Monday, August 31News That Matters

राजनीति

उदयपुरमा विप्लब पक्षबाट पनि निर्वाचन लड्ने

उदयपुरमा विप्लब पक्षबाट पनि निर्वाचन लड्ने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ५ गते । यही वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उदयपुरमा विप्लब पक्षबाट पनि निर्वाचन लड्ने भएको छ । एकीकृत जनक्रान्तीको माध्यमबाट वैज्ञानिक समाजबादी व्यवस्था स्थापना गर्ने दाबी गर्दै विप्लब पक्ष चुनाब लड्ने मैदानमा उत्रिएको हो । पूर्णपुष्टि खबरको कार्यक्रम चुनाबी सम्बादमा यो पार्टीका उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले जिल्लामा पनि पार्टी चुनाबमा सरिक हुने बताएका छन । पार्टीले स्वतन्त्र उम्मेदवार खडा गर्ने बताउदैँ उनले भने “ हाम्रो पार्टीले चुनाबमा देशभक्त उम्मेदवार खडा गर्नुका साथै : एमसीसी बिरोधि उम्मेदवार लाई सहयोग गर्छ ।” उक्त कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी पौडेलले राजनीतिक दल दलालको कब्जामा गैसकेको आरोप लगाउदैँ इमानदार कार्यक्रताले चुनाब जित्ने अवस्था नरहेको आरोप लगाएका थिए । साथै उनले यस जिल्लामा स्थानीय चुनाबमा कुनै पनि हालतमा : एमसीसी पक्षध...
उदयपुरमा २८ दलले स्थानीय निर्वाचमा प्रतिस्पर्धा गर्ने

उदयपुरमा २८ दलले स्थानीय निर्वाचमा प्रतिस्पर्धा गर्ने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ५ गते । जिल्ला निर्वाचन कार्यालय उदपुरमा स्थानीय तहको निर्वाचन लागि २८ दलले नाम दर्ता गराएका छन् । जिल्लाको आठ वटै स्थानीय तहबाट २८ दलले चुनाब जित्न लक्ष्यसहित नाम दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनसार स्थानीय निर्वाचन प्रयोजनका लागि २२ दल दर्ता भएका छन, भने रास्ट्रीय मान्यता प्राप्त दलले जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुनु पर्दैन । जस अनुसार जिल्लामा नेकपा एमाले, नेपाली काङ्ग्रेस, माओवादी केन्द्र , नेकपा एस , जनता समाजबादी पार्टी , र लोकतान्त्रिक समाजबादी पार्टीसहित जनमोर्चा नेपाल, रा. प्र. पा., मौलिक जरोकिलो पार्टी , मङ्गोल नेशनल अर्गनाइजेसन , जनमत पार्टी , नेकपा माले, सचेत नेपाली पार्टी लगायतका दल चुनाबमा सहभागी हुने छन । जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले दर्ता भएका दलले मात्र चुनाबमा भाग लिन पाउने भएकाले अब जिल्लामा २८ दलले मात्र भाग ...
चुनाबमा गठबन्धन खिचडी सरह : हृदयेश त्रिपाठी

चुनाबमा गठबन्धन खिचडी सरह : हृदयेश त्रिपाठी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ४ । जनता प्रगतिशील पार्टीका केन्द्रीय अध्यक्ष तथा पुर्बमन्त्री हृदयेश त्रीपाठीले स्थानीय चुनाबलाई संवैधानिक कर्तब्यको रुपमा स्विकार गरेको बताएका छन् । उनले स्थानीय चुनावलाई आवधिक चुनावको रुपमा लिदै संविधानलाई बचाउन भाग लिएको बताए । उनी चुनावमा हुने गठबन्धनको बिपक्षमा देखिएका छन् । गाइघाटमा आज पत्रकार सम्मेलनमा बोल्दै त्रीपाठीले गठबन्धन खिचडी सरह हुने दाबी गरे । उनले आफ्नो पार्टीले कोहिसँग पनि चुनावी तालमेल नगरेको बताए । उनले थपे – कसैले गठबन्धन गर्छ भने त्यसमा हाम्रो कुनै आपत्ति छैन । पत्रकारले सोधेको प्रश्नको जबाफ दिने क्रममा उनले पार्टीले चुनाबमा आशातित परिणाम नल्याए पनि चुनाबमा जाने बताएका थिए । उनले खेलमा सहभागी भैसके पछि हारजित स्वीकार गर्नुपर्ने भन्दै चुनाबमा जित मात्रै नहुने धारणा राखेका थिए । मधेस राजनीतिमा राम्रो पकड भएका त्रीपाठी अघिल्लो चुनाबमा सुर्य चुनाब ...
उदयपुरको तालमेल बारे प्रदेश समितिले निर्णय गर्ने

