Tuesday, August 25News That Matters

Breaking News 1

नेशनल बक्सिङ च्याम्पियनसिप खेल्ने उदयपुरका ४ खेलाडीलाई विदाई तथा शुभकामना

नेशनल बक्सिङ च्याम्पियनसिप खेल्ने उदयपुरका ४ खेलाडीलाई विदाई तथा शुभकामना

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक २७ प्रकाश दाहाल स्मृति दोस्रो नेशनल बक्सिङ च्याम्पियनसिप खेल्न उदयपुरबाट कोच, टिम म्यानेजर सहित ६ जना खेलाडीहरु शनिवार काठमाण्डौँ प्रस्थान गरेको छ । खेलमा उदयपुरबाट कोच धन बहादुर मगर सहित टिम मेनेजर सुजन राई र खेलाडीहरु लक्ष्मण राई, अजित मगर, नारायण भुजेल र बोध राज खत्री खेलमा सहभागी जनाउन काठमाण्डौँ लागेका हुन् । उनिहरुलाई खेलको अग्रिम शुभकामना सहित उदयपुर बाट भव्य विधाई तथा शुभकामना प्रदान गरिएको छ । जिल्ला खेलकुद विकास समिति उदयपुरको प्राङगनमा खेलाडीहरुलाई स–सम्मानका साथ विदाई तथा शुभकामना व्यक्त गरिएको छ । जिल्ला खेलकुद विकास समिति उदयपुरका कार्यालय प्रमुख प्रकाश रामको उपस्थिति तथा युवा नेता राहुल यादवको अथित्यतामा खेलाडीहरुलाई विदाई सँगै आर्थिक सहयोग पनि गरेको छ ।खेलडीहरुको उच्च सम्मान आँट, साहस र जितको सफलताका लागि शसस्त्र प्रहरी वलका सई राम श्रेष्ठले रु ४ हज...
डिएसपी सरुवामा प्रहरी माहानिरिक्षक थापाको मनपरी, शक्तिकेन्द्रमा पहुँच भएकाहरु ३ पटक सम्म जिल्ला ईन्चार्ज

डिएसपी सरुवामा प्रहरी माहानिरिक्षक थापाको मनपरी, शक्तिकेन्द्रमा पहुँच भएकाहरु ३ पटक सम्म जिल्ला ईन्चार्ज

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २६ हालै नेपाल प्रहरीको ९७ प्रहरी नायव उपरिक्षक (डिएसपी) को सरुवा भएको छ । डिएसपीको सरुवामा नेपाल प्रहरीका माहानिरक्षिक शैलेश थापा क्षेत्री (एआईजी) ले आचार संहिता कुल्चेर डिएसपीहरुको सरुवा गरिररहेको आरोप लागेको छ । डिएसपी सरुवामा आफैले बनाएको आचारसंहिता र आफैले पालान गर्नु पर्ने नियमको धज्वी उडाएको भन्दै चर्को आलोचना भईरहेको छ । माहानिरक्षक थापालाई प्रधानमन्त्रीको सचिवालय र गृहमन्त्रीको दवामा लापर्वाही सरुवा गर्दै आचार संहिताको ध्वजी उडाएको आरोप छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाको दबाबमा डीएसपी अनिल घिमिरेको दम्पतीलाई नै इन्चार्ज बनाइएको छ । डीएसपी घिमिरेलाई महानगरीय प्रहरी वृत्त कालिमाटी र उनकी पत्नी शर्मिला गुरुङलाई पूर्वी नवलपरासीस्थित ईलाका प्रहरी कार्यालय नवलपुरको इन्चार्ज बनाइएको छ । भानुले घिमिरेलाई कालिमाटी पठाउन प्रहरी महानिरीक्षकला...
लिम्चुङबुङको एभरेष्ट भ्युटप बाट सगरमाथा सहित यी ६ ओटा अग्ला हिमालहरु देख्न सकिन्छ

