पूर्णपुष्टि, असार २३
ईन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भुकम्प गएको छ । भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा भूकम्प गएको हो ।
इन्डोनेसियाली सुरक्षा अधिकारीहरुले सोही स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य शुरु गरेको जनाएको छ ।
पूर्णपुष्टि, असार २३
जनावरहरुबाट मानिसमा सर्ने रोगहरु बढ्दो क्रममा रहेको भन्दै विज्ञहरुले चेतावनी दिएका छन् । वन्यजन्तुको संरक्षण तथा वातावरण जोगाइएन भने जनावरबाट मानिसमा सर्ने रोगहरु अझै बढ्ने भन्दै संयुक्त राष्ट्रसंघका विज्ञहरुले चिन्ता व्यक्त गर्दै चेतावनी दिएका हुन् ।
अहिले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ पनि जनावरबाट मानिसमा सरेको उनीहरुको तर्क छ । कोभिड १९ जस्तो रोगको उदय हुनुमा मानिसमाझ रहेको जनावरको मासुप्रतिको बढ्दो माग, अनुचित कृषि अभ्यास तथा जलवायु परिवर्तन कारक रहेको उनीहरूले बताएका छन् ।
पशुजन्य प्रोटिनको माग अधिक हुनु, दिगो कृषि नअपनाइनु तथा जलवायु परिवर्तनका कारण यस्ता रोगहरु बढेको विज्ञहरुले बताएका छन् । जूनोटिक डिजिजका कारण एक वर्षमा विश्वमा २० लाख मानिसको ज्यान जाने गरेको छ । कोभिड–१९ जस्तै इबोला, वेष्ट नाइल भाइरस र सार्स पनि जूनोटिक डिजिज हुन् ।
यी...
पूर्णपुष्टि, असार २०
विश्वको विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट ५ लाख २९ हजार ५ सय ५५ जनाको मृत्यु भएको छ । अहिलेसम्म विश्वभर १ करोड १२ लाख ७ हजार ५ सय ४० जना भन्दा बढी संक्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।
उक्त संक्रमित मध्ये ६३ लाख ६३ हजार ६ सय ९६ जना उपचारपछि निको भएका छन् । अहिले करिब ४३ लाख २४ हजार २ सय ८९ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५८ हजार ८ सय ४१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
विश्वमा सवै भन्दा बढी कोरोना संक्रमणबाट अमेरिका प्रभावित भएको छ । अमेरिकामा मात्रै २८ लाख ९१ हजार २ सय २८ जना संक्रमित भएका छन् भने १ लाख ३२ हजार १ सय ७ जनाको मृत्यु भइसकेको जनाईएको छ ।...
पूर्णपुष्टि, असार २१
२० औं पटक जर्मन कपको उपाधि बार्यन म्युनिखले हात पारेको छ । गतराति भएको खेलमा बायर लिभरकुसेनलाई ४–२ गोलले पछि पार्दै बार्यनले जर्मन कपको उपाधि हात पारेको हो ।
योसँगै बार्यनले १३ औं पटक एकै सिजनमा २ वटा घरेलु उपाधि जित्न सफल भयो । खेलको १६ औं मिनेटमा अलाबाले १ गोल र २४ औं मिनेटमा नार्बीले देस्रो गोल गर्दै बार्यनले उपाधी चुमेको हो । त्यस्तै पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बार्यनको लागि ५९ औं मिनेटमा लेवान्दोस्कीले तेस्रो गोल गरे ।
६३ औं मिनेटमा बन्डेरका गोलमा लिभरकुसेनले खेल तीन एकमा पुर्याएको थियो । तर ८९ औं मिनेटमा फेरि लेवान्दोस्कीले गोल गर्दै खेललाई चार एकको अवस्थामा पुर्याए । खेलको इन्जुरी समयको पाँचौ मिनेटमा लिभरकुसेनले पेनाल्टीमा गोल गर्दै खेल चार दुईको अवस्थामा ल्याएको थियो ।
यो जितपछि बार्यनले लगातार २६ खेलसम्म अपराजित रहने कीर्तिमान पनि बनाएको छ ...
पूर्णपुष्टि, असार २०
विश्वमा कोरोना सङ्क्रमितको संख्या १ करोड ११ लाख नाघेको छ । विश्वका विभिन्न देशमा १ करोड ११ लाख ९१ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको वल्र्डओमिटरले जनाएको छ । उक्त संक्रमित मध्ये ५ लाख २९ हजार १ सय २७ जनाको मृत्यु भईसकेको जनाईएको छ ।
विश्वमा सवै भन्दा बढी अमेरिकामा २८ लाख ९० हजार बढीमा कोरोना संक्रमण भएको छ भने अहिलेसम्म उक्त संक्रमितमध्ये १ लाख ३२ हजार भन्दा धेरैको मृत्यु भईसकेको छ ।
ब्राजिल सङ्क्रमित धेरै हुने देशको दोस्रो स्थानमा छ । ब्राजिलमा १५ लाख ४३ हजार भन्दा धेरै व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ६३ हजार भन्दा बढीको मृत्यु भईसकेको छ ।...
