गणतन्त्र दिवस : अपाङ्गता भएका व्यक्तिहरुलाई पारा खेलकुद
पूर्णपुष्टि, बैशाख १५ । उदयपुरको त्रियुगा नगरपालिकामा गणतन्त्र दिवसको अवसरमा अपाङ्गताहरुको लागी नगर स्तरीय पारा खेलकुद प्रतियोगिता गराईएको छ ।
बिहिबार ‘खेलकुद स्वस्थ्यको लागी, खेलाडी राष्ट्रको लागी’ भन्ने मुल नाराका साथ गणतन्त्र दिवस जिल्ला स्तरीय मुल समारोह समितिको आयोजना तथा त्रियुगा नगर खेलकुद विकास समितिको समन्यवयमा एक दिने पारा खेलकुद प्रतियोगिता गरिएको हो ।
त्रियुगा नगरपालिकाको भवनमा खेलाईएको पारा खेलकुदमा अपाङ्गता भएकाहरुलाई म्युजिकल चियर र बल पास गरी दुई वटा खेल खेलाईएको थियो । हिड्न सक्ने आपाङ्गता भएकाहरुलाई म्युजिकल चियर खेल खेलाईएको थियो भने हिड्न सक्ने र नसक्ने दुबै किसिमका अपाङ्गता भएकाहरुलाई बल पास खेल खेलाईएको हो ।
म्युजिकल चियर खेलमा वडा नं. ६ की भेष कुमारी थापा प्रथम भईन् भने वडां. ३ कि देवी गिरी दोस्रो र वडा नं. ११ कि विनिता खत्री तेस्रो भईन् । त्यस्तै बल पास खेल...









