कडा सुरक्षा घेराबीच बसाहामा नारदमुनी थुलुङको सालिक अनाबरण
पूर्णपुष्टि, ७ फागुन ।
वसाहामा स्थापना भएको प्रजातान्त्रिक सेनानी स्वर्गिय नारदमुनी थुलुङको पुर्णकदकको सालिकको अनावरण कडा सुरक्षाकाबीच गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले सुरक्षा घेराबीच थुलुङाको सालिक अनावरण गरेको हो । मन्त्री कार्कीले अनावरण गर्ने भएपछि पहिचानवादीहरु बिरोध गर्न सक्रिय बनेका थिए । पछि छलफल र वार्ता पछि सालिक अनावरण भने गर्न सफल भयो । सालिक अनावरण गर्दै मुख्य मन्त्री कार्कीले नारदमुनी थुलुङ नेपाली जनताहरुकै अविभावक रहेको चर्चा गरे ।
उनले देशमा प्रजातान्त्रको लागि पूर्व क्षेत्रमा रहेर ठुलो योगदान गर्नुका साथै त्यस क्षेत्रमा शिक्षा र चेतना विकास गरेको जनाए । राईले राणा सासनको अन्त्य गर्न आफ्नो कर्म छाडेर देश फर्कि प्रजातन्त्र स्थापित गर्न भुमिका खेलेको कार्कीले चर्चा गरे । यता कार्यक्रम अघिनै कांग्रेस, माओवादी, नेकपा एस, रास्वपा र जनता समाजवादी पार्ट...









