Tuesday, July 14News That Matters

Breaking News 1

उदयपुरमा विपदमा उद्धारको कृतिम अभ्यास सम्पन्न

उदयपुरमा विपदमा उद्धारको कृतिम अभ्यास सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १९ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ६ स्थित जलजलेमा सुरुक्षा निकायले मनसुन जोखिम अभ्यास सम्पन्न गरेको छ । सोमबार जलजले स्थित सिमेन्ट उद्योग नजिकैको पोखरीमा श्री पशुपती प्रसाद गण बोक्सेको आयोजना तथा शसस्त्र प्रहरी बल ५ नं. हेडक्वाटर त्रियुगाको समन्वयमा मनसुन अभ्यास सम्पन्न भएको हो । मनसुन अभ्यासमा काल्पानिक गाउँको निर्माण गरी नेपाली सेना र शसस्त्र प्रहरीको टोलीले बाढीमा फसेका मानिसहरुको उद्धार, प्राथमिक उपचार लगायतको डेमो प्रदर्शन गरेका थिए । नेपाली सेना र शसस्त्र प्रहरीसँग भएको विपदमा प्रयोग हुने समाग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो । मनसुन अभ्यासमा विभिन्न निकायका प्रतिनिधि साथै विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । उदयपुर जिल्ला अति नै विपदको जोखिमा रहेको छ ।...
रिपोर्टिङमा  अन्तर विविधता क्षमता अभिबृद्धिका लागि एक दिने कार्याशाला

रिपोर्टिङमा अन्तर विविधता क्षमता अभिबृद्धिका लागि एक दिने कार्याशाला

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १९ जेष्ठ । उदयपुरमा पत्रकारहरुलाई अन्तर विविधता रिपोर्टिङका लागि एक दिने कार्याशला तथा छलफल कार्यक्रमको आयोजना गरिएको छ । महिला सशक्तिकरण स्रोत केन्द्र, फोनिज, उदयपुरको आयोजना तथा नेपाल पत्रकार महासंघ उदयपुरको समन्वयमा एक दिने कार्यशाला तथा छलफल कार्यक्रमको आयोजना गरिएको हो । सोमवार राजावास स्थित ओरेक नेपालको भवनमा गरिएको कार्यशालामा बिभिन्न पत्रकारहरुले अन्तर विविधताको बिषयमा जिज्ञासा राखेका थिए । ओरेक नेपाल उदयपुरकी कार्यकारी निर्देशक सुनिता मैनालीले महिलाहरुको बिषयलाई बिभिन्न तरिकाले बिषय उठान गरी समचार बनाउँदा प्रभावकारी हुने जनाईन् । अन्तर विविधताको रिपोर्टिङले गहिराई सम्म पुगेर समचारको वास्ताविकता पत्ता लगाउने र पिडितलाई न्याय दिने उनको भनाई थियो ।...
नवनिर्मित भवनको शिलालेखमा नाम नलेखिएको भन्दै कटारी नगरपालिको कार्यपालिका सदस्यले गरे लफडा

नवनिर्मित भवनको शिलालेखमा नाम नलेखिएको भन्दै कटारी नगरपालिको कार्यपालिका सदस्यले गरे लफडा

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १८ ।  उदयपुरको कटारी नगरपालिकामा शनिबार नवनिर्मित प्रशासकीय भवनको उद्घाटन समारोहमा अप्रत्याशित विवाद भयो । कार्यपालिका सदस्यहरूले शिलालेखमा आफूहरूको नाम नलेखिएको भन्दै मेयर राजेशचन्द्र श्रेष्ठसँग तीव्र असहमति जनाएका छन् । झण्डै तीन करोड १५ लाख रुपैयाको लागतमा निर्मित यो प्रशासकीय भवनको उद्घाटन कार्यक्रमको मुख्य आकर्षण भने शिलालेख विवाद बन्यो । उद्घाटन समारोहको क्रममा राखिएको शिलालेखमा केवल मेयर र उपमेयरको नाम मात्र उल्लेख गरिएको थियो । तर त्यसमा वडा अध्यक्षको नाम समेत लेखिएपछि कार्यपालिका सदस्यहरूले आपत्ति जनाएका थिए । कार्यपालिका सदस्य देवीकुमारी घिमिरेले विवादको मुख्य कारण स्पष्ट पार्दै भनिन्, "शिलालेखमा मेयर र उपमेयरको नाम मात्र लेखिएको भए कुनै आपत्ति नहुने थियो । तर अध्यक्षको नाम लेखिएकोले आफूहरूको नाम समेत लेखिनुपर्ने कुरा उठाएका हौं ।" उनले वडा अध्यक्षकै हैसियतमा...
डल्फिन गणना सुरु

