जनप्रतिनिधिको बाहानामा पैतृक सम्पत्तिमाथी तोडफोड गरियो
पूर्णपुष्टि, उदयपुर, भदौ ३१ गते ।
जेन्जी आन्दोलनको नाममा अराजक समूहले गाईघाटमा पनि सार्वजानिक र निजी सम्पत्तिमा क्षती पुराएको छ । आन्दोलनको दोस्रो दिन अराजक प्रदर्शनकारीहरुले करिब दिउँसोबाट भौतिक संरचना तोडफोड गर्न सुरु गरे । एमाले पार्टी कार्यालय, माओवादी पार्टी कार्यालय र कांग्रेस पार्टी कार्यालयहरु सहित अन्य साना दलहरुको समेत पार्टी कार्यालय तोडफोड र आगजानी भएको खवर छ ।
सरकारी कार्यालयहरु जिल्ला प्रशासन कार्यालय सहित अन्य कार्यालय र त्रियुगा नगरपालिका, त्रियुगा नगरपालिका ११ नं वडा र १२ नं वडामा पनि तोडफोड र आगजानी गरिएको छ । यता निजी सम्पत्तिको रुपमा जनप्रतिनिधिहरुले नोक्सान बेहोरेको छ । त्रियुगा नगर प्रमुख वसन्त वस्नेतको घरमा तोडफोड गरिएको छ । यस्तै उपसभामुख सिर्जना दनुवारको घर पनि तोडफोडले ध्वस्त छ । यता उपप्रमुख महेश्वरी राई र पूर्व मेयर बलदेव चौधरीको घर त तोडफोड सहित आगजानी पश...