उदयपुरको तालमेल बारे प्रदेश समितिले निर्णय गर्ने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ४ केन्द्रमा चुनावी तालमेल गर्ने निर्णय भएपनि स्थानीय तहमा आकाङ्क्षी बड्दै गएपछि सत्तारूढ दललाइ ब्यबस्थापन गर्न सकस परेको छ । उदयपुर मा गठबंधन गर्न दलहरू सहमत भएपनी सिट बाडफाट लगायतमा सहमति नभएपछि प्रदेश समितिले गरेको निर्णय मान्न सहमत भएका छन । आज बसेको गठबन्धनको बैठकमा गठबन्धन को मोडालिटी , सिट बाडफाट लगायतमा सहमती नभएपछी प्रदेश समितिले गरेको निर्णय मान्ने सहमति गर्दै प्रदेश समिति लाई सो निर्णयको जानकारी गराएका हुन । बैठकमा सहभागी माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य सुरेश राई हिमालले गठबन्धन गर्ने अधिकार प्रदेश समिति लाई दिएको बताए । उनले अगाडि भने” गठबन्धन आबश्यक हो भन्नेमा सबै दल सहमत भएपनी केही प्राबिधिक कुरा मा सहमति हुन नसकेकाले प्रदेश मा पठाउने निर्णय गरेका हो । उदयपुर मा केन्द्र को निर्णय अनुसार गठबन्धन गर्न दलहरू एकमत देखिएका छन् । तर द...
आफ्नै क्षेत्रमा ओलीलाई चुनाब जित्न सकस : सत्ता गठबन्धन र राप्रपा बीच चुनाबी तालमेल

आफ्नै क्षेत्रमा ओलीलाई चुनाब जित्न सकस : सत्ता गठबन्धन र राप्रपा बीच चुनाबी तालमेल

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ४ गते । वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलिको निर्वाचन क्षेत्र झापामा सत्ता गठबन्धन र राप्रपा बीच तालमेल गरेर अघि बढ्ने सहमती भएको छ । दुई दिन अगाडि इटहरीमा बसेको गठबन्धन दलको बैठकमा चुनावमा आवश्यकता अनुसार तालमेल गर्ने निर्णय भएको हो । बैठकमा भएको निर्णयबारे जानकारी दिँदै राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले भने, ‘चुनावमा आवश्यकता अनुसार तालमेल गर्ने निर्णय भएको छ । तालमेल गरेर जाने भन्ने निर्णयको माइन्युटमा हस्ताक्षर पनि गरेको छु । गठबन्धन भनेको अनिवार्य हुने भयो, तालमेल भनेको आवश्यक ठाउँमा हुने भयो । हाम्रो चाहिँ सम्भव भएसम्म पाँच दलीय गठबन्धनसँग तालमेल हुने भनिएको छ । झापामा राप्रपाको बलियो उपस्थिति छ । यो निर्णयसंगै अब झापामा एमालेलाई चुनाब जित्न कठिन हुने अनुमान गर्न सकिन्छ ।...
माओवादी केन्द्रका कान्छो पार्टी वडाअध्यक्ष खड्कालाई त्रिनपा ६ मा उम्मेदवारी बनाउने निर्णय

माओवादी केन्द्रका कान्छो पार्टी वडाअध्यक्ष खड्कालाई त्रिनपा ६ मा उम्मेदवारी बनाउने निर्णय

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ४ त्रियुगा नगरपालिका ६ मा वडाअध्यक्षका लागि माओवादी बाट युवा नेतृत्व प्रवेश खड्कालाई उम्मेदवार बनाउने वडा कमिटीले निर्णय गरेको छ । प्रदेश सल्लाहकार गंगाध्वज कार्कीको उपस्थितिमा शनिवार बसेको वडा कमिटीको बैठकले सर्वसहमत रुपमा खड्कालाई माओवादी केन्द्र बाट त्रिनपा ६ वडाअध्यक्षको लागि उम्मेदवार बनाउने निर्णय गरेको हो । अध्यक्ष खड्का सहित खुल्ला वडा सदस्य तर्फ भरत कार्की, पुष्प अधिकारी, महिला वडा सदस्य चन्द्रमाया कार्की, दलित महिला वडा सदस्यमा मनुका विक लाई सर्वसहमत उम्मेदवार बनाउने बैठकमा उल्लेख गरिएको छ । वडा अध्यक्षका लागि उम्मेदवारी बनाउने निर्णय भएका खड्का नेपालभरीकै माओवादी केन्द्रका कान्छो वडाअध्यक्ष हो । उनि उदयपुर जिल्ला स्थिति त्रियुगा नगरपालिका ६ ललपत्ताका माओवादी केन्द्रका वडाअध्यक्ष हुन् ।  ...
अपाङ्ता भएका व्यक्तिको माग मतदानस्थलसम्म जाने व्यवस्था गरियोस्

