Tuesday, July 14News That Matters

Breaking News 2

नेताको पिछा छाडेर श्रमको पछि लाग्न उदयपुरवासीलाई हर्क साम्पाङको आह्वान

नेताको पिछा छाडेर श्रमको पछि लाग्न उदयपुरवासीलाई हर्क साम्पाङको आह्वान

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, गाईघाट, असोज ३१ ग्ते । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले सम्पूर्ण उदयपुरवासी जनताहरुलाई श्रममा जोडिन आह्वान गरेको छ । बिहिबार गाईघाट पिपलचोकमा शुभचिन्तकहरुलाई सम्बोधन गर्दै मेयर साम्पाङले श्रममा जोडिन आह्वान गरेको हो । उनले नेताको पिछा छोडेर श्रमको पछि लाग्न आह्वान गरेको हो । पाखुरा भन्दा ठुलो अरु बजेट हुनै नसक्ने साम्पाङले सुझाए । उनले आज सम्म नेताको पछि लागेकै कारण देश नाजुक अवस्थामा पुगेको जनाए । नेताहरुबाट धोका पाएको जनताहरुले अव पनि कुरा नबुझे देश थप संकटमा जाने उनले जनाए । श्रम गर्ने बानी हराउँदै गएपछि उत्पादन नहुने र उत्पादन नभएपछि आर्थिक पार्जन नहुने हुँदा देशलाई आर्थिक भार परेको उनको भनाई थियो । देशमै सम्भव हुने सानासाना कुराहरु पनि विदेशबाटै निर्यात गर्नु पर्ने अवस्थाले देशले कहिले आर्थिक सुधार गर्न नसक्ने पनि उनले जनाए । हाम्रो देश तिहारमा लाउने स...
हर्क साम्पाङ अ रेभुलेशन त्रियुगाको संयोजकमा बुद्धि चामलिङ

हर्क साम्पाङ अ रेभुलेशन त्रियुगाको संयोजकमा बुद्धि चामलिङ

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, गाईघाट, असोज ३१ ग्ते । उदयपुरको त्रियुगा नगरपालिकामा पनि हर्क साम्पाङ अ रेभुलेशन नगर कार्य समिति बनेको छ । बुद्धि चामलिङको संयजकत्वमा त्रियुगा नगर कार्य समिति निर्माण भएको हो । समितिमा हाल संयोजक मात्रै तोकिएको छ । कार्य समिति एक सय ३० भन्दा बढी बन्ने आकलन गरिएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उपस्थितिमा गाईघाट पिपलचोकमा समिति बनाईएको हो ।...
उदयपुरबाट चुनाव लड्ने हर्क साम्पाङको उद्घोष, तीनदिन अफिस चारदिन कामको नीति (भिडियाे)

उदयपुरबाट चुनाव लड्ने हर्क साम्पाङको उद्घोष, तीनदिन अफिस चारदिन कामको नीति (भिडियाे)

Breaking News 2, भिडियो, राजनीति, समाचार
https://youtu.be/KnaPKXjlyhk पूर्णपुष्टि/उदयपुर, असोज ३० । श्रम संस्कृति संगठन विस्तारमा जुटेका हर्क साम्पाङले उदयपुरमा आज चुनाव लड्ने उद्घोष गरेका छन् । उनले निति बनाउने ठाउँमा पुग्यौ भने विद्यालय वा अफिस तीनदिन मात्रै खोल्छौं, चारदिन काम हुन्छ भनेका छन् । उनले श्रम सधैभरी गरिहने र पार्टीको छुट्टै झण्डा नबनाउने जानकारी दिए । तीन करोड नेपालीको ६ लाख हातले एकैचोटी बेल्चा चलाउने कल्पना सुनाउदै कार्यक्रममा सहभागिहरुलाई संगठित हुन फकाए । नागरिकहरु स्वावलम्बी र सचेत नबनेसम्म देशमा सुशासन नआउने भन्दै भ्रष्टाचारविरुद्ध कडा रुपमा उत्रनु पर्ने बताए । विदेशीले सरकार गठनदेखि फुटाउनेसम्म गर्ने गरेको आरोप उनले यसरी लगाएका छन् । प्रकृति संरक्षणमा विशेष जोड दिदै श्रमदातालाई जगाउन आएको भनेका छन् । उनले श्रम संस्कृतिमा संगठित हुन आव्हान दोहोर्याए ।...
सनुवामा ट्याक्टरको चक्काले च्यापेर चालक गम्भीर घाईते

सनुवामा ट्याक्टरको चक्काले च्यापेर चालक गम्भीर घाईते

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर, असोज ३० गते । त्रियुगा नगरापलिका ३ सनुवामा ट्याक्टरको चक्काले किच्दा चालकक घाईते भएको छ । फत्तेपुर सडकखण्डमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको प्र२(०१(००१त०५८१ नंवरको खाली ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा चालक डा नंवर १ खैजनपुर बस्ने बर्ष अं १८ को अनिस कार्कीलाइ ट्याक्टरको बिचको दाईने पट्टिको पाङ्ग्राले किचिर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनाबारे जानकारी पार्य अस्थाई प्रहरी पोष्ट बसपार्कबाट प्रहरी हहल्दार निलकण्ठ श्रेष्ठको कमाण्डमा घाईतेलाई उद्दार गरी उपचारको लागि बिराटनगर पठाईएको छ । घाईतेको तिघ्राको भागमा पिल्सिएको र अन्य बाहिरि चोट भने नदेखिएको जनाईएको छ । घाईते चालकको अबस्था गम्भीर रहेको जनाईएको छ । ट्याक्टर धनी चालककै ठुलोबुवा नाता पर्ने केशव कुमार कार्की रहेको बुझिएको छ ।  ...
६ निर्णय सहित जिल्ला स्तरीय लैँगिक हिंसा सम्वोधन निर्देशन समितिको दोस्रो बैठक सम्पन्न

