४५ चौकमा “होटल लुहाङ्स” सुरुवात
पूर्णपुष्टि, असार २९ ।
पर्यटकीय हब सोलुखुम्बुबाट ब्यवसायिक योजना र सपनासहित उदयपुरको बसाहा पाइला टेकेका होमबहादुर मगरले पाँचवर्षको अन्तरालमा ब्यवसायिक सफलता देखाउन सफल भएका छन् ।
उनले पाँचवर्षअघि चौदण्डीगढी नगरपालिका –४ बसाहामा एउटा सामान्य क्याफेबाट ब्यवसायिक यात्रा थालनी गरे । क्लाशिक क्याफेबाट ब्यवसाय सुरुवात गरेका उनले दुईवर्षमा “होटल सोलुखुम्बु” सञ्चालन गरे । यो होटल बसाहाकै पहिलो र ब्यवसायिक सफल नमुना होटल बन्नपुग्यो ।
मगरले पारिवारिकरुपमा सञ्चालन गरेको होटलले तीनवर्षमा राम्रो ब्यवसायिक सफलता पाएपछि अहिले बसाहाकै ४५ चौकमा नयाँ होटल “लुहाङस् किचेन”को सुरुवात गरेका छन् । आजैमात्र लामागुरुहरुद्वारा नयाँ होटलको पुजाँपाठ गरी होटल उद्घाटन भएको छ । भोलीदेखि खाना, खाजा, सेकुवा लगायतको राम्रो ब्यवस्थासहित ब्यवसाय सुरुवात गर्ने मगरको भनाई छ ।
उनको क्रमिक सफलताको दुई प्रमुख कारण छन् । पहिल...









