विश्वबजारमा कोइलाको अभाव हुँदापनि बन्द भएन उदयपुर सिमेण्ट उद्योग
पूर्णपुष्टि, भदौ २७ ।
रुस युक्रेनको युद्वको कारण अन्तरास्ट्रिय बजारमा कोइलाको भाउ दोब्बर भन्दा बढी वृद्धि भयो र त्यसको प्रभाव नेपालमा पनि पर्न गयो । दोब्बर मुुल्यबृद्धिले नेपाली बजारमा कोइलाको अभाव खड्कियो । खासगरी सिमेण्ट उद्योगले क्लिंकर बनाउन कोइलाको प्रयोग गर्दछ । कोइलाबाट १४ सय सेण्टिग्रेड तापक्रममा चूनढुंगा, रातोमाटो र आइरन ओरको समिश्रणलाई पकाउनु पर्ने हुन्छ ।
विश्व बजारमै कोइलाको मुुल्यले आपुुर्तीमा प्रभाव परेपछि अहिलेसम्म पनि सहज बन्न सकेको छैन । यस्तो अवस्थामा सरकारी उद्योग भएर पनि उद्योग बन्द हुुन नदिन उपाय अपनाइएको पाइएको छ । गत आर्थिक वर्षमा व्यवस्थापन र प्राविधिक कर्मचारीहरुको मद्दतबाट उद्योग सञ्चालनको लागि कोइलाको जोहो राम्रो देखिएको छ । उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको नेतृत्वमा उच्च व्यवस्थापनले छलफल गरी पहिलेदेखि स्टक राखिएको करीब ६ हजार २ सय मेट्रिक टन कोइला जम...








