Thursday, May 21News That Matters

राजनीति

उदयपुरको दुई वडा उपनिर्वाचनमा त्रियुगामा ६५, बेलकामा ६० प्रतिशत मत खस्यो

उदयपुरको दुई वडा उपनिर्वाचनमा त्रियुगामा ६५, बेलकामा ६० प्रतिशत मत खस्यो

Breaking News 1, Breaking News 2, राजनीति, समाचार
उदयपुर, मंसिर १६ गते । उदयपुरको दुई वडामा उपनिर्वाचन सौहाद्रपूर्वक अाज सम्पन्न भयो । त्रियुगा नगरपालिका १२ नं. वडामा २ हजार ५२७ मत खसेको छ । यो कुलमत ३ हजार ८४७ को ६५ दशमलब ६८ प्रतिशत हो । त्यस्तै बेलका नगरपालिका ९ नं. वडामा १ हजार ८८५ मत खसेको छ । यो कुलमत ३ हजार १३६ को ६० प्रतिशत हो । दुई मतदानस्थल, ७ मतदान केन्द्र मध्ये बेलकाको बरपिपल माध्यामिक विद्यालय केन्द्रमा एकसय बर्षका होमबहादुर खत्री र ९७ वर्षिया डम्बरकुमारी भट्टराईलेसमेत मतदान गर्नुभयो । बृद्धबृद्धा, अपांग, अशक्तसमेतले अरुको सहारामा आएर मतदान गरे । मतपेटिका संकलन र मतगणना आजै रातीबाट सुरु गर्ने जनाइएको छ । मतदान केन्द्र आसपासमै मतगणनास्थान तयारी गरिएको छ । भोली विहानसम्ममा दुबै वडाको मतपरिणाम सार्बजनिक गर्नेगरी गणना थालिने निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश दिपक कुमार खरेलले बताउनुभयो । विहानदेखि नै मतदताले उत्साहपूर्वक मतद...
बेलकामा कांग्रेसको भोट माग्ने एजेण्डा, कोशी कटानबाट बच्न हामिलाई भोट दिनुहोस

बेलकामा कांग्रेसको भोट माग्ने एजेण्डा, कोशी कटानबाट बच्न हामिलाई भोट दिनुहोस

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, १२ मंसिर । नेपाली कांग्रेसले बेलकाको उपनिर्वाचनमा कोशी कटानलाई मुख्य एजेण्डा बनाएको छ । बर्षा याममा कोशी कटानले बिचल्लीत हुने त्यस ठाउँका जनताहरुलाई कोशी कटानबाट सुरक्षित गर्ने भन्दै कांग्रेसले भोट मागिरहेका छन् । नेपाली कांग्रेसका केन्द्रीय नेता तथा संघिय सांसद डा. नारायण खड्काले कोशी कटान क्षेत्रलाई कांग्रेस बाहेक अरुले रोक्न र व्यवस्थापन गर्न नसक्ने कुरा जनताहरुलाई सुनाए । उनले यसो भन्दै गर्दा जनताहरुमा भने उत्ति विश्वास छैन् । कयौँ बर्ष देखी कटानको सिकार बन्दै आएका त्यस ठाउँका वासिन्दाहरु चुनावको बेलामा भने आश्वासन दिने गरेको बताउँछन् । खड्काले आफ्नो उम्मेदवारलाई जिताउन जनताहरुमा भ्रम छरिरहेका छन् । विकास गर्ने दल र नेताहरुले जितेर मात्रै काम गर्नु पर्छ भन्ने हुँदैन । जनताका आवश्यकतालाई बुझेर पहल कदमी गर्नु पनि मुख्य काम हो । यस्तो आश्वासन खड्काले देखाएको कयौँ बर्ष भैस...
१२ नं वडामा सन्जिवलाई जिताउन विश्व प्रकासको आग्रह

१२ नं वडामा सन्जिवलाई जिताउन विश्व प्रकासको आग्रह

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, १२ मंसिर । त्रियुगा नगरपालिका वडा नं १२ मा हुन गैरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार संजिव काफ्लेलाई जिताउन कांग्रेस नेता विश्वप्रकाश शर्माले आग्रह गरेको छ । चुनावी प्रचार प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै गाईघाट आएका कांग्रेस महामन्त्री समेत रहेका शर्माले इन्जीनियर समेत रहेका काफ्लेलाई जिताउन आग्रह गरे । उनले वडाको विकास गर्न इन्जीनियरको नेतृत्वले थप सहज हुने बताए । शर्माले १२ नं वडामा संजिवले जित्नुको कुनै विकल्प नरहेको जनाए । उम्मेदवार काफ्ले पूर्व वडा अध्यक्ष चुडामणी काफ्लेका छोरा हुन् । उनको सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचनमा कांग्रेसले काफ्लेकै छोरा संजिवलाई उम्मेदवार बनाएका थिए । शर्माले छुडा काफ्लेले गरेको पुरानो निर्णयहरुलाई संजिवले पुरा गर्ने भन्दै जिताउनका लागि १२ नं वडावासीहरुमा आग्रह गरे ।...
दिप प्रज्वलन गरी गाईघाटमा २४ औँ जनमुक्ति सेना स्थापना दिवस मनाईयो

