Monday, August 3News That Matters

Breaking News 2

हात्तीले एक घाइते, १५ घरधुरीमा क्षती

हात्तीले एक घाइते, १५ घरधुरीमा क्षती

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, पुस २८ । उदयपुरको बेलका नगरपालिका–२ मा एकसाता यता जंगली हात्तीले एकजनालाई घाइते पारेको छ भने १५ घरधुरीमा क्षती पुर्याएको छ । साथै अन्नपात र बालीनाली नष्ट गरी आठ लाख छ हजार पाँचसय बराबरको क्षती पुर्याएको छ । सो वडाको गिध्देरीटोलकी ७७ वर्षिया बृद्धा फुलमाया तामाङलाई राती सुतिरहेको बेला हात्तीको सुडले तानेर फाल्दा घाइते भएकी हुन् । उनी बेलका नगर अस्पतालमा उपचारपछि घर फर्केकी छिन् । छोरी संगिता तामाङसंगै बस्तै आएकी उनलाई हात्तीले घर भत्काएर सुती रहेको कोठाबाट बाहिर फालेको थियो । घर भत्किदा छोरी संगिता तामाङको १० हजार बराबरको क्षती भएको छ । त्यस्तैगरी शान्तिनगर, सुन्दरटोल, बानडाँडाका बासिन्दाहरुको घर, गोठ भत्काएर भण्डार गरिएको खाद्यान्न खानुका साथै खेतबारीको बाली नष्ट पारेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार स्थानीय गेतुकुमार राईको कृषि तथा पशुफर्म...

डा. सन्दुक रुइतको प्रत्यक्ष निगरानीमा उदयपुरका पाँचसय बढि बृद्धबृद्धाको मोतियाबिन्दु शल्याक्रिया हुदै

Breaking News 2, समाचार, स्वास्थ्य
https://youtu.be/mBDb4a9C9Wk २८ पुस, २०८२ । उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिका स्थित कोभिड अस्पताल भवनमा एकैसाथ पाँचसय भन्दा बढि बृद्धबृद्धाहरुको आँखाको शल्याक्रिया आजबाट हुदैछ । मोतियाविन्दु उपचारमा विशेष दक्षता हाँसिल गरेका र आँखा उपचारमा रुइतेक्टोमी पद्धतीको विकास गरेका सन्दुक रुइतको विशेष निगरानीमा शल्याक्रिया हुने भएको हो । सल्याक्रिया शिविर तीनदिन रहनेछ । चौनपाका मेयर कालुमान लामाका अनुसार आजसम्म ५३७ जना मोतियाविन्दु सल्याक्रियाका लागि छनौट भएका छन् भने भोलीसम्ममा अरु थप हुनसक्नेछन् । निःशुल्करुपमा शल्याक्रिया सुविधा पाउने उनीहरुको पुनः परिक्षणसमेत यहि राखिने छ ।  यसक्रममा विभिन्न पालिकाका चार हजार भन्दा बढिले आँखा परिक्षण तथा उपचार सेवा पाएका छन् ।  खर्चको अभावमा आँखा उपचारबाट बञ्चित बृद्धबृद्धाहरुलाई ध्यानमा राख्दै चौदण्डीगढीले छिमेकी पालिकासमेतलाई समेटेर कोभिड अस्पताल बेल...
उम्मेदवार छनोट चित्त नबुझेको भन्दै पूर्व एकीकृत समाजावदीका युवाहरुले गरे आफै उम्मेदवारी सिफारिस

उम्मेदवार छनोट चित्त नबुझेको भन्दै पूर्व एकीकृत समाजावदीका युवाहरुले गरे आफै उम्मेदवारी सिफारिस

