Tuesday, June 2News That Matters

Breaking News 2

ट्राफिक र प्रशासनको नियमलाई धज्जी उडाउदै यात्रु ओसार पसार

ट्राफिक र प्रशासनको नियमलाई धज्जी उडाउदै यात्रु ओसार पसार

Breaking News 2, समाचार
https://youtu.be/w5EDttJYHcQ पूर्णपुष्टि/उदयपुर, असोज १० । प्र. १–०१–००१ ज ३६१७ नम्बरको सुमो जिप आज यात्रु ओसार्ने हेतुले तिब्रगतिमा कुदाउदा सगरमाथा राजमार्ग अन्तर्गत गाईघाट–फोक्सिन्टार सडकखण्डको अधेँरीमा नालीमा खस्यो । गाईघाटतर्फ आएको सो गाडीले अबैंधरुपमा यात्रु ओसारपसार गरिरहेको पाएपछि ट्राफिकले आजै विहान जरिवाना काटेर सञ्चालन नगर्न चेतावनी दिएको थियो । चेचिस भाँचिएको सो गाडी वेल्डिङ गरेर चलाएको पाएपछि ट्राफिक कारवाहीमा परेको हो । चेचिस जोडेर चलाइएको गाडी बाङ्गो कुद्ने र दुर्घटनाको उच्च जोखिम हुनेगर्छ । यसैकारण ट्राफिक नियमले चलाउन दिदैन । अर्कोतिर ९ सिटको यात्रु क्षमता रहेकोमा १८ जनासम्म बोकेको पाइएको थियो । ट्राफिकको चेतावनीको वेवास्ता गर्दै पछि यात्रु कोचेर गाईघाटदेखि फोक्सिन्टारतर्फ गएको पाइएको छ । अर्को एउटा रातो नम्बर प्लेटको बोलेरोले पछाडि गाँसिएको ट्रलीमा कोचाकोच यात्रु उभ्य...
दशैमा कृतिम अभाव, कालाबजारी, तस्करी गर्नेलाई कडा कारवाही हुने प्रशासनको चेतावनी

दशैमा कृतिम अभाव, कालाबजारी, तस्करी गर्नेलाई कडा कारवाही हुने प्रशासनको चेतावनी

Breaking News 2, समाचार
पूर्णपुष्टि÷उदयपुर, असोज ८ । जिल्ला प्रशासन कार्यालय उदयपुरले चाँडपर्वमा हुने अत्याधिक मूल्यबृद्धि, कृत्रिम अभाव, कालाबजारी, तस्करी, म्याद गुज्रेका खाद्य पदार्थ तथा मासुजन्य बस्तुहरुको विक्री वितरण नगर्न सचेत गराएको छ । प्रशासनले आज सर्बपक्षीय बैंठक बसी उपभोक्ताहरुलाई सचेत गराएको हो । दशैं र त्यस लगत्तैको तिहार, छठ पर्व जस्ता चाँडपर्वमा ब्यापार, ब्यवसायको नाममा यसरी उपभोक्तालाई मार्का पार्ने र उनीहरुको स्वास्थ्यसमेतमा प्रतिकुल असर पार्ने गरेको पाइएकोले यसवर्षको चाँडवाड पूर्वनै सचेत गराइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले बताउनुभयो । उहाँले आज जिल्लाका सबैजसो सरोकारवाला निकाय, सुरक्षा निकाय, पत्रकार, उद्योग वाणिज्य संघ, विभिन्न ब्यवसायीहरुका प्रतिनिधिलाई सर्बपक्षीय बैंठक गराई उपभोक्तामाथि यस्तो अवस्था आउन नदिन सचेत गराउनुभएको हो । बैंठकले पहिलो निर्णयकै रुपमा यस कुरालाई प्र...
फुलजाेर नजिकै त्रियुगा बाढीले मदनभण्डारी राजमार्ग भाँसियाे, सावधान अपनाउन जरुरी (भिडियाे)

फुलजाेर नजिकै त्रियुगा बाढीले मदनभण्डारी राजमार्ग भाँसियाे, सावधान अपनाउन जरुरी (भिडियाे)

