Saturday, May 30News That Matters

Breaking News 3

जितेकाे पुरस्कार क्लवलाई सहयाेग

जितेकाे पुरस्कार क्लवलाई सहयाेग

Breaking News 1, Breaking News 3, खेलकुद, समाचार
उदयपुर/मङ्सिर २८ । जिल्ला ब्याड्मिन्टन संघ उदयपुरका अध्यक्ष किसन राईले चाैदण्डिगढी-४ बसाहामा आयाेजित ब्याडमिन्टन प्रतियाेगितामा जितेकाे नगद पुरस्कार क्लवलाई सहयाेग गर्नु भएकाे छ । नवाै मेयरकप ब्याडमिन्टन प्रतियाेगिता, भेट्रान्स डबल्समा उपाधि जितेका राईले प्राप्त नगद पुरस्कारकाे १० हजार रुपैया क्लवकाे उन्नति प्रगतिका लागि सहयाेग गर्नु भएकाे हाे । उहाँ र खगेन्द्र बलकाे जाेडीले भेट्रान्सतर्फकाे उपाधी जित्नु भएकाे थियाे । उहाँले पुरस्कार प्राप्तगरेसंगै दस हजार क्लवलाई सहयाेग घाेषणा गर्नुभयाे । उहाँले क्लवका अध्यक्ष नारायण तामाङलाई क्लवकाे प्रगतिकाे लागि भन्दै उक्त रकम प्रदान गर्नुभयाे । उहाँकाे सहयाेगलाई क्लवले विशेष सहयाेगकाे रुपमा लिएकाे छ ।...
१० दिन देखि बृद्ध बेपत्ता

१० दिन देखि बृद्ध बेपत्ता

Breaking News 1, Breaking News 3, समाचार
पूर्णपुष्टि/उदयपुर, मङ्सिर २८ । मोरङको विराटनगर महानगरपालिका –४ का ६८ वर्षिय कनकबहादुर थापा दशदिनदेखि बेपत्ता भएका छन् । घरबाट म‌सिर २ गतेतिर नाताकाेमा जाने भन्दै हिडेका उनी गत मंसिर १८ गते दिउसो उदयपुरको बेलका नगरपालिकाको रामपुर स्थित बेलका रिसोर्ट छेउमा देखा परेको जानकारी परिवारले पाएको छ । देखिएको आधा घण्टा पछिबाट उनको मोवाइल अफ रहेको र मानिस बेपत्ता रहेको परिवारले जनाएको छ । खोजीतलासीमा लागेको परिवारले प्रहरीमा हुलीया दिइसकेको बेपत्ता बृद्धका ज्वाई प्रतिक दवाडीले जानकारी दिए । परिवारले देखा परेको रामपुर आसपासमा ब्यापक खोजि गरिरहेको भएपनि अझै फेला पार्न नसकेको जनाएको छ ।...
नेपाली कांग्रेस सुधार अभियान (यु फोर्टीनको )  उदयपुर संयोजकमा कार्की

नेपाली कांग्रेस सुधार अभियान (यु फोर्टीनको ) उदयपुर संयोजकमा कार्की

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर मंसिर २३ गते । नेपाली कांग्रेसले पार्टी मजवुद बनाउन युवाहरुलाई प्राथामिकतामा राखेको छ । नेपाली कांग्रेस सुधार अभियान ९एनसीआरसी० अन्तर्गत पार्टीले यतिवेला युवाहरुलाई आकर्षण गर्ने निति ल्याएको छ । जसको लागि ४० बर्ष मुनिका युवाहरु ९यु फोर्टीन० नै गठन गरेको छ । यहि शिलशिलामा उदयपुरमा पनि रोशन कार्कीको नेतृत्वमा यु फोर्टीन गठन गरिएको हो । यस्ता खाले गठन र नेतृत्वले पार्टीमा युवाहरुको आवश्यकता र पहुँचका् आपश्यकता पुरा गर्ने जनाए । यो नेतृत्व संघ प्रदेश र स्थानीय तह सम्मै लागु हुने गरी कांग्रेस अघि बढेको छ । बिषेशगरी ४० प्रतिशत युवाहरुको भुमिकालाई शुनिश्चित गर्न यो अभियानले सहयोग पुराउने जनाईएको छ । जसमा भ्रष्टचार बिरुद्धको खबरदारी, शुसान कायममा चासो, प्राईमरी इलेक्सनको व्यवस्था, लोकतन्त्रको संरक्षण जस्ता कामहरुमा भुमिका खेल्ने कांग्रेसले जनाएको छ ।  ...
शिक्षकहरुले विरामीका लागि अस्पतालमा तातोचिसो पानी फिल्टर प्रदान

