३० बर्षको उमेरमै राष्ट्र बैँङकी साहयक निर्देशक बनेकी कृति थापाको कोरोनाले लियो ज्यान
पूर्णपुष्टि, कार्तिक २२
कलिलै उमेरमा राष्ट्र बैँङकी साहयक निर्देशक बनेकी वुटवलको कृति थपाको कोरोनाले ज्यान लिएको छ । कृति नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य कुमार थापा मगरको छोरी हुन् । सदस्य थापालाई १२ दिनको अबधिमा ठुलो सोक परेको छ । १२ दिन अघि मात्रै श्रीमती गुृमाएका कुमार थापाले लगत्तै छोरी गुमाईन । छोरी कृति ८ महिनाको गर्भवती थिईन ।कृतिले काठमाडौं, भंगालका रवीन्द्र राजभण्डारीसँग ११ महिनाअघि विवाह भएको थियो। रविन्द्र राष्ट्र बैंक हुँदै हाल परराष्ट्र मन्त्रालयमा अधिकृत छन् । उनी यसै साता ब्राजिल जाने तयारीमा थिए। उनका जेठाजु गेहेन्द्र राजभण्डारी युरोपेली युनियनका लागि ब्रसेल्समा राजदूत छन्।
बुटवल उपमहानगरपालिका(१२, ढबाहा निवासी थापाका जेठा छोरा केशन थापा पनि सहिद गंगालाल हृदयरोग अस्पतालमा उपचाररत रहेको पारिवारिक स्रोतले जनाएको छ । असोज २८ देखि आएको ज्वरो बढ्दै गएपछि उपचार क्रम...