Breaking News 2, समाचार
https://youtu.be/_9GLesYCU_4 पूर्णपुष्टि, असाेज ७ ।  मदनभण्डारी राजमार्ग अन्तर्गत गाइघाट-बेल्टार सडकखण्डकाे फुलजाेर नजिकै सडक भाँसिदा दुर्घटनाकाे जाेखिम थपेकाे छ । गाइघाटदेखि ७ किलाेमिटर पूर्व त्रियुगा नगरपालिका र चाैदण्डिगढी नगरपालिकाकाे सिमानामा सडक भासिएकाे हाे । केहीदिनकाे भारीबर्षा पछि त्रियुगा नदीकाे बाढीले सडक किनारमा खाेलेपछि सडक जाेखिमपूर्णरुपले भासिएकाे हाे । सडकलाइ विशेष मर्मत गरी बनाउनुपर्ने अवस्था भएपनि निर्माण ठेकेदार कम्पनीले सामान्य टालटुल मात्र गरेकाे छ । उक्त ठाउँमा दाेहाेराे सवारी साधन चलाउने मिल्ने अवस्था छैन । भासिएकाे ठाउँलाइ पूर्ण सावधानीका लागि घेरेर राख्नुपर्ने स्थानीयबासीकाे भनाइ छ ।...
नेपाल बाल संगठनमा गैरदलिय साझा नेतृत्वको माग

नेपाल बाल संगठनमा गैरदलिय साझा नेतृत्वको माग

Breaking News 1, Breaking News 2, Breaking News 3
पूर्णपुष्टि, उदयपुर, ७ असोज । नेपाल बाल संगठन उदयपुरको बर्तमान कार्यसमिति खारेज गरी साझा बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरमा विद्यार्थी युवाहरुले ज्ञापन पत्र बुझाएका छन् । हालको कार्यसमिति एमालेमुखी रहेको भन्दै साझा संस्थालाई दलियकरण गर्न नहुने उनिहरुको माग छ । मंगलबार जिल्ला प्रशासन कार्यालय उदयपुरमा नेकपा माओवादी निकट विद्यार्थी युवा तथा कांग्रेस निकट विद्यार्थी युवाहरुले ज्ञापन पत्र बुझाउँदै विद्यान अनुरुप कार्यसमिति चयन गर्न र संस्थालाई गैरदलिय बनाउँदै साझा नेतृत्व चयन गर्न माग राखेका हुन् । २७ जना भन्दा बढी युवा विद्यार्थीहरुको उपस्थितिमा नेपाल सरकार माताहतका संस्थालाई कुनै पनि दलहरुले हस्तक्षेप गर्न नहुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । माओवादी, कांग्रेस एमाले कुनै पनि दलका व्यक्तिहरुले साझा संस्थालाई हस्तक्षेप नगर्न र त्यस बाहेकका बालवालिकाकै क्षेत्रमा काम गरिरहेका बिज...
घटस्थापना सँगै सुरु भयो दशैँ, घरघरमा जमरा राखिँदै

घटस्थापना सँगै सुरु भयो दशैँ, घरघरमा जमरा राखिँदै

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, गाईघाट, असोज ६ गते । नेपालीको घरघरमा आजबाट दशैँ भित्रिएको छ । महान पर्वको रुपमा रहेको बडादशैं आजबाट सुरु भएको हो । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । जौबाहेक अरु अन्नको जमरा राख्ने शास्त्रीय विधि छैन’ विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर...
माटोको ढिस्कोले पुरिएर उदयपुरमा महिलाको मृत्यु

माटोको ढिस्कोले पुरिएर उदयपुरमा महिलाको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, गाईघाट, असोज ५ गते । उदयपुरमा रातो‌ माटो लिन गएकी एक युवतीको ढिस्कोले पुरिएर मृत्यु भएको छ। मृत्यु हुनेमा ‌त्रियुगा नगरपालिका-३ की २४ बर्षीय रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार आइतबार बिहान ११ बजेको समयमा त्रियुगा नगरपालिका- ३ गेरुवा खोला सि्थत त्रियुगा सामुदायिक वनमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उनको घटना स्थलमा नै मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको र घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
नेपाल बाल संगठन “उदयपुर” बालवालिकामैत्री की, एमाले मैत्री ?

