अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’ बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग
पूर्णपुष्टि, कार्तिक १४ । अष्ट्रेलियामा रहेर नेपाली समुदायका समाचार र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका पत्रकार विकास पौडेल ‘उदास’ले चितवनको भरतपुर–११, गणेशस्थानस्थित मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई नगद तथा खाद्यान्न सहयोग गरेका छन् ।
सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाबाट प्रेरित पौडेलले यसअघि पनि असहाय बालबालिका, विपन्न परिवार र आपत्कालीन अवस्थाका पीडितहरूका लागि विभिन्न समयमा सहयोग गर्दै आएका छन् ।
सहयोग ग्रहण गर्दै संस्थाकी निर्देशक मञ्जु खाँड ठकुरीले पौडेलप्रति धन्यवाद व्यक्त गर्दै भनिन्, “हामीजस्ता संस्थाहरूको सञ्चालन दाताहरूको सहयोगमै निर्भर छ । विकास पौडेलज्यूजस्ता सहयोगी व्यक्तिहरूको हात यसरी अघि बढ्दा, आश्रित बालबालिकाहरूको जीवनमा मुस्कान ल्याउन सजिलो हुन्छ ।” उनले अन्य नेपालीहरूलाई पनि यस्ता मानवीय कार्यमा सहभागी हुन आग्रह गरिन् ।
मञ्जुश्री असहाय संरक्षण केन्द्र...









