Friday, July 3News That Matters

Breaking News 2

अवैध सुन तस्करी र खपतमा हजारौं व्यापारी संलग्न : सीआईबी

अवैध सुन तस्करी र खपतमा हजारौं व्यापारी संलग्न : सीआईबी

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १९ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को ताजा अनुसन्धानले नेपालमा अवैध रूपमा भित्रिएको सुनको व्यापक खपत र तस्करीमा हजारौं व्यापारीहरू संलग्न रहेको खुलासा गरेको छ । ६० किलो सुन तस्करी प्रकरणको गहन अध्ययनपछि, सीआईबीले देशभरका करिब २२,००० सुन व्यापारीले अवैध सुन किनबेच गरेको तथ्य फेला पारेको जनाएको छ। अनुसन्धानले एउटै समूहले ३,२०० किलो सुन नेपालमा तस्करी गरेको र हङकङसहित विभिन्न मुलुकबाट सञ्जाल विस्तार गरी यो कार्य गरिएको देखाएको छ। यस क्रममा न्यूरोडका केही व्यापारीहरू पनि पक्राउ परेका छन्। सरकारले हाल तोकेको दैनिक २० किलो सुन आयात कोटा अपर्याप्त रहेको र यसले गर्दा तस्करी बढेको व्यवसायीहरूको तर्क छ। उनीहरूले खुला आयात प्रणालीको माग गर्दै आएका छन्, जसले तस्करी नियन्त्रण गर्न मद्दत गर्ने दाबी गरेका छन्। सीआईबीका अनुसार, विशेषगरी बिहे, तीज, दसैं र तिहार जस्ता चाडपर्...
कांग्रेस–एमाले समझदारीपछि मन्त्रीहरू अन्योलमा

कांग्रेस–एमाले समझदारीपछि मन्त्रीहरू अन्योलमा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असार १९ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार मध्यरातमा सत्ता सहकार्यको सहमति भएपछि मंगलबार मन्त्रीहरू अन्योलमा रहे। प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका श्रम मन्त्री डोलप्रसाद अर्याल र जसपाका स्वास्थ्य मन्त्री प्रदीप यादवले पनि कुनै दीर्घकालीन निर्णय नगरेको बताए । एमालेका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ र उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले सामान्य प्रशासनिक काम मात्र गरे। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले करिअर काउन्सिलिङ वेबसाइट सार्वजनिक गरिन्। अर्थमन्त्री वर्षमान पुनले दीर्घरोगीहरूका लागि ३५ करोड २६ लाख १९ हजार रुपैयाँ निकासा गरे। सांसदहरू सरकारको भविष्यको प्रतीक्षामा रहेका बेला प्रधानमन्त्री दाहालले सत्ता समीकरणमा कुनै बदलाव नहुने बताउँदै मन्त्रीहरूलाई ढुक...
त्रिनपा १६ मा जग्गा नापीको निस्सा वितरण

त्रिनपा १६ मा जग्गा नापीको निस्सा वितरण

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १७ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १६ शाही खोलामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, र अव्यवस्थित बसोबासीहरूको लागि निस्सा वितरण सम्पन्न भएको छ । साहिखोलाका ८४ जनालाइ निस्सा वितरण गरिएको हो । त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, उपमेयर महेश्वरी राई, वडाध्यक्ष मानबहादुर राई लगायतले निस्सा प्रमाण पत्र प्रदान गरेका थिए । निस्सा प्रमाणपत्र पाएपछि स्थानीय खुसी बनेका थिए । नगरपालिकाले विभिन्न वडामा नापीको निस्सा वितरण गर्दै आएको छ । निस्सा वितरणलाई निरन्तरता दिने र जग्गा नापीको काम बाँकी रहेका ठाउँमा पनि नापी गरेर निस्सा वितरण गरिने मेयर बस्नेतले बताए । उनले यो वर्षभित्रमा सबै नाप्ने र निस्सा वितरणको काम सकेर आगामी वर्ष २०८२ मा लालपूर्जा वितरणको लक्ष लिएको बताए । वडाध्यक्ष राईले जग्गा नापीको जनताको मागलाई प्राथमिकतामा राखेर काम गरिएकोले आज निस्सा वितरण गर्न सफल भएको ...
बाढीमा दाउराको जोहो : आवश्यकता र जोखिमबीच स्थानीयको दौडधुप

