मा.वि. मुर्कुचीमा विज्ञान तथा कला प्रदर्शनी हुने
पूर्णपुष्टि, फागुन ६ । मुर्कुची ।
उदयपुरको एक प्रतिष्ठित विद्यालय नमुुना माध्यामिक विद्यालयले रौतामाई विज्ञान तथा कला प्रदर्शनी गर्ने भएको छ । उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुची स्थित विद्यालयले ६१ औं वार्षिकोत्सवसंगै आगामी फागुन १० र ११ गते भब्यरुपमा प्रदर्शनी गर्ने भएको प्राध्यापक खड्ग मगरले जानकारी दिए ।
प्रअ मगरका अनुसार प्रदर्शनीमा विज्ञान, कला, सामाजिक र वातावरण गरी चार विद्या समेटेर विद्यार्थी वालवालिकाहरुको प्रतिभा प्रदर्शनी हुनेछ । चारै विधाका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरिनेछ । प्रदर्शनीमा जिल्ला र छिमेकी जिल्लासमेतका करिब ८० विद्यालयको सहभागिता हुने अनुमान छ ।
रक्तदान कार्यक्रमसहित सुरु हुने उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा पालिका अध्यक्ष बिरेन्द्र मगरले सम्बोधन गर्नेछन् भने भोलीपल्ट समापन समारोहलाई प्रमुख अतिथिको रुपमा संघीय सांसद अम्बर रायमाझीले सम्बोधन गर्ने...