दिप प्रज्वलन गरी गाईघाटमा २४ औँ जनमुक्ति सेना स्थापना दिवस मनाईयो

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, ९ मंसिर । जनमुक्ति सेना स्थापनाको २४ औँ बर्ष पुरा भएको छ । जनआन्दोलमा माओवादीले आफ्नै सेना खडा गरेर शसस्त्र जनयुद्ध लडेका थिए । सोही अवसरमा जनमुक्ति सेना खडा गरेको २४ औँ बर्ष पुगेको भन्दै देशैभरी जनमुक्ति सेना नेपालले दिप प्रज्वलन गरेको हो । सोही अवसरमा शनिवार साँझ गाईघाट स्थिति पिपलचोकमा जनमुक्ति सेनाहरुले दिप प्रज्वलन गरेको हो । कार्यक्रममा माओवादी नेताहरुको उपस्थित थियो । माओवादी नेता ता कोशी प्रदेश सांसद समेत रहेकी सम्झना तामाङले जनयुक्त सफल बनाउन ठुलो शक्तिको रुपमा रहेको जनमुक्ति सेनाको लोकतन्त्र निर्माणमा ठुलो योगदान र सहयोग रहेको जनाईन् । आज देशमा लोकतन्त्र सँगै स्वतन्त्र दुवै जनताले प्रयोग गर्न पाएको भन्दै यो दिवस निकै खुसीको दिवस रहेको तामाङले जनाईन् । यसैगरी अर्का माओवादी नेता तथा सांसद नारायण बुर्जा मगरले जनमुक्ति सेना स्थापना दिवसलाई शुभकामना व्यक्त गर्दै अ...
त्रियुगा १२ को उपनिर्वाचनमा जसपा नेपाल र विप्लवले माओवादी केन्द्रलाई सघाउने

त्रियुगा १२ को उपनिर्वाचनमा जसपा नेपाल र विप्लवले माओवादी केन्द्रलाई सघाउने

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, ७ मंसिर । यहि मंसिर १६ गते त्रियुगा नगरपालिका १२ नं वडामा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले नेकपा माओवादी केन्द्रलाई सघाउने भएको छ । शुक्रबार सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलन गर्दै दुई पार्टीले माओवादी केन्द्रका उम्मेदवार नविन वान्तावा राईलाई सघाउने निर्णय गरेको जनाए । जसपा पार्टीका नेताहरु सिद्धान्त राई, घनश्याम कटुवाल, छिवाहाङ राई, हस्त शोभा र जिल्ला अध्यक्ष ओसन घिमिरे र विप्लव बाट नगर सेक्रेटरी बिमल सी लगायतको उपस्थितिमा माओवादी केन्द्रलाई सघाउने जानकारी गराएको हो । माओवादी केन्द्रका नगर अध्यक्ष मानवाहदुर राई, जसपा अध्यक्ष ओसन घिमिरे र विप्लका नगर सेक्रेटरी बिमल सी को संयुुक्त हस्ताक्षर बिज्ञाप्तीमा यी तिनै पार्टीहरु उपनिर्वाचनमा एक भएर उम्मेदवारलाई बिजयी गराउन लागि पर्ने भनिएको छ । त्रियुगा १२ मा एक स्वतन्त...
त्रियुगा १२ मा कुनै उम्मेदवारमाथी परेन उजुरी

त्रियुगा १२ मा कुनै उम्मेदवारमाथी परेन उजुरी

Breaking News 1, Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, ४ मंसिर । त्रियुगा नगरपालिका १२ मा हुने उपनिर्वाचनको उम्मेदवारमाथी कुनै पनि दावी विरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मदेवारी घोषणा सँगै २ गते मनोनयन दर्ता र ३ गते उम्मेदवार उपर दावी विरोध तथा उजुरुको कार्यक्रम रहेको थियो । दावी विरोध गर्ने समय अवधिभर कुनै पनि उम्मेदवार उपर उजुरी नपरेको कार्यालयले जनाएको छ । त्रियुगा १२ मा एक स्वतन्त्र उम्मेदवार र ८ दल गरी जम्मा ९ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका थिए । उपनिर्वाचन कार्यक्रमका तालिका अनुसार ४ गते मनोनयन कागजपत्रको जाँच, उजुरी उपर निर्णय र उम्मेदवार नामावली प्रकाशनको कार्यक्रम रहेको छ । भोली ५ गते उम्मेदवारी फिर्ता, अन्तिम नामवली प्रकाशन तथा चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको कार्यालयले जनाएको हो ।...
यस्तो छ त्रियुगा १२ उपनिर्वाचन कार्यक्रमको तालिका

