Friday, July 3News That Matters

Breaking News 2

अमेरिकाबाट आएका वृद्ध त्रिभुवन विमानस्थलबाटै बेपत्ता

अमेरिकाबाट आएका वृद्ध त्रिभुवन विमानस्थलबाटै बेपत्ता

Breaking News 2, समाचार
पूर्णपुष्टि, भाद्र ३० । अमेरिकाबाट नेपाल फर्किएका एक ७६ वर्षीय वृद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बेपत्ता भएका छन्। पर्वतको पैंयू गाउँपालिका-१ का दण्डपाणि भुसाल शनिबार राति १०:२५ बजेदेखि सम्पर्कविहीन भएका छन्। भुसालका ज्वाईं मधु वस्तीका अनुसार, उनी दुबई ट्रान्जिट हुँदै हिमालयन एअरलाइन्सको उडानमार्फत काठमाडौं आइपुगेका थिए। विमानस्थलमा अवतरण गरेपछि भिडियो कल समेत भएको थियो। त्यसपछि भुसाल विमानस्थलको सीसी क्यामेरामा बाहिर निस्किएको देखिए पनि त्यसपछि उनको कुनै अत्तोपत्तो छैन। वस्तीले बताए अनुसार, भुसाललाई एक जना सिस्टरको साथमा अमेरिकाबाट पठाइएको थियो। विमानस्थलबाट बाहिर निस्केपछि झोला छुट्यो भन्दै भुसाल भित्र फर्किएका थिए। त्यही बेला सिस्टर उनको सामान विमानस्थलमै छाडेर गएकी थिइन्। भुसालको झोला र कागजातहरू भेटिए पनि उनी भने फेला परेका छैनन्। लेखपढ गर्न नजान्ने भुसाल हराएपछि आफन्तले ...
कोशी प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध: मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध: मुख्यमन्त्री कार्की

Breaking News 2, समाचार
पूर्णपुष्टि, भाद्र २९ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल अधिकार रक्षाका लागि संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नु सरकारको जिम्मेवारी भएको बताउनुभएको छ। बाल दिवसको अवसरमा जारी गरेको शुभकामना सन्देशमा उहाँले बालबालिकाको अधिकार रक्षा गर्दै उनीहरूको प्रतिभा प्रस्फुटन गराउनुपर्नेमा जोड दिनुभयो। मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार बालबालिकालाई देशको सबल भविष्यको आधार मान्दै बाल अधिकार संरक्षणमा समर्पित रहेको उल्लेख गर्नुभयो। उहाँले नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको र यसले बाल बचाउ, संरक्षण, विकास र सहभागिता जस्ता विषयहरू समेटेको बताउनुभयो। प्रदेश सरकारले हरेक वर्ष बालबालिकाका लागि विभिन्न योजना र कार्यक्रमहरू गर्दै आएको र यो कार्य निरन्तर रहने विश्वास मुख्यमन्त्री कार्कीले व्यक्त गर्नुभयो। साथै, कोशी प्रदेशका ...
कटारी नगर अस्पताल लगातार दोस्रो वर्ष उत्कृष्ट

