Tuesday, August 18News That Matters

आर्थिक

अनुमान भन्दा अर्थव्यवस्थामा ठूलो असर

अनुमान भन्दा अर्थव्यवस्थामा ठूलो असर

आर्थिक, समाचार, संसार
पूर्णपुष्टि, असार ११ कोरोना संक्रमणको कारणले अर्थव्यवस्थाको सुरुवाती अवस्थामा अनुमान गरेका ेभन्दा ठूलो असर देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले जनाएको छ । महामारी बढ्दै गएकालो विश्वको अर्थतन्त्रमा सुरुमा अनुमान गरिएको भन्दा पनि ठूलो असर आइपर्ने आईएमएफको अनुमान छ । आईएमएफको अनुमान अनुसार विश्वभर आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतले गिरावट आउनेछ । गतको अप्रिलमा आईएमएफले अर्थव्यवस्थामा पाँच प्रतिशतले कमी आउने जनाएको थियो । कोरोना संक्रमणबाट जोगिन विभिन्न देशहरुले लकडाउन गरेपछि विश्वको अर्थतन्त्रमा असर थपिंदै गएको आईएमएफको भनाई छ । दूरी कायम गर्नुपर्ने अवस्थाका कारण मानिस घरबाहिर निस्केका छैनन् भने खर्चमा कमी गर्नुपर्ने बाध्यता छ । यसले गर्दा माग पनि कम भएपछि अर्थव्यवस्थामा असर परिरहेको छ ।...
उदयपुरका दुइ पालिकाले असार १० मा गाउँ/नगरसभा गर्न सकेन, त्रियुगामा १ अरबमाथि बजेट प्रस्तुत

उदयपुरका दुइ पालिकाले असार १० मा गाउँ/नगरसभा गर्न सकेन, त्रियुगामा १ अरबमाथि बजेट प्रस्तुत

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १० आठ वटा पालिका रहेको उदयपुरमा आज असार १० गते सबै पालिकाले गाउँ/नगरसभा आयोजना गर्न सकेन । चार गाउँपालिका र चार नगरपालिका रहेको जिल्लामा एक गाउँपालिका र एक नगरपालिकाले सभा गर्न नसकेको हो । नीति कार्यक्रम तथा वजेट घोषणाका लागि हुने गाउँ÷नगरसभा आन्तरिक तयारी नपुगेको भन्दै कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकाले आयोजना गर्न नसकेको हो । कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले पालिकाको आन्तरिक तयारी पुरा नभएकाले आज नगरसभा आयोजना नभएको जानकारी दिनुभयो । आगामी १६ गते मिति तय गरिएको उहाँले बताउनुभयो । त्यस्तै उदयपुरगढीको सबै वडासभा भइनसकेकाले गाउँसभा आज हुन नसकेको एक कर्मचारीले जानकारी दिए । एकमात्र गाउँपालिका रौतामाई गाउँपालिकाले भने गाउँसभा आजै सम्पन्न गरेको जनाएको छ । पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार आगामी वर्षका लागि ४७ करोड ४० लाख ६५ हजार अनुमानित ...
‘गरिबलाई च्यादर, सुत्केरीलाई कोसेलीसम्म’ कार्यक्रम घोषणासहित रौतामाईको गाउँसभा सम्पन्न

‘गरिबलाई च्यादर, सुत्केरीलाई कोसेलीसम्म’ कार्यक्रम घोषणासहित रौतामाईको गाउँसभा सम्पन्न

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १० उदयपुरको रौतामाई गाउँपालिकाले गरिबलाई च्यादर, सुत्केरीलाई कोसेली जस्ता लोकप्रीय कार्यक्रम घोषणासहित गाउँसभा आज सम्पन्न गरेको छ । पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार ४७ करोड ४० लाख ६५ हजार अनुमानित बजेट पास गर्दै गाउँसभा सम्पन्न भएको हो । बजेट तथा योजनामा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । पूर्वाधार विकासतर्फ ७ करोड ७८ लाख बजेट विनियोजन भएको छ भने दोस्रो प्राथमिकतामा अािर्थक विकासलाई राखिएको छ । आर्थिक विकासतर्फ १ करोड ८२ लाख विनियोजन भएको छ । सामाजिक विकासतर्फ १ करोड ६८ हजार ९० लाख रहेको छ । त्यस्तै वातावरण तथा विपद्तर्फ  १ करोड ३० लाख, समपुरक कोषको लागि १ करोड २० लाख, कोभिड १९ नियन्त्रणका लागि १ करोड ११ लाख बजेट बिनियोजन भएको छ । त्यसैगरी विदेशबाट फर्किआएकाहरुका लागि युवा स्वरोजगारका लागि ५० लाख, गरिबीका रेखामुनीकाको घरको छानो विस्तार गरी ४ बण्...
त्रियुगा नगरपालिकाको ५ औँ नगरसभामा १ अर्व २ करोड बजेट पेस

