Tuesday, August 25News That Matters

Breaking News 1

केहिदिन देखी गाईघाटमा बढ्यो तिहारको चहल पहल, फोटोफिचर सहित

केहिदिन देखी गाईघाटमा बढ्यो तिहारको चहल पहल, फोटोफिचर सहित

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १८ नजिकिएको तिहार सँगै गाईघाट बजारमा चहल पहल बढेको छ । तिहारका लागि किनमेल तथा अन्य कामका लागि अहिले बजारमा मानिसको चहल पहल बढेको हो । चहल पहल सँगै तिहारको लागि सरसामानहरु पनि अत्यादिक बढेको देखिन्छ । तिहारमा लगाउने सायपत्रि फुल, मखमली फुल लगायत अन्य फुलहरुको बजारमा किन बेच बढेको छ । फुलहरु किनबेचको लागि प्रसस्त राखिएको छ । खाद्यन्न तथा लत्ता कपडा र जुत्ता चप्पल किन्नेहरु पनि बजारमा बढी मात्रामा देखिएको छ । २० गते पर्न गएको भाईटिका लागि छोरीचेलीहरु अहिले सामान किन्न बजारमा व्यस्त देखिन्छन् । उनिहरुले आफ्नो माईतीहरुका लागि बिभिन्न सरसामान, मिठो मिठो खानेकुरा, फलफुल रंगिन टिका लगाउने, कपडाहरु जस्ता कुराहरु किन्ने कार्य अहिले बजारमा देखिएको छ । तिहार माईती चेलीको लागी अत्यान्तै खुसि र महत्वपूर्ण चाँड हो । यो चाँडमा छोरीचेलीले फुल माला र सेल रोटी र मिठोमिठो खानेकुरा...
काठमाण्डौमा फेरी फेला पर्यो डेँगु

काठमाण्डौमा फेरी फेला पर्यो डेँगु

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १८ काठमाण्डौँमा एक बर्ष पछि फेरी डेँगु फेला परेको छ । फोहोरमैला र अध्यादिक चापको कारण काठमाण्डौँ डेँगुको लागि जोखिमनै मानिन्छ । सन् २०१९ मा डेंगुले देशब्यापी महामारीको रूप लिंदा काठमाडौँ शहर पनि व्यापक प्रभावित भएको थियो । सो समयमा नेपालमा महामारी ल्याउनुको मुख्य कारकमा डेंगुको सेरोटाईप–२ भएको अनुसन्धानले देखाएको थियो । हाल केही दिन यता यो पंक्तिकारले काठमाण्डौँको घट्टेकुलो, मैतीदेबी, कोटेश्वर आदि क्षेत्रमा डेंगुका संक्रमितहरु बढ्दो क्रममा रहेको देखिएको छ । पहिलो डेंगुको सेरोटाईपभन्दा फरक सेरोटाईपले पुनः संक्रमण गरेको भए संक्रमितमा डेंगु झन कडा हुने अनुसन्धानहरुबाट प्रमाणित भइसकेको छ ।  ...
अब, सौर्य एयरलायन्सबाट विराटनगरदेखि भैरहवा सिधा उडान

