Tuesday, June 2News That Matters

Breaking News 2

जेन्जी आन्दोलन घाईते थप एकको मृत्यु

जेन्जी आन्दोलन घाईते थप एकको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, काठमाण्डौँ, असोज १३ । जेनजी आन्दोलनमा घाईते भएका थप एक जनाको मृत्यु भएको छ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको हो । पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको पारिवारका सदस्यहरूले बताएका छन् । अहिले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ । उनी राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थिए । दुई दिनसम्म घाइते अवस्थामा आईसीयूमै गुमनाम भएका उनी काठमाडौंका बालाजुमा मजदुरी गर्दै आएका थिए । तर, उनको सम्पर्क नियमित रूपमा परिवारसँग थिएन । उनको टाउको पछाडिको भागमा गोली लागेको थियो । उनी उपचारकै क्रममा कोमामा थिए ।...
जेनजीकाे मुद्दा सतप्रतिशत सहि छ : मेजरकुमार राई

जेनजीकाे मुद्दा सतप्रतिशत सहि छ : मेजरकुमार राई

Breaking News 2, बिचार, संसार
https://youtu.be/bfy6kT5rH6I?feature=shared पूर्णपुष्टि/उदयपुर, असाेज १३ । लिम्चुङबुङ गाउँपालिका, उदयपुरका अध्यक्ष मेजरकुमार राईसंग जेनजी आन्दाेलन सन्दर्भमा पूर्णपुष्टि संवाद ।  
दशैँको पहिलो दिन आज फुलपाती

दशैँको पहिलो दिन आज फुलपाती

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर, असोज १३ गते । दशैंको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवं दशमी तिथिको महत्त्व अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। ृ१े यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पुजिन्छ । अर्का यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृतासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए । यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि ...
जेन्जी सहिद पिडित परिवारलाई एमालेले अपमान गरेको भन्दै जेन्जी उदयपुरको आपत्ति

जेन्जी सहिद पिडित परिवारलाई एमालेले अपमान गरेको भन्दै जेन्जी उदयपुरको आपत्ति

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट असोज १२ गते । जेन्जी आन्दोलनको क्रममा सहिद भएका बेलका नगरपालिका वडा नं ४ का सन्तोष विश्वकर्मालाई एमालेले धम्की र अपमान गरेको भन्दै जेन्जी उदयपुरले आपत्ति जनाउको छ । आईतबार जिल्ला प्रशासन कार्यालय उदयपुरमा पिडित परिवार सहित ध्यानकार्षण बुझाउँदै यस्तो संवेदनशिल अवस्थामा अमानविय व्यवहार देखाउनु खेद जनका रहेको बिज्ञाप्तीमा उल्लेख गरिएको छ । जेन्जी संयोजक निमेश राईको नेतृत्वमा गएका युवाहरुले प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेललाई ज्ञापन पत्र बुझाएको हो । एमालेका सदस्यहरुले श्रदान्जली फोटोमा विश्वकर्मालाई असमायिक निधन भनेका छन् । तर सरकारले जेन्जी आन्दोलनका मृतकहरुलाई सहिद घोषणा गरेको छ । एमालेले भने बिनाकारण असामयिक निधन भनेर उल्लेख गर्दा जेन्जी आन्दोलनलाई अन्याय भएको र सहितको अपमान गरेको परिवारको आरोप छ । यता हत्यारा भनेर बनाईएको ब्यानर हटाउन लगाएको पिडित परिवारको...
रातो प्लेटलको सवारीले जथाभावी मान्छे बोकेको भन्दै कुटाकट