डल्फिन गणना सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १८ । कोशी टप्पु वन्यजन्तु आरक्षले आजदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको वार्षिक गणना कार्यक्रम सुरु गरेको छ । यस वर्ष राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी प्रदेश कार्यालय तथा काठमाडौँस्थित हिमालयन नेचर संस्थाको प्राविधिक सहकार्यमा गणना गरिने भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले सप्तकोशीमा पाइने गंगेटिक प्रजातिको डल्फिनको गणना सन् २०२२ देखि नियमितरूपमा हुँदै आएको जानकारी दिए । चेतनशील स्तनधारी जलचरको रूपमा चिनिने डल्फिन अत्यन्त दुर्लभ प्रजाति मानिन्छ । गंगेटिक डल्फिनको बासस्थान र व्यवहारका विशेषताहरू अध्ययन गर्दा यी जलचरहरूले गङ्गा सागरदेखि कोशी नदीसम्मको लामो यात्रा गर्ने गर्छन् । तिनीहरू सफा र गहिरो पानीमा विचरण गर्न रुचाउँछन् । यसैले नदीको प्रदूषण र पानीको गुणस्तरमा आएको गिरावटले यी डल्फिनहरूको अस्तित्वमा गम्भीर खतरा पैदा ग...
जिल्ला स्तरिय त्रियुगा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

जिल्ला स्तरिय त्रियुगा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, १७ । गणतन्त्र दिवसको अवसरमा जिल्ला ब्याडमिन्टन संघ उदयपुरले आयोजना गरेको जिल्ला स्तरीय त्रियुगा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । त्रियुगा नगरपालिका वडा नं. १० बोक्से स्थित जिल्ला ब्याटमिनटन संघको कवर्ड हलमा दुई दिन सम्म संचालन गरिएको प्रतियोगिताको उद्घाटन प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईडेलले गर्नुभएको थियो । जिल्ला स्तरीय खेलको पुरुष डबल ए डिभिजनमा सुशिल तिमसिना र सुनिल चौधरीको जोडीले प्रथम स्थान हासिल गरेको छ । मोतिराम राई र बादल खतिवडाको जोडीले दोस्रो स्थान पाएको छ भने तेस्रो स्थानमा हिमाल श्रेस्ठ र मिन बहादुर खड्काको जोडी र बल बहादुर कार्की र जेनिस मगरको जोडी रहेको छ । त्यस्तै पूरुष डबल बि डिभिजनमा निर बहादुर राई र ईसान पुलामि मगरको जोडीले प्रथम स्थान हासिल गरेको छ । बिमल गौतम र सन्जय खड्काको जोडीले दोस्रो स्थान पाएको छ भने तेस्रो स्...
२५ सयको श्रम बिमाले १३ लाख मृत्यु दावी भुक्तानी

२५ सयको श्रम बिमाले १३ लाख मृत्यु दावी भुक्तानी

Breaking News 1, Breaking News 2, Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, १६ जेष्ठ । एसियन लाईफ गाईघाट शाखाले बैदेशिक रोजगार श्रम विमा अन्तरर्गत मृतककी परिवारलाई १३ लाख मृत्यु दावी भुक्तानी प्रदान गरिएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका २ निवासी स्व. शर्मिला मगरकी आमा नैना कुमारी मगरलाई एसियन लाईफ गाईघाट शाखाले बुधबार कार्यालयमै बोलाएर मृत्यु दावी भुक्तानी प्रदान गरेको हो । गाईघाट शाखाकी प्रवन्धक मेनुका खत्रीका अनुसार स्व. शर्मिलाले २०८०÷०२­÷२१ गते बैदेशिक रोजगारको श्रम बिमा गरेका थिए । १० लाख बरावरको विमा गरेका मगरको बैदेशिक रोजगारको क्रममा साईप्रसमा बिरामी भई नेपाल आएर उपचार गराउने क्रममा २०८१÷१२÷०३ गतेका दिन मृत्यु भएको थियो । स्व. मगरकी आमा नैन कलालाई किरिया खर्च सहित १३ लाख बराबरको चेक हस्तान्तरण गरिएको छ । उनले श्रम विमाको लागि २५ सय बुझाएका थिए ।...
उदयपुरमा प्रतिबन्धित औषधि सहित ४ जना पक्राउ