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, उदयपुर, पुष २८ गते । नेपाली कम्युनिष्ट पार्टी उदयपुरले भर्खरै मात्र आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । नेकपा एकीकृत समाजवादी सहितको नेपाल कम्युनिष्ट पार्टीले उदयपुरमा पनि १८ जनाको नाम सिफारिस गरेको हो । उक्त सिफारिसमा पूर्व एकीकृत समाजवादी पार्टीका युवाहरु भने असन्तुष्ट रहेको छ । पूर्व एकीकृत समाजवादीका युवाहरु र जेन्जीहरुको माग अनुसार युवाहरुलाई उम्मेदवारी सिफारिस नगरेको भन्दै समाजवादी निकट युवा संघ नेपालले आफै उम्मेदवारी सिफारिस गरेको हो । अध्यक्ष टिका राम राई र सचिव राजेश दनुवारको हस्ताक्षर पत्रमा उम्मेदवारको नाम सिफारिस गरेको हो । ५ जना युवा तथा जेन्जीहरुको नाम सिफारिस गरेको हो । जसमा क्षेत्र नं १ को प्रत्यक्ष तर्फ राजेश दनुवारको नाम सिफारिस गरेको छ भने २ बाट जेन्जी युवा सुदिप राई र लक्की राईको नाम सिफारिस भएको छ भने समानुकपाति तर्फ क्षेत्र नं २ बाट टिकाराम...
गाईघाट बरुवा बसपार्कमा  ल्होछार फुड फेस्टिवल हुँदै

गाईघाट बरुवा बसपार्कमा ल्होछार फुड फेस्टिवल हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट, पुष २८ गते । उदयपुरको गाईघाट बरुवा बसपार्कमा ल्होछार फुट फेस्टिवल तथा मिनि मेला २०८२ हुने भएको छ । सोनाम ल्होछार पर्वको अवसरमा नेपाल तामाङ् घेदुङ जिल्ला समन्वय परिषद् मेलाको मुख्य आयोजना रहेको छ भने नेपाल तामाङ् पत्रकार कोशी प्रदेश यसको सह आयोजक रहेको छ । मेलाले जातिय परिकार खानालाई प्रदर्शन, तामाङ समुदायको कला संकृतिको उजागर, समुदायमा संकृति चेतनाको अभिबृद्धि, मौलिक खानाले पर्यटन सँग जोड्ने मुख्य उदेश्य रहेको छ भने, उदयपुरमा रहेको समग्र तामाङ् समुदायको आर्थिक बिकास, सामाजिक तथा सांस्कृतिक बिकास यसको मुख्य लक्ष रहेको आयोजकले जनाएको छ । जिल्ला समन्वय समिति र त्रियुगा नगरपालिकाले मेलको सहकार्यमा सहयोग गरेको छ भने अन्य जिल्लाका सबै पालिकाहरुले मेलामा सहयोग गरेको छ । मेलालाई नेपाल तामाङ घेदुङ संघिय परिषद् काठमाण्डौँले प्रबद्र्धक गरेको छ । मेला यहि माघ ३ देखी १० गते सम्म ...
नेपाली कम्युनिष्ट पार्टी उदयपुरमा  यी व्यक्तिहरुको उम्मेदवारमा नाम सिफारिस

नेपाली कम्युनिष्ट पार्टी उदयपुरमा यी व्यक्तिहरुको उम्मेदवारमा नाम सिफारिस

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, उदयपुर, पुष २७ गते । नेपाल कम्युनिष्ट पार्टी उदयपुरका लागि क्षेत्र नं १ र क्षेत्र नं २ गरी १८ जनाको उम्मेदवारीमा नाम सिफारिस भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सिफारिस गरेको उम्मेदवारहरुको नाम सार्वजानिक गरेको हो । पार्टीले क्षेत्र नं १ मा १० जना र क्षेत्र नं २ मा ८ जनाको नाम सिफारिस गरेको छ । जसमा धेरै भन्दा धेरै नयाँ अनुहार र युवाहरु रहेको छ । युवामा एविराज राई देखी मेजर कुमार राई सहितको नाम सिफारिस भएको छ । नेपाल कम्य्ुनिष्ट पार्टी कोशी प्रदेशले शुक्रबार उम्मेदवारहरुको नाम टुँगाई सार्वजानिक गरेको हो । यस्तो छ उम्मेदवारहरुको नाम लिस्ट...
उदयपुर मिलिजुली समाज कुवेतद्धारा रक्तदान