बाढीमा दाउराको जोहो : आवश्यकता र जोखिमबीच स्थानीयको दौडधुप

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १७ । उदयपुरको गाईघाट बजार नजिकैको बरुवा खोलामा वर्षायाममा आउने बाढीसँगै बगेर आएका दाउरा र काठ संकलन गर्न स्थानीयहरू जोखिम मोल्न बाध्य भएका छन्। बर्षेनि देखिने यो दृश्यमा बालबालिकादेखि वृद्धवृद्धासम्म बाढीको जोखिम मोलेर दाउरा र काठ निकाल्न तम्सिएका देखिन्छन् । स्थानीयहरूका अनुसार जंगलबाट दाउरा ल्याउन दिनभर लाग्ने भएकाले बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्नु सजिलो विकल्प बनेको छ ।‘बाढीमा दाउरा निकाल्दा जोखिम त छ, तर घरमा चुलो बाल्न यो नै सजिलो उपाय हो, ‘एक स्थानीय महिलाले भनिन् । यद्यपि, यो प्रक्रिया निकै खतरापूर्ण छ। बाढीको बहावमा बग्न सक्ने र डुब्ने जोखिम उच्च रहन्छ । स्थानीय प्रशासनले बारम्बार सचेत गराउँदा पनि आर्थिक विवशताका कारण स्थानीयहरू यस्तो जोखिम मोल्न बाध्य भएको देखिन्छ। स्थानीय प्रहरी चौकीका एक अधिकारीले भने, ‘हामी सकेसम्म सुरक्षित तरिकाले दाउरा संकलन गर्...
कोशी प्रदेशमा कानुन बिना नियमावली निर्माण

कोशी प्रदेशमा कानुन बिना नियमावली निर्माण

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १७ । कोशी प्रदेश सरकारले कानुन बिना नै नियमावली बनाएको खुलासा भएको छ। पूर्वाञ्चल विश्वविद्यालय कानून संकायको अध्ययनले यो तथ्य सार्वजनिक गरेको हो। प्रदेशका ६० ऐन र २४ नियमावलीको समीक्षामा कानून निर्माण प्रक्रियामा गम्भीर त्रुटिहरू फेला परेका छन्। अध्ययन टोलीले विभिन्न क्षेत्रमा तत्काल नयाँ कानून बनाउन सिफारिस गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनशक्ति र अनुभवको कमीले गल्ती भएको स्वीकारेका छन्। उनले प्रदेश संरचना प्रति पूर्वाग्रह र प्रदेश समन्वय परिषदको अवरोधले काम गर्न कठिनाइ भएको बताए। यो अध्ययनले प्रदेशको कानून निर्माण प्रक्रियालाई सुधार गर्न मद्दत पुग्ने आशा गरिएको छ।...
पहिरो अपडेट–खुल्यो गाईघाट–दिक्तेल सडक

पहिरो अपडेट–खुल्यो गाईघाट–दिक्तेल सडक

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १६ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ साउनेमा पहिरोको कारण अवरुद्ध भएको गाईघाट–दिक्तेल सडक खुलेको छ । साउनेको हडेथुम्कामा गएराति खसेको पहिरोको कारण आज बिहानदेखी सडक अवरुद्ध भएको थियो । वडा अध्यक्ष हेमराज मगरका अनुसार दिउँसो १ बजे डोजरले पहिरो पन्छाएपछि अवरुद्ध भएको सडक खुलेको हो । पहिरोको कारण सडक अवरुद्ध भएपछि सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारी साधन रोकिएको थियो ।...
उदयपुरगढीमा यसरी मनाईयो धान दिवस (फोटो फिचर)

उदयपुरगढीमा यसरी मनाईयो धान दिवस (फोटो फिचर)

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १५ । उदयपुरको उदयपुरगढी गाउँपालिकामा २१ औं राष्ट्रिय धान दिवस रोपाई गर्दै मनाईएको छ । हेर्नुहोस् तस्विरमा ।    
रमाईलो गर्दै मनाईयो धान दिवस (फोटो फिचर)

रमाईलो गर्दै मनाईयो धान दिवस (फोटो फिचर)

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १५ । उदयपुरमा २१ औं राष्ट्रिय धान दिवस रोपाई सहित रमाईलो गर्दै मनाईएको छ । तस्विर  
२१ औं धान दिवस (फोटो फिचर)

२१ औं धान दिवस (फोटो फिचर)

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १५ । उदयपुरको त्रियुगा नगरपालिका–५ स्थित देउरीमा आज २१ औं राष्ट्रिय धान दिवस धान रोप्दै मनाईएको छ । तस्विर–  
उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १५ । उदयपुरमा लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका–६ स्थितबाट सिराहा लहानका २७ बर्षीय राज कुमार यादव शुक्रबार लागुऔषध सहित पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार जिप्रका र इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले यादवलाई डाइजेपाम, फेनारगन र आइपियल समेत गरी ४५ एम्पुल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका यादवको सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...