Breaking News Video
माओवादीमा ‘प्रचण्ड’ विकल्प की आवश्यकता ? Shudan Kirati | KhabarSambad
https://www.youtube.com/watch?v=F-H7kSDeL3g&t=36s
रोमालाई हराउँदै सेभियाले जित्यो युरोपा लिगको उपाधि
पूर्णपुष्टि, जेष्ठ १८ । स्पानिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ । बुधबार राति हंगेरीको बुडापेस्टमा भएको फाइनल खेलमा पेनाल्टीसुट आउटमा रोमामाथि ४–१ को जित निकाल्दै सेभियाले उपाधि चुमेको हो । सेभियाले युरोपा लिगको सातौं उपाधि जितेको हो ।
पेनाल्टी सुटआउटमा सेभियाका लागि लुकास ओकम्पास, एरिक लामेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलले गोल गरे । अर्जेन्टाईन खेलाडी मोन्टिएलले २०२२ को विश्वकपको फाईनलमा फ्रान्सविरुद्धको पेनाल्टी सुटआउटमा अन्तिम गोल गरेका थिए । रोमाका लागि ब्राएन क्रिस्टान्टेले गोल गरे भने जियानलुका मान्सिनी र रोजर एभालेजले गोल गर्न सकेनन् ।
खेलको ३५ औं मिनेटमा पाउलो डिबलाको गोलबाट रोमाले पहिले आग्रता लिएको थियो । तर खेलको ५५ औं मिनेटमा रोमाका मान्सिनीले आत्मघाती गोल गरेपछि खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएको थियो । त्यसपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा...
विराटनगरमा अपहरणपछि एक युवकको हत्या
पूर्णपुष्टि, असोज २८ गते ।
विराटनगरमा एक जना युवकको अपहरण गरि हत्या गरिएको छ । सिराहा गोलबजार–२ का १८ वर्षीय अंशु सदाको हत्या हो ।
सदाको अपहरणपछि हत्या गरिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाले जाकारी दिए ।
सदालाई अपहरण गरेर असोज २६ गते विराटनगर ल्याएको र बिहिवार विराटनगर बसपार्कस्थित न्यू अप्सरा गेष्ट हाउसमा हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सदाको हत्या अभियोगमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको एसपी कोइरालाले बताए ।
उनका अनुसार सदाको हत्यामा तीन चार जनाको समूह संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।...
सिमरा विमानस्थलबाट दैनिक उडान कटौती हुने
पूर्णपुष्टि, जेष्ठ २०
बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ ।
विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो । सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिनुभयो । नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट सो अवधिमा दैनिक आधामात्रै उडान हुने उहाँले बताउनुभयो ।
वर्षाँैदेखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मतसम्भार गर्न लागिएको हो । दैनिक उडानको समय कटौती गरी मर्मतको काम अघि बढाइएको हो । सप्तकोसी निर्माण सेवा कम्पनीले उक्त मर्मतसम्भारको ठेक्का लिएको छ ।
नृसिंह मन्दिर पिपरामठको पुनःनिर्माण काम
वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज महानगरपालिका–१४ मा पिपरास्थित जीर्ण अवस्थामा रहेको नृसिंह मन्दिर पिपरामठको पुनःनिर्माण काम ...
एमाले र गठबन्धनबीच ताप्लीमा कडा टक्कर
पूर्णपुष्टि, जेठ २ गते ।
ताप्ली गाउँपालिकामा एमाले र गठबन्धनबीच कडा टक्कर देखिएको छ । अध्यक्ष पदका लागि एमालेको उम्मेदवार बाबुराम राईले १६५३ मत ल्याएका छन् । एमाले उम्मेदवार बाबुराम राईलाई पछ्याइरहेको गठबन्धनका ढुङ्गराज मात्र अन्तरदेखिएको छ । ताप्ली गाउँपालिकामा ३७९ मत गन्न बाँकी छ ।
विराटनगर महानगरको वडामा मतगणना सुरु
काठमाडौं, वैशाख ३१ गते ।
विराटनगर महानगरपालिकाको छ वटा वडाको मतगणना कार्य आज बिहान १० बजेदेखि सुरु भएको छ ।
महानगरमा रहेको १९ वडामध्ये १, २, १६, १७, १८ र १९ नं को मतगणना सुरु भएको मुख्य निर्वाचन कार्यालय विराटनरका सूचना अधिकारी होमबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता रहेकोमा ८९ हजार ६७८९६७ दशमलव ३५ प्रतिशत० मतदान भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । रासस...