शिक्षकहरुले विरामीका लागि अस्पतालमा तातोचिसो पानी फिल्टर प्रदान

Breaking News 1, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, मङ्सिर १९ । शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, उदयपुरको १७ औं स्थापना दिवसमा आज उदयपुर अस्पतालका विरामीका लागि उपयुक्त हुने दुईवटा पानी तातो चिसो पार्ने फिल्टर प्रदान गरेको छ । संस्थाका पदाधिकारी तथा आवद्ध शिक्षकहरुको टोली अस्पतालमै पुगेर फिल्टर प्रदान गरेका हुन् । प्राप्त फिल्टर अत्यावश्यक परेका विरामीका लागि सदुपयोग गरिने अस्पतालका सुचना अधिकारी सुरेश पाण्डेले जनाएका छन् ।...
जिल्ला अस्पताल उदयपुरमा जेजनीको प्रश्नै प्रश्न

जिल्ला अस्पताल उदयपुरमा जेजनीको प्रश्नै प्रश्न

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि/ गाईघाट/ मंसिर ११ गते । जिल्ला अस्पताल उदयपुर भर्खरै प्रदेशमै उत्कृष्ट बन्न सफल भएको छ । अस्पताल प्रदेशको उत्कृष्ट बन्दै गर्दा यता सेवाग्राही र विरामीहरु भने उत्ति खुसी छैन् । अस्पतालको ढिला सुस्ती, रुखो बोली र सेवामुखी चुस्त दुरुस्त नभएको भन्दै उनिहरु खुसी छैन । यही कुराहरुलाई उठान गर्दै उदयपुर अस्पताललाई जेनजी युवाहरुले भने प्रश्न गरेको छ । शुक्रबार अस्पताल प्रशासनको जिम्मेवारी ब्यक्तिहरुको उपस्थितिमा जेनजीहरुले प्रश्न गरेको छ । जेनजी उदयपुरका अध्यक्ष सुरेन्द्र राईले अस्पताल सुधारका लागि आवश्यक अवस्थालाई तत्काल ब्यवहारमा उतार्न सुझाव दिएको छ । साम्पाङ् लगायत उपस्थित जेनजीहरुले अस्पतालको रुखो बोली, ढिला सुस्ती, पार्दर्शीता, कर्मचारी पारिश्रमीक, नियुक्ती, सरसफाई, शव वहान, एम्वुलेन्स, सामाजिक सुरक्षा सेवा, विमा, स्वच्छ खाना लगायतमा कुरा उठाएका थिए । साम्पाङले भएको सुधार प्रति...
एमाले त्यागेको भन्दै नगरपालिकाले कार्वाही गरेको पत्र च्याते अध्यक्ष अधिकारीले

एमाले त्यागेको भन्दै नगरपालिकाले कार्वाही गरेको पत्र च्याते अध्यक्ष अधिकारीले

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि/चौदण्डीगढी/ मंसिर ७ गते । उदयपुरको चौदण्डीगढी नगरपालिकामा यतिवेला मेयर र वडा नं ७ का वडाअध्यक्षको वार चलिरहेको छ । उक्त पत्रको आशय भने अध्यक्ष अधिकारीले एमाले पार्टी त्यागेकै कारण जिम्मेवारी बाट रोक लगाएको बुझिन्छ । पत्रमा उल्लेख गरिए अनुसार एमाले पार्टीबाटै निर्वाचित भएर एमाले त्यागेको भन्दै अबको समय वडा नं ७ को काम कार्वाही नगर्न पत्रमा भनिएको छ । निर्वाचित पार्टीबाटको कार्वाहीको आधारमा अध्यक्ष अधिकारीलाई काम नगर्न पत्रमा भनिएको हो । तर वडाअध्यक्ष अधिकारीले भने यो कार्वाहीको पत्र कागजको खोस्टा बराबर मानेर च्यातेका छन् । उनले निर्वाचन आयोगबाट आएको पत्र भए मात्रै स्वीकार्ने बताए । पार्टी त्यागेकै आधारमा नगरपालिकाको लेटरप्याडमा अध्यक्षलाई मेयरले हटाउन पाउने अधिकार नरहेको उनको आशय छ । उनले नगरपालकाको कार्वाही भन्दा पनि जनताको मत ठुलो रहेको समेत बताए । मेयरले यस्ता कागजहरु लेखिरह...
एमाले पार्टी त्यागेको भन्दै वडाअध्यक्ष अधिकारीलाई वडाको जिम्मेवारीमा रोक