कटारी नगर अस्पताल लगातार दोस्रो वर्ष उत्कृष्ट

Breaking News 2, समाचार
पूर्णपुष्टि, भाद्र २९ ।  उदयपुरको कटारी नगर अस्पतालले लगातार दोस्रो वर्ष पनि उत्कृष्टता कायम राखेको छ। नेपाल सरकारको न्यूनतम सेवा मापदण्ड अनुगमन टोलीले गरेको मूल्यांकनमा अस्पतालले यस वर्ष पनि १०० मा ८३ अंक प्राप्त गरेको छ। प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका रविकुमार साहका अनुसार गत वर्ष पनि अस्पतालले ८३ अंक नै प्राप्त गरी देशभरका ३३ स्थानीय तह अन्तर्गतका अस्पतालमध्ये उत्कृष्ट बनेको थियो। यो वर्ष पनि सोही अंक कायम राख्न सफल भएको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. गौरब साहले अस्पतालले गुणस्तरीय सेवा दिँदै आएको र थप प्रगति गरेको बताए। उनले कोशी प्रदेश सरकार र संघीय सरकारले १५ शय्याको यस अस्पताललाई ५० शय्या सहितको प्रदेश अस्पताल बनाउन अनुमति दिइसकेको जानकारी दिए। कटारी नगरपालिकाकी उपमेयर गिता खड्काले अस्पताललाई नगरले सधैं सहयोग गर्ने प्रतिबद्धता जनाइन्। नगरपालिकाका प्रमुख प्रशासकीय...
रेडक्रस रौतामाईको सभापतिमा दिपक राई

रेडक्रस रौतामाईको सभापतिमा दिपक राई

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २४  । रेडक्रस रौतामाई गाउँपालिका उपशाखाको अधिवेशन सम्पन्न भई नेतृत्व चयन भएको छ। अधिवेशनले दिपक कुमार राईको सभापतित्वमा ११ सदस्यीय उपशाखा समिति गठन गरेको छ। निर्वाचन अधिकृत मदन भुजेलका अनुसार, नवनिर्वाचित पदाधिकारीहरूमा धनकुमारी थापा मगर (महिला उपसभापति), कृष्ण बहादुर खत्री (सचिव), विरेन्द्र खड्का (कोषाध्यक्ष), रामकुमार लायो मगर (उपसचिव) र रुद्र बहादुर मगर (उपकोषाध्यक्ष) रहेका छन्। सदस्यहरूमा देवीमाया दाहाल, जितेन्द्र दक्त, प्रहलाद बहादुर खत्री, सुरेन्द्र राई र लाल बहादुर दाहाल चयन भएका छन्। रौतामाई गाउँपालिका अध्यक्ष बिरेन्द्र मगरको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष भुपिन्द्र थापा, संविधानसभा सदस्य बिमला एसके, नेपाल रेडक्रस सोसाइटी उदयपुर सभापति मदनराज कटुवाल लगायतको उपस्थिति रहेको थियो। रेडक्रस उदयपुरका जिल्ला सभापति मदनराज कटुवालका अनुसार स्थानीय तह स्तरी...
उदयपुरमा १७ औं राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै

उदयपुरमा १७ औं राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, भदौ २० । उदयपुरमा १७ औं राष्ट्रिय पुस्तकालय दिवस र २१ औं संघम सामुदायिक पुस्तकालयको साधारण सभा भव्यताका साथ मनाइने भएको छ। भदौ २२ गते (शनिबार) त्रियुगा नगरपालिका–११ स्थित संघम सामुदायिक पुस्तकालयमा आयोजना हुने कार्यक्रममा (काठमाण्डौँ स्कुल अफ ल) का कार्यकारी निर्देशक प्रा.डा. युवराज संग्रौला प्रमुख अतिथिको रूपमा सहभागी हुने जनाइएको छ। कार्यक्रममा ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ विषयमा वृहत बहस हुनेछ। साथै संगित लगायतका नृत्य प्रस्तुति, वक्तृत्वकला, निबन्ध तथा कविता वाचन जस्ता सांस्कृतिक कार्यक्रमहरू पनि समावेश गरिएको छ। यस अवसरमा पुस्तकालय प्रेमी तथा जिल्ला प्रहरी कार्यालयका पूर्व प्रमुख एसपी रमेश थापालाई विशेष सम्मान गरिने कार्यक्रम रहेको छ।  ...
उदयपुरमा लागुऔषध सहित युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १९ । उदयपुरमा लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ जलजला बस्ने वर्ष २३ का सविन राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको मोटरसाईकल चेकजाँच गर्ने क्रममा बुप्रिनोर्फिन–९ एम्पुल, फेरानागन–६ एम्पुल, डाइजेपाम–९ एम्पुल गरी जम्मा २४ एम्पुल र २२ ट्याब्लेट नाइट्राभेट प्रतिबन्धित लागू औषध सहित राईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ७ । उदयपुरमा लागुऔषध सहित २ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–८ का २६ बर्षीय दिनेश कटुवाल र २७ बर्षीय सन्देश कार्की रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स.५ प ८०९९ नम्बरको मोटरसाईकल चालक कटुवाल र पछाडी सवार कार्कीको साथबाट नियन्त्रित औषधी एम्पुल–३०, ट्याब्लेट ६८ र कोरेक्स १ बोतल बरामद गरेको हो । लागुऔषध बरामद भएसँगै उनिहरुलाई नियन्त्रणमा लिएको र सम्बन्धित प्रहरी कार्यालयले आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा वाम्बुले राईले मनाए ढ्वाङकुम पर्व