त्रियुगा नगरपालिकाको ५ औँ नगरसभामा १ अर्व २ करोड बजेट पेस

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १० त्रियुगा नगरपालिकाको पाँचौँ नगर सभामा आगामी आर्थीक वर्ष २०७७/७८ को लागी १ अर्व २ करोड ७ लाख ९६ हजार बजेट ल्याएको छ । नगरसभामा मेयर बलदेव चौधरीले आगामी आवको लागी अनुमानित शसर्त अनुदान तर्फ ४७ करोड ७९ लाख गरी १ अर्व २ करोड ७ लाख ९६ हजार ६ सइ ४९ रुपैया ८८ पैसाको बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको हो । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष ७७ लाख ८५ हजार ६ सय ४९ रुपैयाले बढी बजेट ल्याएको हो । आय तर्फ वित्तीय समानीकरणमा २१ करोड १ लाख, राजश्व वाँडफाँडमा १६ करोड ३ लाख २७ हजार ७१ रुपैयाँ, प्रदेश सरकार वित्तीय समानीकरणमा ८४ लाख ८२ हजार, आन्तरिक श्रोत ९ करोड ३७ लाख ४१ ह्जार, प्रदेश सरकार सवारी साधन करबाट १ करोड ७० लाख २८ हजार रहेको छ । यस्तै साना सिचाई कार्यक्रम अन्तर्गत १ करोड ६८ लाख १८ हजार, ५ सय ७८ रुपैया ८८ पैसा, सडक बोर्ड तर्फ ५० लाख, श्रममूलक कार्यक्रम (श...
पाँचाै त्रियुगा नगरसभा सञ्चालन हुदै

पाँचाै त्रियुगा नगरसभा सञ्चालन हुदै

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १० । उदयपुरकाे जेठाे र ठुलाे नगरपालिका 'त्रियुगा नगरपालिका' काे पाँचाै नगरसभा अधिवेशन अाज सञ्चालन भईरहेकाे छ । सभामा मेयर बलदेव चाैधरीले नगरपालिकाकाे अागामी अार्थिक वर्षकाे निति कार्यक्रम तथा बजेट घाेषणा गर्नेेछ । कार्यक्रममा १६ वडाका अध्यक्ष, सदस्यहरु, नगर कार्यपालिका सदस्यहरुकाे सहभागिता छ । दिउसाे १ बजेदेखि विधिवत सुरु भएकाे ञसभा उपमेयर देविकुमारि चाैधरिकाे अध्यक्षतामा चलिरहेकाेछ । तस्विरहरु...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १० आज सुनको भाउ बढेको छ । सुनको तोलामा ५ सय रुपैयाँ बढेर ९१ हजार १ सय रुपैयाँ पुगेको हो । हिजो सुन तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ तोलाको ९ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार ९ आज सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । हिजो अहिलेसम्मै महंगो भएको सुनको भाउ मंगलबार घटेको हो । सुन मंगलबार तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको भाउ तोलामा ९१ हजार रुपैयाँ पुगेको थियो । आज चाँदी तोलाको १० रुपैयाँ घटेर ९ सय ४० रुपैयाँ कायम भएको छ । चाँदी हिजो तोलाको ९ सय ५० रुपयाँ थियो ।...
सुदूरपश्चिम प्रदेशमा ४० हजार हेक्टरमा रोपाइँ