लिम्चुङबुङको एभरेष्ट भ्युटप बाट सगरमाथा सहित यी ६ ओटा अग्ला हिमालहरु देख्न सकिन्छ

Breaking News 1, पर्यटन, लिम्चुङबुङ डायरी, समाचार
–बिक्र राई पूर्णपुष्टि, कार्तिक २६ नेपाल आर्गानिक प्रकृतिक सुन्दरतालेनै संसारमा चिनिएको छ । यहाँको बिभिन्न  प्राकृतिक स्रोतहरुले आर्गनिक सुन्दरतामा टेवा पुर्याएको छ । यहाँको भुगोल, हिमशृङखला, नदीनाला, पाहाड पर्वत, वन जंगल, मठ मन्दिर लगायतनै यहाँको मुख्य प्राकृतिक सुन्दरताको स्रोत हो । नेपालमा प्राकृतिक सुन्दरताको एउटा मुख्य स्रोत हिमशृङखला पनि हो । विश्वमै ८ हजार माथिका १० ओटा हिमालहरु मध्ये नेपालमा मात्रै आठ ओटा छ । जसमध्ये दुई ओटा भने पाकिस्थानमा छ । नेपालमा ८ हजार माथीका हिमालहरु सगरमाथा ८८४८.८६, कञ्चनजङ्घा ८५८६, लोत्से ८५१६, मकालु ८४६२, चोयु ८२०१, धवलागिरी ८१६७, मनास्लु ८०१६ र अन्नपूर्ण ८०९१ रहेको छ । बाँकी दुईओटा नाङगा पर्वत र केटु हिमाल भने पाकिस्तानमा रहेको छ । केटु हिमाल विश्वको सन्दर्भमा दोस्रो अग्लो हिमालको रुपमा परिचित छ । यसको उचाई सगरमाथा भन्दा कम ८६११ मा सिमित रहेको छ...
उदयपुरमा राष्ट्रिय जनगणना २०७८ को काम आजबाट धमाधम सुरु (फोटोफिचरसहित)

उदयपुरमा राष्ट्रिय जनगणना २०७८ को काम आजबाट धमाधम सुरु (फोटोफिचरसहित)

Breaking News 1, समाचार
पुजा राजधामी पूर्णपुष्टि, कार्तिक २५ देशैभर आजबाट १२ औं तथा वृहत राष्ट्रिय जनगणना २०७८ को काम सुरु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–११ मा जिल्ला समन्वय समितिको प्रमुख खडग बहादुर परियार दर्नालको घरबाट विवरण टिपोट गरि जनगणना कार्य सुरु गरिएको हो । जिसस प्रमुख परियाको पारिवारिक विवरण संकलन गरि जिल्लामा गणना सुरु गरिएको जिल्ला जनगणना कार्यालयका प्रमुख शिव नारायण महतोले जनकारी दिनुभयो । गणनाको लागि उदयपुरमा १ सय ७ सुपरिवेक्षक र ४ सय ५४ जना गणक खटिएको महतोले बताउनुभयो । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । गणकले घरपरिवारमा पुगेर प्रश्न सोध्नेछन् । हरेक व्यक्ति र परिवारले जनगणनामा सहभागी भएर आफ्नो सही विवरण टिपाउन महतोले आग्रह गर्नुभयो । पहिलो चरणको गणना पश्चात बिचमा दशैं तिहारको समयमा घर रङगाउदा लिप्दा घर–घरमा कोडिङ गरिएको नम्बर मेटिएकोले गणना कार्यमा चुनौती भएको फिल्डम खटिएका ग...
आज गाईघाटको त्रियुगा नदीमा भव्य छैठ मनाइँदै

