क्लवले हिजो गाईघाट फुटबल क्लवसंग पराजित व्यहोरेपछि दोस्रो स्थानमा पुगेको छ ।
अन्य टिमहरु बेल्टार युनाइटेड युथ क्लवको १०, लालिगुराँस नव युवा क्लव भागलपुरको ९, फुटवल क्लव वगाहाको ७, गाईघाट फुटवल क्लवको ७ अङ्क...