रातो प्लेटलको सवारीले जथाभावी मान्छे बोकेको भन्दै कुटाकट

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर, असोज १२ गते । दशैँको मुखमा सवारीहरुले मान्छे बोक्नका लागि तछाडमछाड गरिरहेको छ । नम्वर प्लेट अनुसार सवारीले नियममा वसेर मान्छे ओसार पसार गर्नु पर्ने हुन्छ । तर गाईघाटमा रातो प्लेटले नियमविपरिद मान्छे बोकेको भन्दै यातायात व्यवसायीबीच लपडा हुँदा कुटाकुट भएको छ । आईतबार हिमाली टोल स्थित हिमाली यातायात संघको कार्यालय अगाडी झगडा हुँदा रातो प्लेटका यातायात व्यवसायी ओमनाथ खतिवडा घाईते भएको जनाईएको छ । रातो प्लेटको सवारीले बसले झै खुलेआम रुपमा भाडाको सवारी बोक्ने पाउँदैन । बोलेरो जिप लगायत रातो प्लेटका सवारीहरुले माल सामान बोक्न पाउने भनिएको छ । चर बस काउन्टर अगाडी बाटै बसले बोक्ने यात्रुहरु चढाउँदै ओसार पसार गर्न थालेपछि बस र बोलेरोका स्टाफ बीच लफडा भएको थियो । लफडा पछि कुटाकुट हुँदा खतिवडा घाईते भएको हो । उनलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा त्यहाँ उपचार नभ...
गाेलीले ढलेकाे ज्वाइलाइ उठाउनेसम्म अवस्था थिएन : जेनजी शहिद सन्ताेषका जेठान दिनेश गजमेयर

गाेलीले ढलेकाे ज्वाइलाइ उठाउनेसम्म अवस्था थिएन : जेनजी शहिद सन्ताेषका जेठान दिनेश गजमेयर

Breaking News 2, Breaking News Video, भिडियो, समाचार
https://youtu.be/iHyZZUy8o70 पूर्णपुष्टि/उदयपुर, असाेज १२ । उदयपुरकाे बेलका नगरपालिका ४ का जेनजी शहिद सन्ताेष विश्वकर्मा गत भदाै २३ गते जेनजी प्रदर्शनमा गाेली लाग्दै गर्दा उनका जेठान दिनेश गजमेयर स‌गै थिए । जेठान र ज्वाइ सल्लाह गर्दै देश परिवर्तनका लागि प्रदर्शनमा गएकाेमा एक्कासी गाेली लागेर ज्वाइ सन्ताेष ढले । ढलेकाे अवस्थामा उठाउन सक्ने अवस्थासम्म थिएन । प्रहरीकाे चरम दमनका कारण गाेलीकाे वर्षा र अस्रुग्याँसकाे धुँवाले तितरवितर थिए । पछि ढलेकाे ठाउँमा ज्वाइ थिएनन् । खाेज्दै जाँदा राती अबेर काठमाडाै‌काे ट्रमा सेन्टरमा सहादत भइसकेकाे अवस्थामा फेला परेकाे जेठान दिनेशकाे भनाइ छ । ज्वाइलाइ खाेज्न र शव पाउन ठुलाे स‌घर्ष गर्नु परेकाे उनले बताएका छन् । (सुन्नुहाेस् पूर्णपुष्टिकाे विशेष कुराकानी)...
चाँडबाँडको मुखमा अति विपन्न परिवारलाई राहत उपहार

चाँडबाँडको मुखमा अति विपन्न परिवारलाई राहत उपहार

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, रौता, असोज १२ गते । चाँड सबैको एउटै हो । तर मनाउने परिस्थिति भने बिल्कुलै फरक हुन्छ । चाँडबाँडमा हुँदा खाने र हुने खानेबीच बिभेद् छ । तर पनि बेलाबेलाको मनाउनै पर्ने चाँडबाँडले दिन दुखीलाई असाध्यै सताउँछ । यही समस्याको हल गर्न रौतामाई ६ का सक्रिय युवाहरुले गरिब दुखीहरुलाई राहत प्याकेज प्रदान गरेको छ । शनिवार रौता स्थित शुक्रराज राईको नेतृत्वमा १० घर अति विपन्न परिवारलाई राहत प्रदान गरिएको हो । राई सहित वडा नं ६ का सक्रिय युवाहरुको उपस्थितिमा वडा अध्यक्ष पृथ्वी राई सहित जनतप्रतिनिधिहरुले राहत प्रदान गरेका थिए । युवाहरुको सामाजिक अभियान अन्तर्गत आफ्नो गाउ आफै बनाउ भन्ने उदेश्य सहित वडा भित्रका अति विपन्न परिवारलाई २ बोरा चामल, दुई लिटर तेल, दुई केजी दाल सहितको राहत प्रदान गरेको हो । युवा अभियान्ता शुक्रराज राईले चाँडबाँडमा बिपन्नहरुले पनि खुसी साटोस र अरुले झैँ दशैँ मनाओस...
स्वरका धनि विशाल उदयपुर आईडलको भोटिङ राउण्डमा