अब, सौर्य एयरलायन्सबाट विराटनगरदेखि भैरहवा सिधा उडान

Breaking News 1, आर्थिक, पर्यटन, समाचार
पूर्णपुष्टि, कत्तिक १८ । पहिलो पटक सौर्य एयरलाइन्सले प्रदेश १ को राजधानी विराटनगरदेखि लुम्बिनी प्रदेशको भैरहवा र भैरहवादेखि बिराटनगरको नियमित उडान भर्ने भएको छ । अन्तर प्रदेश उडानका लागि नेपाल सरकारले अगाडि सारेको नीतिलाइ पहिलो प्राथमिकता दिदै आगामी कात्तिक २२ गतेदेखि सेवा दिने भएको हो । सौर्य एयरलाइन्सले बक्बारडियर कम्पनीको सिआरजे २०० जेट जहाजमार्फत उडान प्रारम्भ गर्ने एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले जानकारी दिए । नेपाल नागरिक उड्यन प्राधिकरणको स्वीकृतिमा हाललाई दैनिक एकएक उडान सञ्चालन गर्ने र आवश्यकता र यात्रुको मागलाई दृष्टिगत गरि उडान थप गर्न सकिने अध्यक्ष पोखरेलको भनाइ छ । एयरलाइन्सले यो रुटका लागि एकतर्फि हवाइ भाडा छ हजार रुपैयाँ निर्धारण गरेको छ । सौर्य एयरलाइन्सले बिराटनगरदेखि भैरहवासम्मको सिधा उडान गरेपछि घण्टौँको यात्रा मिनेटमा गर्न सकिनेछ । भैरहवादेखि विराटनगर र विराटनगरदेख...
विकासलाई सोझै ब्ल्याक एण्ड ह्वाईटको रुपमा बुझ्नु हुदैन : टार्जन लिम्बु, प्रमुख प्रशासकीय अधिकृत- लिम्चुङबुङ गाउँपालिका

विकासलाई सोझै ब्ल्याक एण्ड ह्वाईटको रुपमा बुझ्नु हुदैन : टार्जन लिम्बु, प्रमुख प्रशासकीय अधिकृत- लिम्चुङबुङ गाउँपालिका

Breaking News 1
पूर्णपुष्टि संवाद (भिडियो) https://youtu.be/0LZTkKA9pSc पूर्णपुष्टि, कत्तिक १७ । स्थानीय तह आएपछि लगातार ग्रामिण र विकट क्षेत्रको गाउँपालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत भएर सेवा गरिरहेका टार्जन लिम्बुसंग गाउँ विकासको गहन अनुभव छ । हाल उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा सेवारत लिम्बुसंग पाँचवटा गाउँपालिकामा काम गरेको अनुभव छ । गाउँको विकासको काममा रमाइरहेका उनी रामेछाप, पाँचथर, सिन्धुली र काभ्रे हुँदै हाल लिम्चुङबुङमा सेवारत छन् । लिम्चुङबुङ आएको दुईवर्ष पुग्न लागेको छ । यसबीचमा लिम्चुङबुङको विकासमा डटेर लागेका छन् । पालिका अध्यक्ष, उपाध्यक्ष लगायत जनप्रतिनिधिहरुसंग राम्रो समन्वय र सहकार्यका साथ कार्यसम्पादन गरिरहेको उनी बताउछन् । आफु माताहतका कर्मचारीहरुको कुशल नेतृत्व बन्न सफल उनी जनप्रतिनिधिहरुसंगसंगै पालिकाको विकासमा खटिरहेका छन् । पालिकाको नीति, ऐन, नियम, कानुन, कार्यविधी, न...
उत्पादन क्षमता बृद्धीका लागि उदयपुर सिमेन्ट उद्योगले अघि सार्यो दुई नयाँ योजना

उत्पादन क्षमता बृद्धीका लागि उदयपुर सिमेन्ट उद्योगले अघि सार्यो दुई नयाँ योजना

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, कार्तिक १७ देशकै सबैभन्दा ठुलो उदयपुर सिमेन्ट उद्योगले उत्पादन क्षमता बृद्धीलाई प्राथामिकता दिँदै नयाँ दुर्ई योजना अघि सारेको छ । सरकारी स्वामित्वका देशकै ठुलो उद्योगले अब थप उत्पादन क्षमता बृद्धी गर्ने भन्दै दुई योजनाका साथ उद्योग अघि बढेको बताए । पुराना मेसिन र प्रविधिबाट सञ्चालन हुँदै आएको उद्योगले क्षमताअनुरुप सिमेण्ट उत्पादन गर्न नसकेपछि व्यवस्थापन पंक्षले नयाँ प्रविधि भित्र्याई पुर्ण क्षमतामा सञ्चालन गर्ने योजना अघि सारेको हो । कतिपय मेसिन र प्रविधि झण्डै तीन दशक अघिकै रहेकाले उत्पादनमा क्रमश ह्रास आउन थालेपछि ‘मर्मत संभार तथा अपग्रेडिङ्ग अभियान अन्तर्गत नयाँ योजना अघि सारेको महाप्रबन्धक गोपीकृष्ण न्यौपानले बताए । क्लिन सेलमा आएको खरावीलाई परिवर्तन गर्ने र रिइन्फोर्समेण्ट सस्पेन्सन प्रिहिटर सिष्टम जडान गर्ने गरी उद्योगले नयाँ योजना अघि सारेको हो । त्यसका लागि उद्...
उदयपुरमा गणकको तालिम सम्पन्न, कार्तिक २५ बाट देशैभर दोस्रो चरणको जनगणना सुरु हुने