६ निर्णय सहित जिल्ला स्तरीय लैँगिक हिंसा सम्वोधन निर्देशन समितिको दोस्रो बैठक सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर, असोज २९ गते । जिल्ला स्तरीय लैँगिक हिंसा सम्वोधन निर्देशन समितिको दोस्रो बैठक गाईघाटको कोहवरमा सम्पन्न भएको छ । समितिका सदस्य सचिव समेत रहेको जिल्ला समन्वय समितिको आयोजनामा आईतबार दोस्रो बैठक सम्पन्न भएको हो । समितिका अध्यक्ष समेत रहेका त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेत सहित समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्मा, जिल्ला प्रमुख अधिकारी प्रेम प्रसाद लुईटेल, उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मान वहादुर केप्छाकी मगर, त्रियुगा नगर उपप्रमुख महेश्वरी राई र चौदण्डीगढीकी मनिकादेवी दुलाल, जिल्ला प्रहरी प्रमुख राजन चापागाई सहित महत्वपूर्ण ब्यक्तिहरु र अन्य पालिका प्रतिनिधिहरुको उपस्थितिमा बैठक सम्पन्न भएको हो । बैठकले बिभिन्न महत्वपूर्ण ६ ओटा बुदामा निर्णय गरेको छ । बैठकको पहिलो नंम्वरमा पहिलो बैठकको समिक्षा रहेको थियो । जसमा पहिलो बैठकको निर्णयहरु कार्यन्वयन भए नभए...
विद्यार्थी कुटेको आरोप लागेका जनता मावि दमौटीको प्रअ लाई जिम्मेवारीबाट हटाईयो

विद्यार्थी कुटेको आरोप लागेका जनता मावि दमौटीको प्रअ लाई जिम्मेवारीबाट हटाईयो

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर असोज २९  । त्रियुगा नगरपालिका वडा नं ५ स्थित जनता मावि दमौटीको प्रअ राजन राउतलाई विद्यालय व्यवस्थापन समितिले जिम्मेवारीबाट हटाएको छ । कक्षा १० मा अध्यानरत छात्रा समिक्षा राईलाई झापड हानेको भन्दै अभिभावक तथा स्थानीयहरुले विरोध गरेपछि आईतबार तत्काल बैठक बसी राउतलाई प्रअको जिम्मेवारीबाट हटाईएको हो । विद्यार्थीलाई अन्य हिसावले पनि सम्झाउन सकिने र कार्वाही गर्न सकिने ठाउँ रहँदा रहँदै पनि झापड हानेर आँखा र गाला सुन्नीएको अभिभावकहरुको आरोप छ । राउत भर्खरै मात्र प्रअ बनेका थिए । कक्षामा एसईई सेन्टरको बारेमा कुरा गर्दा गर्दै शिक्षक र विद्यार्थी बीच सेन्टर काहा हुने भन्ने विषयमा कुरा हुँदै थियो । यतिकैमा शिक्षक राउतले यो पटक फरक ठाउँमा पनि सेन्टर हुने त्यस मध्ये मोतिगडामा पनि पर्न सक्ने बताएका थिए । सोही अवस्थामा समिक्षाले इस सर मोतिगडामा त हुदैन होला भनेका थिए । सोही अवस्...
आज हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको अझै जुटेन एजेन्डामा सहमति

आज हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको अझै जुटेन एजेन्डामा सहमति

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर, असोज २८ गते । आजबाट सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा एजेन्डाको सहमति हुन सकेको छैन् । जेनजी आन्दोलन पश्चात नेपाली कांग्रेसले महत्वपूर्ण निर्णय र एजेन्डामा छलफल गर्नु पर्ने अवस्था छ । तर यता बैठकमा पेस गर्ने एजेन्डामा सहमति जुट्न नसक्दा जसका लागि कार्यसम्पादन समितिको बैठक बस्नेछ। महाधिवेशन मङ्सिरभित्रै हुनुपर्ने वा नसक्ने धारणाका कारण नेताहरूबीच कुरा मिल्न सकेको छैन। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु हुनेछ । बैठकमा पेस गर्ने एजेन्डामा थप छलफल गर्न आजै बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्ने बताइएको छ । शीर्ष नेताहरूबिच लगातार छलफल हुँदै आए पनि केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेन्डाका विषयमा सहमति जुट्न सकिरहेको छैन । एजेन्डामै सहमति नजुटेको कारण यसअघि आइत...
आज केही स्थानमा आंशिक बदलीको संभावना

आज केही स्थानमा आंशिक बदलीको संभावना

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदपुर असोज २८ गते । कोशी प्रदेश सहित देशको केहि स्थानमा आज आंशिक रुपमा वदली रहने मौसम बिभागले जनाएको छ । हाल देशभर भने कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मंगलबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार राति देशभर मौसम मुख्यतया सफा रहने छ।...