एमाले पार्टी त्यागेको भन्दै वडाअध्यक्ष अधिकारीलाई वडाको जिम्मेवारीमा रोक

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, राजनीति, समाचार
पूर्णपुष्टि, चौदण्डीगढी, मंसिर ६ गते । चौदण्डीगढी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष केशव अधिकारीलाई नगर प्रमुख कालुमान लामाले जिम्मेवारीमा रोक लगाएको छ । एमाले पार्टी बाट निर्वाचित अध्यक्ष अधिकारीले पार्टीको गलत निर्णयहरु विरुद्ध आवाज उठाएको र राजिनामा माग गरी पार्टी पारित्याग गरेको अधिकारीलाई नगरपालिकाले जिम्मेवारीबाट हटाएको हो । एमाले बाट निर्वाचित भएका अध्यक्ष अधिकारीले पार्टी प्रति कपोकल्पित कुराहरु गरेको पार्टीको साधारण सदस्य समेत नरहने गरी मागिएको राजिनामा स्वीकृत भएको भन्दै अबको समयमा नगरपालिकाको ७ नं वडाको अध्यक्षको रुपमा रहन नसकिने र काम कार्वाही संञ्चालन नगर्न भन्दै जानकारी गराएको छ । अध्यक्ष अधिकारीको ठाउँमा वडा सदस्य बलराम मगरलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको छ । अधिकारीले पार्टीको निति र निर्णयहरु पछिल्ला समय खराब भएको भन्दै आलोचना गर्दै आएका थिए । पार्टीको पछिल्लो ...
महेश वस्नेत आउने भएपछि सिमरा तनाव, जेनजी र प्रहरीको झडप

महेश वस्नेत आउने भएपछि सिमरा तनाव, जेनजी र प्रहरीको झडप

Breaking News 1, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि/ बारा/ मंसिर ३ गते । सिमरामा महेश बस्नेतको उपस्थितिलाई लिएर प्रहरी र जेनजीको झडप भएको छ । नेकपा एमाले नेता बस्नेतको विरोध गर्न सिमरा विमानस्थलमा भेला भएका जेनजी र प्रहरीबिच झडप भएको हो । बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा आउने कार्यक्रम तय भएपछि जेनजीहरुले विरोध गरेका थिए । सिमराका जेनजी समूहका युवाहरूले सिमरा विमानस्थल घेराउ गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । सो क्रममा दुई पक्षबिच झडप भएको हो । अहिले विमानस्थलको सुरक्षामा जनपथ र सशस्त्र प्रहरीको ठुलो समूह खटाइएको छ । नेता बस्नेतलाई लिन अहिले विमानस्थलमा पूर्व मन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह र अच्युत मैनाली लगायतका नेताहरू विमानस्थलमा छन् । उनीहरूलाई पनि प्रहरीले सुरक्षा दिएर राखेको छ ।...
बलात्कार आरोपमा लिम्चुङबुङका ५८ बर्षिय पुरुष पक्राउ

बलात्कार आरोपमा लिम्चुङबुङका ५८ बर्षिय पुरुष पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, लिम्चुङबुङ, मंसिर ३ गते । उदयपुरको लिम्चुङबुङबाट एक पुरुषलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ । महिलालाई बलात्कार गरेको आरोपमा लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेस्थित बुत्कु बस्ने ५८ वर्षीय ज्ञानबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो । राईले स्थानीय महिलालाई जबरजस्ती गर्न खोजेको उजुरी पश्चात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) केदरमान दोङले बताए । डीएसपी दोङका अनुसार उनलाई मंगलबार पक्राउ गरिएको हो । उनलाई पीडित महिलाको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङले पक्राउ गरेको हो । पक्राउपछि अहिले थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा लगिएको प्रहरीले जनाएको छ ।  ...
चौदण्डीगढीका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण

चौदण्डीगढीका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण

Breaking News 1, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चौदण्डीगढी, मंसिर २ गते । उदयपुरको चौदण्डीगढी नगरपालिकामा जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सुभारम्भ गरिएको छ । जाडो मौसम सुरुभएसँगै चिसोमा देखिने समस्याहरुलाई मध्यनजर गर्दै ज्येष्ठ नागरिकहरुको लागि निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम शुभारम्भ गरेको छ । सोमवारबाट २ नं। वडाको चारघरेबाट “ज्येष्ठ नागरिक भेटघाट तथा स्वास्थ्य परीक्षण घुम्ती कार्यक्रम” नामक अभियानको नगर नगरप्रमुख कालुमान लामाले शुभारम्भ गरेका हुन् । घुम्ती सेवाले ७५ वर्षभन्दामाथिका दलित समुदाय र ८० वर्षमाथिका गैर दलित समुदायका नगरभरीका लगभग ११ सय ज्येष्ठ नागरिकलाई सो सेवा प्रदान गरिने मेयर लामाले बताए । सामान्य रक्तचाप, मधुमेह जस्ता रोकहरुको निस्शुल्क चेकजाँचको लागि एक जना अहेव र एक जना अनमीगरि दुईजना स्वास्थ्यकर्मीहरुको साथमा घुम्ती सेवा संचालन गरिनेछ । कतिपयको घरमा स्वास्थ्यचौकीस...