‘अद्वितीय प्रतिविम्ब’ फेसन शो
काठमाण्डौँ, चैत २४
नमूना कलेज अफ फेसन टेक्नोलोजीले बिहीबार साँझ ग्र्याजुएशन फेसन शो आयोजना गरेको छ । सिर्जनात्मक प्रस्तुतिका दृष्टिले नेपाली फेसन बजारमा उत्कृष्ट परिचय स्थापित गरेको उक्त समूहले शोको १६औँ संस्करण प्रस्तुत गरेको हो ।
काठमाडौँको होटल सोल्टीमा आयोजित उक्त शोमा मोडलहरुले आ–आफ्ना प्रस्तुति पस्किएका थिए । नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानीशोभा तुलाधरसहितका मोडलहरू रनवेमा उपस्थिति भएसँगै सुरु भएको उक्त शोमा फरक ११ वटा ‘थिम’ मा विविध ८२ विद्यार्थीको कलात्मक प्रस्तुति आयोजना गरिएको थियो ।
उक्त शोमा २३ मोडल युवती र आठ युवा मोडलको प्रस्तुति थियो । उक्त फेसन शोको कोरियोग्राफी र निर्देशन सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गर्नुभएको थियो । अद्वितीय प्रतिविम्ब नाम दिइएको सो फेसन सो करिब तीन घण्टाको थियो । (रासस)...
ताप्लीको १ नं वडामा एमाले टोल कमिटीलाई सपथ सँगै पार्टी प्रवेश कार्यक्रम
पूर्णपुष्टि, चैत्र १८
ताप्ली गाउँपालिकामा एमालेका टोल कमिटीलाई सपथ ग्रहण गराईएको छ । सपथ सँगै अन्य पार्टी परित्याग गरि आएकाहरुलाई समेत पार्टी प्रवेश गराईएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले १ नं वडा कमिटीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रम नेकपा एमाले टोल कमिटीमा रहेको युवाहरुलाई लक्षित गर्दै आयोजना गरिएको राष्ट्रिय युवा संघ जिल्ला कमिटी सदस्य तथा ताप्ली इन्चार्ज समिप राईले जनाए । उनले यस कार्यक्रमले नजिकदै गरेको स्थानीय चुनावलाई सहयोग पुराउनुका साथै युवाहरुको भुमिकालाई मजवुद बनाउने जनाए ।
सपथ कार्यक्रम सँगै कांग्रेस पार्टी परित्याग गरी एमालेमा आएका श्रीमान राई र डिग बहादुर मगरलाई पार्टी प्रवेश समेत गराईएको इन्चार्ज राईले जनाए । नवप्रवेशी दुवैजनालाई प्रदेश कमिटी सदस्य राजन शाही र जिल्ला कमिटी सचिवालय सदस्य तथा ताप्ली इन्चार्ज बावुराम राई लगायतका नेता...
परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच भेटवार्ता
काठमाण्डौँ, चैत १५
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को १८औँ मन्त्रिस्तरीय बैठकमा भागलिने सिलसिलमा श्रीलङ्काको कोलम्बोमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना भारतीय समकक्षी सुव्रमन्यम् जयशङ्करसँग भेटवार्ता गर्नुभएको छ ।
त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । आगामी शुक्रबारदेखि प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न लाग्नुभएको भारतको औपचारिक भ्रमणको जारी तयारीका बारेमा पनि दुवै देशका विदशेमन्त्रीबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैबीच, भारतका बाह्यमामिलामन्त्रीले परराष्ट्रमन्त्री खड्कासँगको भेटमा भारत–नेपाल सम्पर्क सञ्जाल विस्तार, विद्युत् व्यापार, मलखाद आपूर्ति, ऊर्जा र स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्नेबारेमा छलफल भएको सामाजिक सञ्जालमा उल...