आज गाईघाटको त्रियुगा नदीमा भव्य छैठ मनाइँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २४ आज देशको बिभिन्न तराई क्षेत्रहरुमो बिषेश छैठ मनाइँदै छ । नेपालमा दशैँ, तिहार पछिको ठृलो पर्वको रुपमा मानिने छैठ महत्वका साथ बिषेशगरी मधेशी समुदायहरुमा मनाइने गरिन्छ । अन्तत ः छैठ पछि नेपालका ठुलो चाँडहरु एक बर्षका लागि ठप्पै हुन्छ । बिषेशगरी मधेसी समुदायहरुमा मनाईने यो बर्ष आज भोली सबै जातजाति र भुगोलको मानिसहरुले मनाउने गर्छ । पहिले मधेसी समुदायले मात्र मनाउने चाँडको रुपमा मानिसहरुले बुझ्दा अन्य समुदायहरुले यसलाई खासै चोसो नगरेको त्रियुगा छैठ समिति उदयपुरका सचिव रामकुर शर्माले बताए । शर्माले सुर्य भगवान मधेशी समुदायको मात्र नभई यो सबैका लागि साक्षत भगवान रहेको भन्दै सबै समुदायहरुमा यो पर्व उत्तिकै महत्व रहने बताए । छैठमा बिषेश गरी बिभिन्न फलफुलले सुर्य भगवानको पुजा गरिने र यसले बिभिन्न रोगहरुलाई समेत निको बनाउने बिश्वास गरिन्छ । यो चाँड लक्ष्मी पुजाको छैँठो...
खोटाङको खोटेहाङ गाउँपालिकामा दोस्रो सावाकटहररे वडा स्तरीय भलिबल प्रतियोगिता हुने, ५५ हजार प्रथम पुरस्कार

खोटाङको खोटेहाङ गाउँपालिकामा दोस्रो सावाकटहररे वडा स्तरीय भलिबल प्रतियोगिता हुने, ५५ हजार प्रथम पुरस्कार

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक २४ खोटेहाङ गाउँपालिका वडा नं ३ सावाकटहरेमा भलिबल प्रतियोगिता हुने भएको छ । मंसिर १५ देखी १८ गते सम्म वडा स्तरीय भलिवल प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ । खोटेहाङ गाउँपालिका वडा नं ३ सावाकटहरे खोटाङको मुख्य प्रायोजन र युवा तथा खेलकुद विकास समितिको आयोजनामा दोस्रो सावाकटहरे अन्तर वडा स्तरीय भलिवल प्रतियोगिता हुन लागेको कार्यक्रम संयोजक आशिष राईले बताए ।   राईले पहिलो बर्ष पनि भव्य रुपमा भलिवल प्रतियोगिता गराईसकेको र त्यसैलाई निरन्तरता दिने उदेश्यले यो बर्ष पनि प्रतियोगिता गराईने जनाए । आयोजक कमिटिका अध्यक्ष युवाराज थापा मगरका अनुसार खेलका लागि मंसिर १४ गते सम्म टिम दर्ताको अन्तिम समय रहेको जनाएको छ । त्यसपछिको समयमा टिम दर्ता भए त्यस्लाई मान्यता नदिने मगरले बताए । खेलमा सहभागी जनाउने टिमले सम्बन्धित वडाको स्थायी ठेगाना खुल्ने सक्कल परिचय पत्र, न...
उदयपुर कांग्रेसमा प्रष्ट दुईधार, प्रदेश सभा अधिवेशनमा सरोज बस्नेत र देवी चौधरीको सभापतिमा उम्मेदवारी