नेपाल बाल संगठन “उदयपुर” बालवालिकामैत्री की, एमाले मैत्री ?

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, गाईघाट, असोज ५ गते। शनिवार मात्रै गाईघाटमा नेपाल बाल संगठन उदयपुरले ९ औँ जिल्ला सभा सम्पन्न गर्यो । उक्त जिल्ला सभामा एमाले युवा नेता तथा कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारकी सोकिय सचिव समेत रहेका भुवन दाहालनै दोस्रो पटक सभापति बने । दाहाल पहिले पनि सभापति बनिसकेका नेतृत्व हुन् । दाहालका अनुमानित समय अनुसार २०७७ सालतिर उनि संगठनमा पहिलो पटक सभापति बनिसकेका थिए । ९ औँ जिल्ला सभामा पनि दाहालकै सभापतित्वमा हाल ७ सदस्यीय कार्यसमिति चयन भएको छ । ५ बर्ष अघि ८ औँ जिल्ला अधिवेशन भने जिल्ला समन्वय समितिको सभाहलमा गरिएको थियो । त्यस पछि एकै चोटी २०८२ साल असोज ४ गते गाईघाट स्थित एक रिसोर्टमा ९ औँ जिल्ला सभा सम्पन्न गरेको हो । सभापति दाहालको तेतृत्वमा सदस्यहरु हेम वहादुर मगर, सुसान्त राउत, शितल अधिकारी, सुसिला सिलवाल, सुनिता गजमेर रहेकी छिन् । दाहालको समिति पूर्ण रुपमा एमाले मैत्...
बल्ल सफा देखियाे गाइघाट (भिडियाे)

बल्ल सफा देखियाे गाइघाट (भिडियाे)

Breaking News 2, समाचार, स्वास्थ्य
https://www.youtube.com/watch?v=Rqwj-UShn9M पूर्णपुष्टि/गाइघाट, असाेज ५ । जेनजी प्रदर्शनमा भदाै २३ र २४ गते नगरपालिकामा ताेडफाेड र अागजनी भएपछि नउठेकाे गाइघाट बजार क्षेत्रकाे फाेहर १४ दिनपछि उठ्न सुरु भएकाे छ । पालिकाले अाजबाट बजार क्षेत्रमा सफाइकर्मी खटाएर फाेहर उठाउन थालेकाे हाे ।
बल्ल उठ्न थाल्यो गाईघाट बजारको फोहार

बल्ल उठ्न थाल्यो गाईघाट बजारको फोहार

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट, ५ असोज । गाईघाटमा १२ दिन देखी अलपत्र फोहोर आईतबारदेखी उठ्न थालेको छ । त्रियुगा नगरपालिकाले फोहोर उठाउने भनेको करिब ५ दिन पछि बजार आसपासको फोहार उठ्न थालेको हो । जेन्जी आन्दोलन पछि फोहोर बजारमा वेवारीसे अवस्थामा थियो । फोहोर बढ्दै जाँदा दुर्गन्धीत र व्यवसायमै असर परेका थिए । बिषेशगरी बजारको मदन भण्डारी राजमार्ग अन्तर्गतका बजारहरु दुर्गन्धीत अवस्थामा रह्यो । फोहार समयमै नउठेपछि व्यपारीहरुले पसल अगाडीनै फोहोरको थुप्रो बढाउँदै गए । केहि पसलेहरुले ठुला बोरामा व्यवस्थापन गरेपनि कुहीने फोहोरका कारण बजारको वातावरण दुर्गन्धीत बन्दै गएका थिए । यस बिषयमा पत्रकारहरुले समचारहरु निरन्तर प्रकाशन गर्दै आए । सम्बन्धित व्यक्तिहरुलाई सोध्दा पटक पटक फोहोर व्यवस्थापनमा नगरपालिका लागि पर्ने भनिएनि तोकिएको समयमा फोहोर उठ्न सकिरहेको थिएन । दशैँले छोपेको गाईघाट बजारमा फोहोर व्यवस्थापन नहुँ...