उदयपुरमा गणकको तालिम सम्पन्न, कार्तिक २५ बाट देशैभर दोस्रो चरणको जनगणना सुरु हुने

Breaking News 1, समाचार
पुजा राजधामी पूर्णपुष्टि, कार्तिक १७ उदयपुरमा दोस्रो चरणको जनगणनाको लागि गणकहरुलाई ४ दिने तालिम दिइएको छ । जिल्ला जनगणना कार्यालय उदयपुरले आयोजना गरेको ४ दिने अन्मि चरणको तालिम मंगलबार सम्पन्न भएको हो । कार्तिक १३ देखी सञ्चालित तालिममा ४५४ जनाको सहभागीता रहेको थियो । जिल्लाको गाईघाट, कटारी, बेल्टार र मुर्कुचिमा तालिम सञ्चालन गरिएको थियो । कार्तिक २५ देखी मंसिर ९ को बिचमा गणकहरु प्रत्येक घरमा गएर विवरण संकलन गर्ने कार्य रहेको जिल्ला जनगणना कार्यालय उदयपुरका प्रमुख शिवनारायण महतोले बताउनुभयो । यो जनगणना बृहत जनगणना भएकोले १५ दिनको अवधिमा गणकले ८० वटा प्रश्न भएको मुख्य प्रश्नावली भर्नु पर्ने छ । प्रश्नावलीमा जातजाती, भाषा, धर्म, लिङ्गका साथै महिला संग सम्बन्धि प्रजनन र मातृशिशु मृत्युदर लगाएतका संवेदनशिल प्रश्न समेत समावेश भएकोले गणकलाई ध्यान पूर्वक काम गर्न महतोले आग्रह समेत गर्नुभयो...
काग तिहार र कुकुर तिहार आज एकै दिन मनाईदै

काग तिहार र कुकुर तिहार आज एकै दिन मनाईदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १७ नेपालीहरुकै माहान चाँडको रुपमा पर्ने तिहार घरघरमै सुरु भईसकेको छ । तिहारमा काग पुजा, कुकुर पुजा, गाई पुजा, गोरु पुजा सँगै लक्ष्मी पुजा पछि भाईटिका लगाईन्छ । आज कार्तिक १७ गते त्रयोदशी÷चतुर्दशीको दिन काग तिहार र कुकुर तिहारको पुजा गर्ने एकै दिन परेको छ । आज कुकुरलाई पुजा गरी मिठो मिठो खाने कुरा दिईन्छ । आजको दिन कुकुरलाई निकै महत्व दिएर पुुजा गरिनुका साथै खानेकुराहरु खुवाउने चलन छ । त्यस्तै कागलाई पनि पुजा गरी खानेकुरा तयार पारी कागलाई भाग सारिदिने चलन छ । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन कुकुर पर्ने गर्छ । आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसो गर्दा यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरहरुले सहजर...
राई र उराउले हात पारे ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को उपाधि

राई र उराउले हात पारे ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को उपाधि