अपाङ्ता भएका व्यक्तिको माग मतदानस्थलसम्म जाने व्यवस्था गरियोस्

Breaking News 3, राजनीति, समाचार
काठमाडौं, वैशाख ४ गते । अपाङ्गता भएकै कारण लुम्बिनीकी सुनिता यादव यसअघि भएका निर्वाचनमा मतदान गर्नबाट बञ्चित हुनुभयो । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० लक्ष्मीपुरकी यादवको खुट्टाले काम नगर्ने भएका कारण वैशाखीको सहारामा मतदानस्थलमा पुग्न सकस थियो । मतदानस्थलसम्म आवात जावतका लागि सवारी साधनको व्यवस्थासमेत नभएपछि उहाँ निर्वाचनमा सहभागी हुन पाउनुभएन । “मेरो हिँडन सक्ने अवस्था थिएन त्यसैले भोट हाल्न पाइनँ, अहिले पनि भोट हाल्ने ठाउँसम्म पुग्न सक्दिनँ तर आउनेजाने साधनको व्यवस्था भए अबको चुनावमा भोट हाल्ने रहर छ ।”उहाँले सुनाउनुभयो । लुम्बिनी–३ पडेरियाकी पुष्पा विश्वकर्मा पनि अपाङ्गता भएकै कारण मतदानको अधिकारबाट बञ्चित हुँदै आउनुभएको छ । पूर्ण अपाङ्गता भएका कारण विस्तारामै भएकाले निर्वाचनमा भोट हाल्न जान नपाएको उहाँको दुःखेसो छ । “चुनाव आयो भन्छन्, म त भोट हाल्न जान सक्दिनँ, अरुले लैजाँदैनन्”,...
स्थानीय तहमा निवार्चमा उम्मेदवार टुङ्गो लगाउन सकस

स्थानीय तहमा निवार्चमा उम्मेदवार टुङ्गो लगाउन सकस

Breaking News 2, राजनीति, समाचार
काठामडौं, वैशाख ४ गते । स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरु तयारी जुटेका छन् । सत्ता साझेदार दलहरु संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ । नेपाली कांगे्रसको नेतृत्वमा सत्ता साझेदार दलहरुले स्थानीय तहसम्मै दलीय संयन्त्र बनाएर चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । कांगे्रसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले १० वटै जिल्लामा सिट बाँडफाटबारे गहन छलफल भइरहेको बताउनुभयो । “जिल्ला र स्थानीयस्तरमा बनेका पाँच दलीय गठबन्धन बैठकमा यसबारे छलफल चलिरहेका छन्, कतैबाट पनि निष्कर्श आएको अवस्था छैन्,” उहाँले भन्नुभयो, “२०७४ सालको निर्वाचनको मतभारलाई आधार बनाएर जिल्ला तहबाटै उम्मेदवारको भागबण्डा लगाउन निर्देशन दिएका छौं, भागबण्डाको टुङ्गो जिल्लाले नै लगाउन...
गठबन्धनको निर्देशन पालना गरेर निर्वाचनमा जान मन्त्री भुसालको आग्रह

गठबन्धनको निर्देशन पालना गरेर निर्वाचनमा जान मन्त्री भुसालको आग्रह

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, बैशाख ३ नेकपा (माओवादी केन्द्र) की नेत्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गठबन्धनको निर्देशनलाई पालना गरेर अग्रगमनलाई निर्वाचित गराउनुपर्नेमा जोड दिनुभएको छ । ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “अहिलेको निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने र परिवर्तनलाई पछाडि पर्काउने बीचको हो । त्यसैले हालसम्मका उपलब्धिलाई संस्थागत गर्न पनि गठबन्धनका उम्मेदवार निर्वाचित हुनुपर्छ ।” जनयुद्ध र जनआन्दोलनको एकीकृत बलमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतालगायत थुप्रै मुद्दालाई संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री भुसालले संविधानको रक्षाका लागि गठबन्धन आवश्यक भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “प्रतिगमनको अझै खतरा छ भन्ने विषय व्यवहारबाटै पुष्टि भइसकेको छ, त्यो खतरालाई परास्त गर्नका लागि पनि गठबन्धनलाई बलियो बनाउनुपरेको हो ।” यसैबीच ऊर्जमन्त्री ...
ताप्ली गाँपालिकाको अध्यक्षमा माओवादी केन्द्रको तर्फबाट मेरो पनि दाबी : तामाङ

ताप्ली गाँपालिकाको अध्यक्षमा माओवादी केन्द्रको तर्फबाट मेरो पनि दाबी : तामाङ

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३ गते । वैशाखमा हुँन लागेको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट उदयपुर जिल्लाको ताप्ली गाउँपालिका अध्यक्ष पदमा मिलन तामाङले दाबी गरेको छ । ताप्ली गाउँ कमिटिको बैठकले तामाङको दाबी उम्मेदवारी सिफारिस गरेको हो । युबाहरुको नेतृत्वलाइ विकास गर्ने र समृद्ध ताप्लिको निर्मामाण गर्ने तामाङको भनाई छ । आफू निर्वाचित हुने अवसर पाए सुशासन युक्त, भ्रष्टाचार मुक्त, कक्षा १२ सम्म निशुल्क शिक्ष, पर्याप्त पूर्वाधारको विकास, उत्पादनमा जोड ,रोजगारको व्यवस्था गर्ने लगाएतका प्रतिबद्धता समेत जाहेर गरे ।...