भित्राउनलाई ठिक्क पारेको धान बर्षाले सखाप
पूर्णपुष्टि/उदयपुर/ कार्तिक १५ गते ।
उदयपुरको चौदण्डीगढी नगरपालिका ९ डिम्कीका सोवित खनालले करिब २४ कट्ठा जमिनमा फलेको धान हतार हतारमा काटे । बुधबार देखी विद्यालय जान पर्ने भएको हुँदा उनले पाकेको धान हतारमै काटेर थन्काउने बिचार गरेको थियो । पानी पर्ने कुनै सूचना नपाएका खनालले जव काटेको धान उठाउनका लागि तयार भयो तव पानी बर्षियो । पानी बर्षेपछि खनालले धान सुरक्षित स्थानमा सार्नै पाएनन् । पानीका कारण खनाललको करिब ६५ मुरी धान पानीले नष्ट गर्यो ।
पानीले पूर्ण रुपमा भिजाएपछि धानले खेतमै टुसा हान्न थालिसकेका छन् । खनाल सँगै छिमेकी भिम खड्काको पनि समस्या उस्तै छ । पाकेको धान काटेर भित्राउन नपाउँदै खड्काको पनि करिब ३६ मुरी धान खेतमै नष्ट भएको छ । लगतार तिन दिन सम्मको बर्षाले धान पूर्ण रुपमै नष्ट भएको हो । घाम लाग्ने आसमा रहेको यी दुवै कृषकले लगतार तिन दिन सम्म बर्षा झेल्नु पर्यो । सामान्य पा...