उदयपुर मिलिजुली समाज कुवेतद्धारा रक्तदान

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, उदयपुर, पुष २७ गते । उदयपुर मिलिजुली समाजद्धारा कुवेदमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । २०२१ मा स्थापना भएको उक्त संस्थाले बिभिन्न सामाजिक कार्यक्र गर्दै आएको अवस्थामा रक्तदान गरिएको हो । उक्त संस्थाले बिदेशमा अलपत्र परेका पिडित तथा महिलाहरुलाई उद्धार गर्दै आईरहेको छ । उक्त संस्था कुवेतमा वसेर नेपालीहरुका लागि सामाजिक संस्थाको रुपमा काम गर्दै आईरहेको संस्थाका अध्यक्ष मोहन लुईटेलले जनाएको छ । रक्तदान प्रदानले मानवीय सहयोग पुग्ने भन्दै कार्यक्रमको आयोजना गरिएको हो । उक्त संस्थामा युवक राई र उमेश पुडाशैनी संरक्षणको रुपमा रहेको छ भने सचिवमा रमेश सिलवाल रहेको छ ।...
विशाल राई बने उदयपुर आईडल सिजन २ को बिजेता

विशाल राई बने उदयपुर आईडल सिजन २ को बिजेता

Breaking News 1, Breaking News 2, Breaking News 3, भिडियो, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, गाईघाट, पुष २७ गते । उदयपुर आईडल सिजन २ को बिजेता बिशाल राई बनेका छन् । त्रियुगा नगरपालिका वडा नं १६ का विशाल पुस ६ गते गाईघाट बाँसघारी पार्टी प्यालेसमा भएको ग्राण्ड फिनालीबाट सिजन २ को बिजेता बनेका हुन् । उनले  ६ जना  फाइनलिस्टहरूलाई पछि पार्दै उपाधी चुमेका हुन् । राईले बिभिन्न चरणहरु पार गर्दै आईडलमा बलियो कब्जा जमाएका थिए । बिजेता बनेका बिशालले नगद रु एक लाख र ट्रफि हात पारेका छन् । आईडल उदयपुर कलाकार समाजको आयोजनामा भएको थियो । https://youtu.be/s2kADReZGaw...
उदयपुर आईडल सिजन २ को फाइनलिष्ट बिशाल राईले गरे भोटको अपिल

उदयपुर आईडल सिजन २ को फाइनलिष्ट बिशाल राईले गरे भोटको अपिल

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पौष २५ । उदयपुर आईडल सिजन २ को फाइनलिष्ट बिशाल राईले भोटको अपिल गरेका छन् । जिल्लाको रौतामाई गाउँपालिका–३ निवासी राई कडा प्रतिष्पर्धाको बिच सयौँ प्रतिष्पर्धीहरुलाई पछि पार्दै फाइनल चरणको उत्कृष्ट ६ प्रतियोगि बन्न सफल भएका हुन् । उत्कृष्ट ६ प्रतियोगि बन्न सफल राईले भोली (शनिबार) हुने अन्तिम प्रतिस्पर्धालाई लक्षित गर्दै आफ्ना शुभेच्छुक आफन्त जन तथा देश–विदेशमा रहेका सम्पूर्ण संगीत प्रेमी, दर्शक–श्रोता माझ आफूलाई भोट गरी सहयोग गरिदिन हार्दिक अपिल गरेका छन् । उनले डिजिटल क्यूआर मार्फत भोटको अपेक्षा गर्दै ‘भनेका छन्’ मेरो गायन यात्रालाई नयाँ उचाइमा पुर्‍याउन तपाईँहरूको साथ माया र समर्थन अमूल्य छ। उनको सुरिलो र शुद्ध स्वर भावनात्मक गायन शैली तथा निरन्तरको अभ्यासले गर्दा उनले दर्शक र निर्णायकहरूको मन जित्न सफल भएका छन् । गीतको भावलाई आत्मसाथ गर्दै दशकको मन छुने उनको प्रस्तुति य...
उदयपुरगढी–चौदण्डीगढी पदयात्रा आजबाट सुरु