यस्तो छ त्रियुगा १२ उपनिर्वाचन कार्यक्रमको तालिका

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, ४ मंसिर । त्रियुगा नगरपालिका १२ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुलाई आचार संहिता, प्रचार प्रसार समय, मनोनयन दर्ता सँगै मतदान मिति समेतको तालिका सार्वजानिक गरेको छ । कार्यालयको तालिका अनुसार मंसिर २ गते मनोनयन दर्ता र मनोनयन दर्ता सूचि प्रकाशन कार्यक्र रहेको थियो भने मंसिर ३ गते दावि बिरोध तथा उजुरी रहेको थियो यो दुवै कार्यक्रम सम्पन्न भैसकेको छ । २ गते एक स्वतन्त्र सहित ९ दलले मनोनयन दर्ता गराईसकेको अवस्था छ भने ३ गते हुने दावी विरोध सम्बन्धी कसैलाई पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी मंसिर ४ गते मनोनयनपत्रको जाँच र उजुरी उपर निर्णय र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ भने मंसिर ५ गते उम्मेदवारी नामावली प्रकाशनको गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन ...
उपनिर्वाचनले तात्यो त्रियुगा १२

उपनिर्वाचनले तात्यो त्रियुगा १२

Breaking News 1, Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, ३ मंसिर त्रियुगा नगरपालिका वडा नं १२ मा चुनावी माहोल बढेको छ । आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि १२ नं वडामा स्वतन्त्र उम्मेदवार सहित बिभिन्न दलका ९ जना उम्मेदवारहरुले मनोनयननै दर्ता गराई सकेको अवस्था छ । आईतबार मात्रै उम्मेदवारहरुले आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गराएको हो । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी जस्ता प्रमुख दलहरु सँगै उदाउँदो पाटी राष्ट्रिय रास्वपा पनि उपनिर्वाचनमा पहिलो पटक सहभागी बनेको छ । यस्तै गरी एकीकृत समाजवादी, राप्रपा, नागरि उन्मुक्ति, जनमत पनि उपनिर्वाचनमा सहभागी बनेको छ । यता स्वतन्त्र बाट युवा उम्मेदवार बजरङ्गी कुमार दासले पनि उपनिर्वाचनमा उम्मेदवारी दिएको छ । यतिवेला गाईघाटवासीहरुको चासो त्रियुगा १२ मा छ । चुनावी केन्द्र विन्दु बनेको उक्त वडामा पार्टीका नेता तथा कार्यकर्ताहरुको घुँईचो लागेको छ । यसैलग गर्दा त्यस स्थान तर्फ ...
त्रिनपा–१२ र बेनपा–९ मा एक स्वतन्त्र सहित १६ जनाले गराए मनोनयन दर्ता

त्रिनपा–१२ र बेनपा–९ मा एक स्वतन्त्र सहित १६ जनाले गराए मनोनयन दर्ता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर २ । उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ मा यहि मंसिर १६ गते उपनिर्वाचन हुदैँछ । आज दुबै वडामा अध्यक्ष पदको लागी १६ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेको छ । त्रिनपा–१२ मा १ स्वतन्त्रसहित ९ जनाले उम्मेदवारी दिएका छन् भने बेनपा–९ मा ७ जनाको उम्मेदवारी परेको छ । त्रिनपा–१२ मा प्रमुख प्रतिष्पर्धी दलका रुपमा देखिएका नेकपा एमालेबाट लक्ष्मीनारागण चौधरी, नेपाली काङ्ग्रेसबाट संजिव काफ्ले र नेकपा माओवादी केन्द्रबाट नविनकुमार बान्तवा राईले उम्मेदवारी दिएका छन् । त्यसैगरी अन्य दलहरुमा नेकपा एकिकृत समाजवादीबाट निर्मला चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ध्रुबप्रसाद पोखरेल, नागरिक उन्मुक्ती पार्टीबाट चन्द्रकला चौधरी, जनमत पार्टीबाट प्रमोद मलाहा सहनी, राप्रपाबाट लालबाबु साहको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारको रुपमा बजरङ्गवली कुमार दासको उम्मेदवारी परेको छ ।...
त्रियुगा १२ उपनिर्वाचनमा नेपाली काँग्रेसबाट संजिव काफ्लेले गराए मनोनयन दर्ता

त्रियुगा १२ उपनिर्वाचनमा नेपाली काँग्रेसबाट संजिव काफ्लेले गराए मनोनयन दर्ता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर २ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ मा हुने मंसिर १६ को उपनिर्वाचनमा नेपाली काँग्रेसबाट संजिव काफ्लेले मनोनयन दर्ता गराएका छन् । आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय १२ नं वडामा र्याली सहित पुगेका काफ्लेले अध्यक्ष पदको लागी उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै एक स्वतन्त्र उम्मेदवार सहित ९ दलहरुले समेत मनोनयन दर्ता गराईसकेका छन् ।...