उदयपुर कांग्रेसमा प्रष्ट दुईधार, प्रदेश सभा अधिवेशनमा सरोज बस्नेत र देवी चौधरीको सभापतिमा उम्मेदवारी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक २३ । नेपाली कांग्रेस उदयपुरमा प्रष्ट दुईधार देखिएको छ । कांग्रेसको देउवा र पौडेल समुहमा दुईधार देखिएको हो । नगरस्तरबाटै नेतृत्व चयनमा देखिएको प्रष्ट दुईधार अहिले प्रदेश सभा अधिवेशनमा पनि देखिएको छ । यो जिल्लाको नेतृत्वमा पनि प्रष्ट देखिनेछ । कांग्रेसको केन्द्रमै यो किसिमको धार रहेकाले जिल्लार गाउँतहसम्म देखिएको हो । प्रदेश सभा अधिवेशनका लागि सभापतिमा सरोज बस्नेत र देवीकुमारी चौधरीको उम्मेदवारी सार्वजनिक भएको छ । कांग्रेसको पूर्व नगर सभापति बस्नेत नेतृत्वको प्यानल हिजो घोषणा भएको छ । उनको नेतृत्वको प्यानलमा उपसभापतिका उम्मेदवारद्वय चन्द्रबहादुर तामाङ र उद्धवबहादुर राउत छन् । सचिव उम्मेदवारद्वयमा फिरन खड्का र कुवेर ग्रांजा मगर रहेका छन् भने सहसचिव उम्मेदवारद्वयमा लक्ष्मणप्रसाद भट्टराई र अर्पना दनुवार रहेका छन् । प्रदेश महाधिवेशन प्रतिनिधिको उम्मेदवारहरुमा उद्धवकुमार ...
ट्रकले खोस्यो सधैको लागि दिदि भाईको तिहार, दुर्घटनाकै दिन भाईको मृत्यु, घम्भीर घाईते दिदिको पनि मृत्यु

ट्रकले खोस्यो सधैको लागि दिदि भाईको तिहार, दुर्घटनाकै दिन भाईको मृत्यु, घम्भीर घाईते दिदिको पनि मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २२ सुर्खेत भेरीगंगा नगरपालिका–१२ की रानी राना मगर र उनकी भाई रविन राना मगरको जिन्दागीभरीकै लागि तिहार अधुरो हुन पुगेको छ । दुर्घटनामा परि दिदि भाईले ज्यानै गुमाउनु परेको छ । कार्तिक १८ गते मिनि ट्रकले दिदि भाई सवार स्कुटरमा ठक्कर दिएपछि भाई रविनको घटना स्थलमै ज्यान गयो भने दिदि घम्भिर घाईते भई अस्पतालमा उपचारत थिईन् । तर दिदि रानीको पनि आईतबार कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रविन ४ बर्ष अगाडी मात्र नेपाल आर्मिमा जागरि लागेको थिए । उनले पहिलो पटक दिदिलाई तिहारको सपिङमा लिएर जाँदै थिए । बिहीबार छिन्चुबाट सुर्खेततर्फ तिहारको लागि किनमेल गर्न आउन लागेका रानी र उनका भाइ रविन रानामगर सवार स्कुटरलाई मिनी ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा परी रविनको घटनास्थलमै मृत्यु भएको थियो भने रानी घाइते थिइन् । उनको उपचारको क्रममा...
गाईघाटको जुत्ता चप्पल र रेडीमेट कपडा पसलमा आगलागी, ५० लाख भन्दा बढीको क्षति

गाईघाटको जुत्ता चप्पल र रेडीमेट कपडा पसलमा आगलागी, ५० लाख भन्दा बढीको क्षति

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २२ आईतबार गाईघाटको जुत्ता चप्पल र कपडा पसलमा विद्युत सर्ट भई आग्लागी हुँदा ५० लाख बढीको क्षति भएको छ । त्रियुगा नगरपालिका–११ गाईघाट बजारस्थित पुरानो तरकारी बजार क्षेत्रमा रहेको जुत्ता चप्पल र रेडिमेट कपडा पसल पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आग्लागीबाट करिब ५० लाख भन्दा बढी क्षति भएको पसल सञ्चालकले दाबी गरेको छ । रातको समय विद्युत सर्ट भई आगलागी भएकाले भित्रका सामानहरु बाहीर निकाल्न नसकिएको सञ्चालक जीवन भगतले बताउनुभयो ।...