उदयपुरगढी–चौदण्डीगढी पदयात्रा आजबाट सुरु

Breaking News 2, पर्यटन, समाचार
पूर्णपुष्टि/उदयपुर, पुस २३ । श्री पशुपती प्रसाद गणको संयोजकत्वमा स्थानीय पालिकाहरु त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका र उदयपुरगढी गाउँपालिकाको संयुक्त आयोजनामा आजबाट उदयपरगढी–चौदण्डीगढी पदयात्रा सुरु भएको छ । पूर्वी पृतना हेडक्वाटर इटहरीका पृतनापती उपरथी गौरवकुमार केसीले पदयात्राको उद्घाटन गर्नुभयो । इतिहासमा पुर्वजहरुको त्याग, शाहस र बलिदानीको उच्च कदर गर्दै ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ऐतिहासिक कोट, गढी, युद्धस्थल, किल्ला र पदमार्गहरुको पहचिान तथा संरक्षण गर्ने उद्देश्यले पदयात्राको आयोजना भएको हो । साथै युवा पुस्तामा देशभक्तिको भावना जागृत गराउन, जिल्लाको पर्या–पर्याटन विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्य समेतले कार्यक्रमको आयोजना भएको गणपती मनोज कार्कीले जानकारी दिनुभयो । पदयात्रा शुभारम्भ समारोहमा पालिकाहरुका प्रमुख तथा उपप्रमुख, ...
उदयपुरकाे एउटा चर्चा लायक प्रतिष्ठित प्रतियाेगिता ‘नारदमुनी थुलुङ स्मृती गोल्डकप’ -भिडियाे

उदयपुरकाे एउटा चर्चा लायक प्रतिष्ठित प्रतियाेगिता ‘नारदमुनी थुलुङ स्मृती गोल्डकप’ -भिडियाे

Breaking News 2, Breaking News Video, बिचार
https://youtu.be/3asAcu2g7SY पूर्णपुष्टि/उदयपुर, पुस २१ । उदयपुरको एक प्रतिष्ठित प्रतियोगिता हो नारदमुनी थुलुङ स्मृती गोल्डकप फुटबल प्रतियोगिता । यसको १० औं संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको उदयपुरको बसाहा क्लव, ११ औं संस्करणको तयारीमा जुटेको छ । आगामी माघ १५ गतेदेखि आयोजना गर्ने गोल्डकपलाई थप भब्य र विशिष्ट बनाउन तयारीमा जुटेको हो । चौदण्डीगढी नगरपालिकाको वडा नं. ४ बसाहास्थित नारदमुनी थुलुङ रङ्गशालामा सञ्चालन हुदै आएको यो गोल्डपक उदयपुरमा निरन्तर र धेरै संस्करण आयोजना हुन सफल प्रतियोगिता हो । यो बसाहा मात्र हैन उदयपुर जिल्लाकै प्रतिष्ठित प्रतियोगिता हो । एतिहासिक ब्यक्तित्व, प्रजातान्त्रिक सेनानी स्व. नारदमुनी थुलुङको नाम र प्रतिष्ठासंग जोडिएको यो गोल्डकपको आप्mनै गर्बिलो इतिहास र दर्बिलो संरचना छ । नारदमुनी थुलुङ स्मृती गोल्डकप फुटबल प्रतियोगिता कसरी सुरु भयो ? १० औं संस्करणसम्म स...