प्रचार अभावले ओझेलमा गोसाइँस्थान र दृश्यावलोकन स्तम्भ
काठमाण्डौँ, असार ५
काभ्रेपलाञ्चोकको पुरानो बजार बनेपाबाट उत्तर–पूर्वितर्फ हरियाली भएर उभिएको गोसाइँस्थान डाँडा धार्मिक र पर्यापर्यटनको दृष्टिकोणले प्रसिद्ध ठाउँ हो । बनेपा र धुलिखेल बजारको बीचमा रहेको सो ठाउँमा धार्मिकस्थल गोसाइँस्थान र त्यसमाथिको अग्लो डाँडामा रहेको दृश्यावलोकन स्तम्भले सो डाँडा निकै प्रसिद्ध छ ।
बजारको कोलाहलबाट नजिकै रहे पनि हरियाली वनजङ्गलको बीचमा रहेको अग्लो ठाउँ भएका कारण निकै शान्त, रमणीय र मनोरञ्जन लिनाका साथै धार्मिक दृष्टिकोणले महादेव मन्दिरको दर्शन गर्न पाइने पवित्र ठाउँ भएकाले पनि आकर्षक केन्द्रका रुपमा रहेको छ । बनेपा नगरपालिका–६ मा पर्ने उक्त ठाउँमा पछिल्लो समयमा भने पर्यटकको आवागमन कम भएको छ । बनेपा–६ कार्की गाउँका अञ्जु बानियाँले कोरोना सङ्क्रमणको समययता निकै कम मात्रमा पर्यटक आउने गरेको बताउनुभयो ।
“पहिला पहिला काठमाडौँ उपत्यकालगायत छिमेकी जिल्ला ...