Breaking News 1
सुरेन्द्र भण्डारी पूर्णपुष्टि, कार्तिक १६ स्काई क्रिएटर्स इन्टरटेनडमेण्ट प्रा.लि.ले आयोजना गरेको ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’अन्तरगतको तेस्रो संस्करणको उपाधि मुस्कान साम्पाङ राई र एलिषा उराउले हात पारेका छन् । ‘मेल’तर्फको उपाधि केर्खा निवासी राईले हात पारेका हुन् भने ‘फिमेल’ तर्फको उपाधि बिराटनगरकी उराउले जितेकी हुन् । प्रा.लि.ले ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को तेस्रो संस्करण बिर्तामोडमा सम्पन्न गरेको थियो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्य एवम् प्रालिका अध्यक्ष सन्दीप राजवंशीको अध्यक्षतामा भएको फाइनल प्रतियोगीताका विजेताले उपाधिसंगै ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी विजेतालाई काठमाडौंका विभिन्न कलेजमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने बताइएको छ । प्रतियोगिता अन्तरगत फष्ट रनरअप जस...
१५ कार्य समिति सहित प्रेस सेन्टर उदयपुर गठन

१५ कार्य समिति सहित प्रेस सेन्टर उदयपुर गठन

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १६ प्रेस सेन्टर नेपाल उदयपुरमा १५ जना कार्यसमिति चयन भएको छ । सुपराज राईको अध्यक्षतामा १५ कार्यसमिति रहने गरी प्रेस सेन्टर नेपाल उदयपुर गठन भएको हो । मंगलबार ड्रिमल्याण्ड होटलको सभाहलमा भएको सेन्टरको ५ औँ अधिवेशनले समिति चयन गरेको छ । पार्टीका नेता मोहन खत्री लगायत नेताहरुको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको थियो । अधिवेशन बाट बन्द सत्रले समिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा अभिमन्यु लामिछाने, समावेशी उपाध्यक्षमा रुपा राई, सचिवमा होम वहादुर बस्नेत, सह–सचिव दिनेश राई, समावेसी सह–सचिव युवाराज कार्की, (सन्तोस) कोषाध्यक्षमा बिक्रम राई चयन भएको छ भने, सदस्यहरुमा चन्द्र राई, बिजय कार्की, विमल पराजुली, पुजा राजधामी, सुजना राई, सिताराम राउत, चेवाङ राई र सुवास राईडोने चयन भएको छ । यता केन्द्रीय प्रतिनिधिमा महेश्वर चाम्लीङ र प्रदेश प्रतिनिधिमा विदुर कटुवाल रहेका छन्...
प्रदेश नं १ को तेस्रो मुख्यमन्त्री राजेन्द्र राईले आज सपथ खाँदै

प्रदेश नं १ को तेस्रो मुख्यमन्त्री राजेन्द्र राईले आज सपथ खाँदै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक १५ प्रदेश नं १ मा राजेन्द्र राई तेस्रो मुख्यमन्त्री बनेको छ । नेपालको राजनितिक असरका कारण नेतृत्व हेरफेरको क्रम चलिरहँदा राई प्रदेश नं १ को तेस्रो मुख्यमन्त्री बनेको हो । ५ बर्षको मुख्यमन्त्री कार्यकालको पहिलो मुख्यमन्त्री शेरधन राई बनेका थिए । पछि कम्युनिष्ट फुटेपछि देशैभर राजनिति स्थिरता छायो । यसैको प्रभावले फेरी दोस्रो मुख्यमन्त्रीको रुपमा भिम आचार्य नियुक्ती भए । उनि नियुक्ती भएको केहि हप्तामै अल्पमतमा परे । मुख्यमन्त्रीकै लागि एमालेमा बसेका आचार्यले अल्पमतमा परेपछि राजिनामा दिनु पर्यो । यता सरकार गठबन्धनको साहारामा चलिरहेको छ । सरकार संञ्चालनका लागि प्रदेश र केन्द्रमा मन्त्रि विस्तार तथा सत्ता साथगाँठको काम चलिरहेको छ । एमाले भित्र पार्टी फुट्को असरका कारण नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई प्रदेश नं १ को तेस्रो मुख्यमन्त्रीको रुपमा प्रस्त...