उदयपुरमा प्रतिबन्धित औषधि सहित ४ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १६ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ६ स्थित प्रहरी चौकी लालपत्ताले नियमित चेकजाँचका क्रममा प्रतिबन्धित औषधि सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूमा त्रियुगा नगरपालिका–१० बोक्सेका ४० वर्षीय अटो चालक पदम बहादुर परियार, ४६ वर्षीय कैलाश मग्राती, २६ वर्षीय मनोज मग्राती र २८ वर्षीया अरुना थापा मगर रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार साथबाट स्पास्मो २ चक्की र गाँजा ५० ग्राम बरामद गरिएको हो । प्रदेश १–०५–००१ ह ०३४१ नम्बरको अटोमा सवार भएर आउँदै गरेका उनिहरुलाई प्रहरी चौकी लालपत्ताबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको प्रहरीले जनाएको छ ।...
सरकारले ल्यायो आगामी बर्षका लागि १९ खर्ब ६४ अर्ब बजेट

सरकारले ल्यायो आगामी बर्षका लागि १९ खर्ब ६४ अर्ब बजेट

Breaking News 1, Breaking News 2, Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, १५ जेष्ठ । सरकारले आगामी बर्षका लागि बजेट प्रस्तुत गरेको छ । बिहिबार संसदमा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलले आगमी बर्षका लागि १९ खर्ब ६४ अर्ब बजेट प्रस्तुत गरेको हो । पछिल्ला वर्षहरूमा राजस्व वृद्धिदर निरन्तर ह्रास आइरहेको बेलामा राजस्व बाँडफाँट बाहेक १३ खर्ब १० अर्ब रूपैयाँको राजस्वको आधार देखाएर १९ खर्ब ६४ अर्बको बजेट अर्थमन्त्री पौडेलले प्रस्तुत गरेका हुन् ।...
गणतन्त्र दिवस : अपाङ्गता भएका व्यक्तिहरुलाई पारा खेलकुद

गणतन्त्र दिवस : अपाङ्गता भएका व्यक्तिहरुलाई पारा खेलकुद

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १५ । उदयपुरको त्रियुगा नगरपालिकामा गणतन्त्र दिवसको अवसरमा अपाङ्गताहरुको लागी नगर स्तरीय पारा खेलकुद प्रतियोगिता गराईएको छ । बिहिबार ‘खेलकुद स्वस्थ्यको लागी, खेलाडी राष्ट्रको लागी’ भन्ने मुल नाराका साथ गणतन्त्र दिवस जिल्ला स्तरीय मुल समारोह समितिको आयोजना तथा त्रियुगा नगर खेलकुद विकास समितिको समन्यवयमा एक दिने पारा खेलकुद प्रतियोगिता गरिएको हो । त्रियुगा नगरपालिकाको भवनमा खेलाईएको पारा खेलकुदमा अपाङ्गता भएकाहरुलाई म्युजिकल चियर र बल पास गरी दुई वटा खेल खेलाईएको थियो । हिड्न सक्ने आपाङ्गता भएकाहरुलाई म्युजिकल चियर खेल खेलाईएको थियो भने हिड्न सक्ने र नसक्ने दुबै किसिमका अपाङ्गता भएकाहरुलाई बल पास खेल खेलाईएको हो । म्युजिकल चियर खेलमा वडा नं. ६ की भेष कुमारी थापा प्रथम भईन् भने वडां. ३ कि देवी गिरी दोस्रो र वडा नं. ११ कि विनिता खत्री तेस्रो भईन् । त्यस्तै बल पास खेल...
गणतन्त्रको अवसरमा उदयपुरमा ब्याडमिन्टन प्रतियोगिता

गणतन्त्रको अवसरमा उदयपुरमा ब्याडमिन्टन प्रतियोगिता

Breaking News 1, Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, १५ जेष्ठ । जिल्ला व्याड्मिन्टन संघ उदयपुरले गणतन्त्र दिवसको अवसर पारी ब्याडमिन्ट प्रतियोगिता गराएको छ । बिहिबार १८ औँ गणतन्त्रको अवसरमा बोक्से कवड हल स्थित जिल्ला स्तरीय त्रियुगा मेयर कप ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । उक्त प्रतियोगिताको उद्घाटन जिल्ला प्रमुख अधिकारी प्रेम प्रसाद लुईडेलले गर्नुभयो । प्रतियोगितामा जिल्लाको बिभिन्न पालिकाहरुबाट खेलाडीहरु उपस्थित रहेको छ । संघका अध्यक्ष कालिदास राईले प्रतियोगिताले खेलाडीहरुको सुमधुर सम्बन्ध कायम राख्नुका साथै जिल्लामा ब्याडमिन्टनको क्रेज बढाउने जनाए ।...