जिल्ला अस्पताल उदयपुरमा जेजनीको प्रश्नै प्रश्न
पूर्णपुष्टि/ गाईघाट/ मंसिर ११ गते ।
जिल्ला अस्पताल उदयपुर भर्खरै प्रदेशमै उत्कृष्ट बन्न सफल भएको छ । अस्पताल प्रदेशको उत्कृष्ट बन्दै गर्दा यता सेवाग्राही र विरामीहरु भने उत्ति खुसी छैन् । अस्पतालको ढिला सुस्ती, रुखो बोली र सेवामुखी चुस्त दुरुस्त नभएको भन्दै उनिहरु खुसी छैन । यही कुराहरुलाई उठान गर्दै उदयपुर अस्पताललाई जेनजी युवाहरुले भने प्रश्न गरेको छ । शुक्रबार अस्पताल प्रशासनको जिम्मेवारी ब्यक्तिहरुको उपस्थितिमा जेनजीहरुले प्रश्न गरेको छ । जेनजी उदयपुरका अध्यक्ष सुरेन्द्र राईले अस्पताल सुधारका लागि आवश्यक अवस्थालाई तत्काल ब्यवहारमा उतार्न सुझाव दिएको छ । साम्पाङ् लगायत उपस्थित जेनजीहरुले अस्पतालको रुखो बोली, ढिला सुस्ती, पार्दर्शीता, कर्मचारी पारिश्रमीक, नियुक्ती, सरसफाई, शव वहान, एम्वुलेन्स, सामाजिक सुरक्षा सेवा, विमा, स्वच्छ खाना लगायतमा कुरा उठाएका थिए । साम्पाङले भएको सुधार प्रति...









