१४ जिल्ला मध्यकै उत्कृष्ट बन्यो उदयपुर अस्पताल
पूर्णपुष्टि/ गाईघाट/उदयपुर मंसिर २ गते ।
उदयपुरको बोक्सेमा रहेको जिल्ला अस्पताल उदयपुर प्रदेशभरीकै उत्कृष्ट बनेको छ । उत्कृष्ट ठहरीएपछि स्पताललाई प्रदेश स्वास्थ्य मन्त्रालयले प्रशंसापत्र दिएको छ । आर्थिवर्ष ०८१÷८२ को सेवा प्रवाह कार्य संपादन मूल्याङ्कनमा १ सय पूर्णाङ्कमध्ये ८५।३८ अङ्क पाउँदै प्रदेशभरीको उत्कृष्ट अस्पतालमा दरिएको हो ।
उत्कृष्ट भएको कात्तिक २८ देखि ३० गतेसम्म आयोजित ‘प्रदेशस्तरीय वार्षिक एकीकृत समीक्षा कार्यक्रम’ समापन समारोहमा शनिबार स्वास्थ्यमन्त्री भूपेन्द्र राई र मन्त्रालयका सचिव डा. यदुनाथ घिमिरेले अस्पतालका प्रतिनिधि डा. मुकेश झालाई प्रशंसापत्र प्रदान गरे । प्रदेश स्वास्थ्य मन्त्रालयले अस्पताललाई प्रशंसापत्र प्रदान गरेको हो ।
अस्पताल प्रशासन प्रमुख भगवती केसीले उदयपुर अस्पताल यसवर्ष दोस्रो पटक उत्कृष्ट ठहरिएको बताईन् । उनका अनुसार यसअघि आर्थिकवर्ष ०७९÷८० मा पनि ...









