Tuesday, August 18News That Matters

आर्थिक

नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै

नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज २२ विश्व बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ (सन् २०२१) मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा सीमित रहने जनाएको छ । सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेकोमा विश्व बैंकले भने जम्मा ०.६ प्रतिशतको मात्रै वृद्धि हुने तथ्याङ्क सार्वजनिक गरेको हो । ‘साउथ एसिया इकोनोमिक फोकस’ रिपोर्ट सार्वजनिक गर्दै विश्व बैंकले कोरोना महामारी नियन्त्रणको लागि सरकारले गरेको लकडाउनका कारण सबैजसो क्षेत्रको आर्थिक वृद्धिदर खुम्चिने र केही क्षेत्रको वृद्धिदर नकारात्मकतातर्फ जाने बताएको छ । चालु वर्षमा कृषि क्षेत्रको वृद्धिदर २.१ र सेवा क्षेत्रको वृद्धिदर १ प्रतिशतले बढे पनि औद्योगिक क्षेत्रको वृद्धिदर भने ४.१ प्रतिशतले खुम्चने राष्ट्र बैंकको दाबी छ । कोरोना महामारीका कारण दक्षिण एसियाका लाखौँ नागरिक चरम गरिबीको चपेटामा पुग्ने भन्दै विश्व बैंकले औपचारिक रोजगारी नभएका र सामाजिक...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज २२ आज सुनको भाउ घटेको छ । तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ८ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो । सुनको भाउ घटे पनि चाँदीको भाउ आज बढेको छ । त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँ बढेर तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।...
कोरोना महामारीमा वैदेशिक लगानी प्रतिबद्धतामा उत्साह

कोरोना महामारीमा वैदेशिक लगानी प्रतिबद्धतामा उत्साह

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज २२ कोरोना महामारीले  अर्थतन्त्र शिथिल भए पनि यस अवधिमा वैदेशिक लगानी प्रतिबद्धता भने बढ्दो क्रममा देखिएको छ । कोरोनाले लकडाउन सुरु भएदेखि ७ वटा मुलुकबाट १ सय ३२ परियोजनामा २६ अर्ब नेपाली रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । गत ११ चैतदेखि १३ असोजसम्म ती लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यस अवधिमा १ सय १९ वटा उद्योगमा २१ अर्ब लगानी प्रस्ताव लिएर चिनियाँहरु नेपाल भित्रिएका छन् । यस्तै भारतबाट ६ वटा उद्योग, बेलायत र नेदरल्याण्ड्सबाट दुई/दुई वटा, मेक्सिको, मलेसिया र ब्रिटिश भर्जिन आईल्याण्डबाट एक/एक वटा आयोजनाका लागि लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । वैदेशिक लगानीका कुल परियोजनामध्ये १ सय ३० वटा साना, एक मध्यम र एक ठूलो उद्योग रहेका छन् । प्रतिबद्धताअनुसार सबै परियोजनाका लागि लगानी आए चार हजार दुई सय १७ जनाले रोजगार...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज २० आज सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । सुनको भाउ बढेर तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो । त्यस्तै चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।...
नेप्से १५ अङ्कले बढ्यो

नेप्से १५ अङ्कले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १८ आज शेयर बजार परिसूचक नेप्से करीब १५ अङ्कले बढेको छ । नेप्से १४.७१ अङ्कले बढेर १५ सय ८५.७६ अङ्कमा पुगेको छ । जलविद्युत् र सामूहिक लगानी कोषबाहेक अरु सबैजसो समूहको शेयर उकालो लागेको छ । उत्पादन समूहको शेयर एक सय ४५ अङ्कले, जीवन बीमा समूहको ४५, निर्जीवन बीमा समूहको २४, विकास बैंकको २३ तथा बैंक र व्यापार समूहको शेयर १५ अङ्कका दरले बढेको छ । एक सय ९३ कम्पनीका एक करोड दुई लाख ७४ हजार कित्ता शेयर तीन अर्ब चार करोड ४१ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको २६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कर्पोरेट विकास बैंक, शिवम् सिमेन्ट र प्रोग्रेसिभ फाइनान्सका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैले कमाएका छन् । तर समग्र शेयर बजार बढे पनि युनियन, दिव्येश्वरी र खानीखोला जलविद्युत् कम्पनीका शेयरधनीले नौ प्रतिशत भन्दा धेरैका दरले गुमाएका छन् ।...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १८ आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १६ आज सुनको भाउ तोलामा दुई सय रुपैयाँ घटेको छ । सुनको भाउ घटेर शुक्रबारतोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि तोलामा २ सय रुपैयाँ नै घटेर सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी पनि तोलाको एक हजार एक सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।...
नेप्से २०.६१ अङ्कले बढ्यो

नेप्से २०.६१ अङ्कले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १५  आज नेप्से परिसूचक २०.६१ अङ्कले बढेको छ । परिसूचक बढेर १५ सय ७१ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । जलविद्युत् र म्युचल फण्डबाहेक सबै समूहको उपसूचक बढेको छ । निर्जीवन बीमा समूहको उपसूचक सबैभन्दा धेरै ३ सय ३२.४१ अङ्कले र जीवन बीमा समूहको उपसूचक १ सय ५७.३३ अङ्कले बढेको छ । दुई अर्ब ८० करोड रुपैयाँ बराबरका झण्डै एक करोड कित्ता शेयर किनबेच भएको छ । बैंक अफ काठमाण्डौ लिमिटेडको सबैभन्दा धेरै १४ करोड ७६ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका शेयर लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । माउण्टेन हाइड्रो नेपाल लिमिटेडका शेयर लगानीकर्ताले भने झण्डै १० प्रतिशत गुमाएका छन् ।...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १५ आज सुनचाँदीको आज घटेको छ । सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी आज तोलामा १५ रुपैयाँले घटेर तोलाको एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
नेपालको ४९ ठाउँमा सुपथ मूल्यका पसल

नेपालको ४९ ठाउँमा सुपथ मूल्यका पसल

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १५ मुख्य चाडपर्वलाई मध्यनजर गर्दै सरकारले देशभरका ४९ ठाउँमा आजदेखि सुपथ मूल्य पसल खोल्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपोरडिलर तथा घुम्ती सेवामार्फत सुपथ मूल्य पसल सुरु हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । अनलाइन अर्डरमार्फत पनि सुपथ मूल्य पसलका सामग्री खरिद गर्न सकिने जनाईएको छ । काठमाण्डौ उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, थापाथली, नख्खु, प्रयाग पोखरी, जावलाखेल र भक्तपुरमा सुपथ मूल्यका पसल खुल्दैछन् । काठमाण्डौ उपत्यकाका यी ठाउँसहित देशका मुख्य सहरमा पसल सञ्चालन हुनेछन् । उपत्यका बाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा आउनेछ । त्यस्तै दूग्ध विकास संस्थानले पनि आफ्ना सबै कार्यालय र बिक्री के...