स्वरका धनि विशाल उदयपुर आईडलको भोटिङ राउण्डमा

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, उदयपुर, असोज ११ गते । आवाजको जादु छर्दै बिशाल राई जारी उदयपुर आईडलको भोटिङ राउण्डमा पुगेको छ । अडिसन, थ्रियटर, डुएट, पर्फमेन्स जस्ता स्टेपहरु पार गरी टप ट्वान्टी भित्र परेका राईले भोटिङ राउण्ड सम्मको यात्रा तय गरेको हो । प्रतिस्पर्धामध्ये संम्भावना बोकेका राईले दोस्रो उदयपुर आईडलको उपाधि जित्ने लक्ष राखेका छन् । राईको स्वरलाई दर्शकहरुले पनि रुचाएको छ । गायनमा रुची राख्ने विशाल बिभिन्न सांगितिक कार्यक्रमहरुमा पनि सहभागी हुन्छन् । आउँदो राउण्डका लागि राईले दर्शकहरु सँग भोट पनि अपिल गरेका छन् ।...
बोक्सेमा पनि खुल्यो स्केट पार्क, ४ जना माथिका समूहलाई २५ प्रतिशत छुट

बोक्सेमा पनि खुल्यो स्केट पार्क, ४ जना माथिका समूहलाई २५ प्रतिशत छुट

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर, ११ गते । गाईघाटमा पछिल्लो समय स्केट पार्कका व्यवसाय उदाईरहेको छ । बिषेशगरी बालवालिकाहरुलाई मनोरञ्जन र स्किल देखाउने कलाकै कारण यसप्रति आकर्षण बढिरहेको हो । गाईघाट सहित आसापासका स्थानहरुमा ६ ओटा स्केट पार्क निर्माण भैसकेको छ । मोतिगडामा पनि स्केट पार्क निर्माण भएको छ भने बोक्सेमा पनि सुविधा सम्पन्न ब्रोदर्स युनिक स्केटिङ पार्कको भर्खरै उद्घाटन भएको छ । शुक्र राई र बिपिन मगरको संयुक्त लगानीमा निर्माण पार्क आकर्षित बनेको छ । उक्त पार्कको उद्घाटन शुक्रबार गरिएको हो । उद्घाटनकै दिन करिब ३ सय जनाले स्केट मनोरञ्जन लिएको संञ्चालक शुक्र राईले जनाए । राईले अन्य भन्दा फरक सेवा सुविधा सहित ब्रोदर्स स्केट निर्माण गरिएको जनाए । शान्त वातावरण एकान्त ठाउँ र आधुनिक प्रविधिको सामाग्री प्रयोग गरिएको राईको भनाई छ । ४ जना बढी समूहमा आउनेलाई २५ प्रतिशत छुट समेत गरिएको राईले जनाए । स...
नेपाल बाल संगठनलाई साझा बनाउन जेन्जी उदयपुरको माग

नेपाल बाल संगठनलाई साझा बनाउन जेन्जी उदयपुरको माग

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर, ११ असोज । उदयपुरका जेन्जी अभियान्ताहरुले एमालेमय नेपाल बाल संगठनलाई साझा बनाउन माग गरेका छन् । बिहिबार जेन्जी युवाहरुले जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाउँदै ध्यानाकषंण गराएको हो । बेतिथि, भ्रष्टचार बिरुद्ध जेन्जीहरुले आन्दोलन चलाईरहेकै बेला उदयपुरमा नेपाल सरकारको साझा संस्थालाई एमालेले कब्जा गरेको भन्दै बर्तमान कार्यसमिति तत्काल भंग गरी नयाँ कार्यसमिति निर्माण गर्न सुझाएका छन् । सुरेन्द्र साम्पाङ राई र निमेश राई सहितका जेन्जी अभियान्ताहरुले उक्त बेतिथि सहितको समति हटाउनु पर्ने माग गरेको हो । यसै बेतिथिको बिरुद्धमा जेन्जी आन्दोलन पछि देशले नयाँ रुपान्तरण खोजिरहेकै बेला फेरी पनि दलहरुले सझा संस्थालाई कब्जा गर्नु भनेको दुखद रहेको जनाएको छ । अब उप्रन्त जेन्जीहरुको मागलाई सम्बोधन हुनेगरी बेतिथि हटाउनु पर्ने भन्दै यस्ता भ्रष्ट र बेतिथि विरुद्ध आफुहरु सँध...