नेकपा (माओवाद केन्द्र) ले काेशी प्रदेशको नाम ” किरात -लिम्बुवान- काेचीला प्रदेश” राख्ने
पूर्णपुष्टि/काठमाडाैं, भदाै १६ ।
लिम्बू राष्ट्रिय मुक्तिमोर्चा, नेपालकाे अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य मुकसामहाङ मेन्याङबाे "मुकेश"ले अब पार्टीले छिटै काेशी प्रदेशसभामा प्रदेशको पुनः नामाङ्कनका लागि फरक मत पेश गर्ने बताएका छन् ।
लिम्बुवान राष्ट्रिय मुक्तिमोर्चा, नेपाल दक्षिण काेरिया प्रवास समितिकाे हिजाे भएकाे प्रथम भेलालाई बिशेष सम्बाेधन गर्दै साे कुरा बताएका हुन् ।
माओवादी निकट लिम्बुवान, किराँती, काेच, धिमाल, सन्थाल, उराँव झागड लगायतका राष्ट्रिय माेर्चाहरूकाे सम्मेलनले ऐतिहासिक सभ्यता र पहिचानका आधारमा साझा नाम "किरात लिम्बुवान काेचीला प्रदेश" राख्ने निर्णय गरेको र उक्त कुरालाई पार्टीले स्वामित्व लिदै प्रदेश सभामा फरकमतका रूपमा दर्ज गर्ने निर्णय भएकाे उनले बताए ।
उनले भने - सम्बन्धमा पार्टीको केन्द्रीय पदाधिकारी वैठकमा निर्णय गरेर पठाउने पार्टिका अध्यक्ष प्...









