उदयपुरगढीको ८ वडा मध्ये ४ वडामा गठबन्धन विजय
पूर्णपुष्टि, जेठ ३ गते ।
उदयपुरको उदयपुरगढी गाउँपालिकाको ८ वटै वडामा मतगणना सम्पन्न भएको छ । ८ वटा वडा मध्ये ४ वडामा गठबन्धनले जित हासिल गरेको छ भने २ वडामा काँग्रेस, १ वडामा एमाले र १ वडामा स्वतन्त्र उम्मेदवारले जिते हो ।
वडा नं. १ मा एकिकृत समाजवादीबाट दिलबहादुर राना मगर वडाअध्यक्षमा निर्वाचित भएका छन् । महिला सदस्यमा केशरकुमारी चापागाई र दलित महिला सदस्यमा नरमाया सार्की एसबाट निर्वाचित भएका छिन् । ३ नम्बर वडामा प्यानलै माओवादीको आएको छ । वडाअध्यक्षमा मनोजकुमार कार्की, महिला सदस्यमा विष्णुमाया जर्घा मगर, दलित महिला सदस्यमा गौरीमाया कामी छिन् । यता खुल्ला सदस्य तर्फ नरदल विश्वकर्मा र सन्तोष मगर निर्वाचित भएका छन् । वडा नं. ४ मा माओवादीबाट रामबहादुर घलेले वडा अध्यक्षमा जितेका छन् । महिला सदस्यमा स्वतन्त्र उम्मेदवार मिनाकुमारी तामाङ र दलित महिला सदस्यमा सोना कुमारी मोते छिन् । खुल्ला सदस्...