सुदूरपश्चिम प्रदेशमा ४० हजार हेक्टरमा रोपाइँ

आर्थिक, समाचार
पूर्णपुष्टि, असार ९ सुदूरपश्चिम प्रदेशको ४० हजार भन्दा बढी हेक्टर क्षेत्रफलमा धान रोपाइँ भईसकेको छ । समयमै मनसुन भित्रिएकाले असारको पहिलो हप्तासम्म ४० हजार २ सय ४४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको हो । सुदूरपश्चिमको ९ जिल्लामा १ लाख ८१ हजार ६ सय चार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । उक्त क्षेत्रफलको ४० हजार २ सय ४४ हेक्टर अर्थात २२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि निर्देशनालय दिपायलले जनाएको छ । गत वर्ष असार १५ गतेसम्म २२ प्रतिशत मात्रै रोपाइँ भएको थियो । यसपाली समयमै पानी परेकाले कृषकहरुलाई राहत हिलेको छ । आकासे पानीको भरमा रोपाई हुने ठाउँहरुमा पनि रोपाइँ भएको जनाईएको छ । यस वर्ष चाँडो पानी परेकाले रोपाइँ सुरु गर्न सहज भएको छ । सिँचाई सुविधा पनि विस्तार भएकोले किसानलाई आकाशे पानीको भर पर्नु पर्ने खेत पनि कम हुँदै गएको जनाईएको छ ।...
१० महिनामा २८ करोडको बेसार आयात

१० महिनामा २८ करोडको बेसार आयात

आर्थिक, समाचार
पूर्णपुष्टि, असार ६ चालु आर्थिक वर्षको १० महिनामा २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ नेपालमा आयात भएको छ । गत साउनदेखि वैशाखसम्म ९८ लाख १० हजार बराबरको २ लाख २५ किलो ताजा बेसार, यस्तै तीन करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको २ लाख २५ हजार ७ यस ४१ किलो धूलो बेसार र २३ करोड २५ लाख ३ हजार रुपैयाँ बराबरको १ अर्ब ८४ करोड ९० लाख ८७ हजार किलो बेसार तथा बेसारजन्य पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ । पछिल्लो आर्थिक वर्षसम्म नेपालमा ६ करोड ४७ लाख रुपैयाँ भन्दा धेरैको काचो बेसार नेपाल भित्रिएको थियो । नेपाली बजारमा बेसारको औषत प्रतिकिलो मूल्य ३ सय रुपैयाँ छ । थोकमा बेसारको मूल्य गुणस्तर हेरेर दुई ५० देखि २ सय ७५ रुपैयाँसम्म पर्न जाने नेपाल खुद्रा व्यावसायी महासंघले जनाएको छ । नेपाली कृषकले नै फलाएको बेसारको बजार हिस्सा धेरै भएको भएपनि भारत तथा म्यान...
सुरुङ मार्गमा पर्ने गुठी जग्गाको मोहीले पनि मुआब्जा पाउने

सुरुङ मार्गमा पर्ने गुठी जग्गाको मोहीले पनि मुआब्जा पाउने

आर्थिक, समाचार
पूर्णपुष्टि, असार ५ गते । कलंकी–थानकोट–नागढुंगा सुरुङ मार्ग आयोजनाको क्षेत्र भित्र पर्ने जग्गा अधिग्रहण गर्दा सरकाररले सरकारी गुठीका मोहीलाई ५० प्रतिशत क्षतिपूर्ति रकम दिने भएको छ । आयोजना क्षेत्रमा रहेको श्री ५ को वायु गुठीको जग्गा भोगचलन गरिरहेका मोहीहरुलाई तोकिएको मुआब्जाको आधा रकम मात्र क्षतिपूर्ति दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो । जग्गाधनीहरुले मुआब्जा पाउने तर गुठीको जग्गा भोगचलन मात्र गरेकाले क्षतिपूर्ति स्वरुप मुआब्जाको ५० प्रतिशत रकम दिने निर्णय भएको उहाँले बताउनुभयो । जग्गाधनी प्रमाण पूर्जा नभएका तर मालपोत÷नापी कार्यालयमा रहेको श्रेस्ता फिल्डबुकमा जनाउ रहेको आधारमा मोहीलाई क्षतिपूर्ति रकम दिने सरकारले निर्णय गरेको हो ।...