नेकपा एमाले उदयपुरद्वारा नयाँ कार्यविभाजन सार्वजनिक
पूर्णपुष्टि, असोज १० । नेकपा एमाले उदयपुरले बिहीबार नयाँ कार्यविभाजन सार्वजनिक गरेको छ । पार्टीका जिल्ला अध्यक्ष भागवत राउतले हस्ताक्षर गरेर जारी गरेको कार्यविभाजनमा रिक्त जिल्ला कमिटी सदस्यदेखि विभिन्न विभागसम्म गठन गरेर नेताहरूलाई जिम्मेवारी प्रदान गरिएको छ ।
नयाँ कार्यविभाजन अनुसार २१ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरिएको छ । जिल्ला कमिटी सचिवालयमा पाँच जना पदाधिकारी सहित ३२ सदस्यीय कमिटी निर्माण गरिएको छ । साथै, १२१ सदस्यीय सल्लाहकार समिति र ८१ सदस्यीय जेष्ठ कम्युनिष्ट मञ्च पनि गठन गरिएको छ ।
पार्टीले विभिन्न २७ वटा विभागहरू गठन गरेको छ, जसमा पार्टी स्कूल, स्थानीय विकास, संगठन, कानून, प्रचार तथा प्रकाशन लगायत विभागहरू रहेका छन् । प्रत्येक विभागमा नेताहरूलाई जिम्मेवारी दिइएको छ ।
जनसंगठन समन्वय संयन्त्र प्रमुखमा हेम ब. खड्का र सचिवमा भुवन दाहाललाई मनोनित गरिएको छ । पार्टीका २३ वट...