उदयपुरमा वाम्बुले राईले मनाए ढ्वाङकुम पर्व

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ४ । उदयपुरमा किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरुले आफ्नो महान् चाड ढ्वाङकुम धुमधामका साथ मनाएका छन्। सोमबार वाम्बुले राई समाज (वाम्रास) उदयपुरको आयोजनामा कटारी स्थित साकेला (भूमे) थानमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम गरी यो चाड मनाइएको हो। समाजका अध्यक्ष ऋषि राईको सभापतित्व र केन्द्रीय सदस्य रामबहादुर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि राईले ढ्वाङकुमको ऐतिहासिक महत्व बताउँदै विगतमा गोरुको पूजा गरी सामूहिक रुपमा कागुनीको भात खाने प्रचलन रहेको जानकारी दिए। राज्यसत्ताले गाईलाई राष्ट्रिय जनावर बनाएपछि गोरु काट्न प्रतिबन्ध लगाइएको र त्यसपछि राँगा काटेर मनाउने गरिएको उनले बताए। कार्यक्रममा उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिका आसपासका वाम्बुले राईहरुको सहभागिता रहेको थियो। वाम्रास उदयपुरका अध्यक्ष ऋषि राईले आगामी वर्षको ढ्वाङ...
उदयपुरमा लागुऔषध सहित ३ युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित ३ युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ३ । उदयपुरमा लागुऔषध सहित ३ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ का १८ बर्षीय हुमन कार्की, १८ बर्षीय सम्बीर सुयल र अमृत नेपाली रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट बुप्रोनोर्फिन, प्रोमेथारजिन र डाइजापाम गरी ६५ एम्पुल बरामद गरेको हो । लागुऔषध बरामद भएसँगै उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा विङ्गर दुर्घटना हुँदा एकको मृत्यु, १९ घाईते

उदयपुरमा विङ्गर दुर्घटना हुँदा एकको मृत्यु, १९ घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २ । उदयपुरमा विङ्गर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ३ मोतिगडा बस्ने बर्ष ५० की गीता कार्की रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक राजन चापागाईले आईतबार गाईघाटबाट सिरहाको लहान जादै गरेको ना १ ज ९२७९ नम्वरको विङ्गर त्रिनपा–६ जलजले स्थित चुरियामाइ डाडाको ओरालोमा ब्रेक फल भई दुर्घटना भएको जानकारी दिए । ओरालोमा ब्रेक फेल हुँदा गाडी ३० मिटर तल झरेर दुर्घटना भएको प्रवक्ता चपागाईले बताए । दुर्घटनामा परी १९ जना यात्रु समेत घाईते भएकोउनले बताए । दुर्घटनामा परी हात भाचिएको दिपेन्द्रकुमार यादब र अन्य सामान्य घाईते भएकाहरुलाई उपचारको लागी जिल्ला अस्पताल उदयपुरमा ल्याईएको प्रहरीले जनाएको छ । विङ्गर चालक फरार रहेको र खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ ।...