पूर्णपुष्टि, असार २०
पाकिस्तानका विदेश मन्त्री महमूद कुरैशीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विदेश मन्त्री कुरैशीले ट्वीट गरेर आफूमा संक्रमण देखिएको जानकारी दिनुभएको हो ।
संक्रमण पुष्टि भएपछि तत्काल आफू घरमै क्वरेण्टीनमा बसेको र स्वास्थ्य सामान्य भएको उहाँले जानकारी दिनु भएको छ । अल्लाहको कृपाले मेरो स्वास्थ्य राम्रो छ र उर्जावान तथा सवल महसुस गरिरहेको छु ।’ उहाँले भन्नुभएको छ ।...
पूर्णपुुष्टि, असार १९
फ्रान्सका राष्ट्रपति इमानुएल मैक्रोनले प्रधानमन्त्रिमा एक जना वरिष्ठ सरकारी कर्मचारी जिन कास्टेक्सलाई नियुक्त गर्नुभएको छ ।
फ्रान्समा कोरोनाभाइरस सङ्क्रमणका बीच खुकुलो बनाउने नीति ल्याउनु भएका जिन कास्टेक्सलाई राष्ट्रपति मैक्रोनले प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
फ्रान्सको राष्ट्रपति कार्यालयले एक संक्षिप्त वक्तब्य जारी गर्दै जिन कास्टेक्सलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको र सरकार गठनको कार्यादेश दिइएको उल्लेख गरेको छ ।
इडौर्ड फिलिप नेतृत्वको सरकारले शुक्रबार राजिनामा गरेको थियो । गत् साता सम्पन्न स्थानीय चुनाबमा राष्ट्रपति मैक्रोनको दलले ठूला शहरमा चुनाबमा हार बेहोरेको थियो ।
कोरोना सङ्क्रमणबाट निम्तिएको आर्थिक मन्दीलाई रफ्तार दिन राष्ट्रपति मैक्रोनले नयाँ सरकार गठन गर्न लाग्नुभएको हो ।...
पूर्णपुष्टि, असार १९
आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाख चियाउँन पुगेको छ । मोदीसँगै चीफ अफ डिफेन्स स्टाफ (सीडीएफ) जनरल बिपिन रावत र अन्य वरिष्ठ अधिकारी पनि लेह पुगेको हो ।
भारत–चीन विच सीमा क्षेत्रमा भएको झडपपछिको अवस्थाबारे बुझ्न र समीक्षा गर्न मोदी लेह पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत १५ जुनमा चिनियाँ सेनासँगको सङ्घर्षमा २० जना भारतीय सैनिकको मृत्यु गएको थियो ।
प्रधानमन्त्री मोदी निमु पुगेको र भारतीय सेनाका जवान, एअर फोर्स र आईटीबीपीका सुरक्षाकर्मीसँग कुरा गर्नुभएको जनाईएको छ ।...
पूर्णपुष्टि, असार १९
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले जित हात पारेको छ । म्यानचेस्टर सिटीले लिभरपुललाई ४–० गोलले पछि पार्दै जित हात पारेको हो ।
सिटीको घरेलु मैदान बिहान भएको खेलमा खेलको २५ औं मिनेटमा पेनाल्टी मार्फत ब्रूइनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । यस्तै ३५ औं मिनेटमा स्र्टलिङले दोस्रो गोल गरे । ४५ औं मिनेटमा फोडेनले तेस्रो गोल गरे ।
पहिलो हाफमा ३ गोल खाएको लिग च्याम्प्यिन लिभरपुलले दोस्रो हाफमा गोल त फर्काउन सकेन नै उल्टै आफ्नै पोस्टमा गोल गरेको थियो ।...
पूर्णपुष्टि, असार १७
अमेरिकामा दैनिक १ लाख कोरोना संक्रमित पुग्ने विज्ञले चेतावनी दिएका छन् ।
अमेरिकाका सङ्क्रामक रोगका वरिष्ठ विज्ञ डा. एन्थोनी फाउचीले कोरोना भाइरसको सङ्क्रमण रोकथाममा गरिएको प्रयास पर्याप्त नभएकोले दैनिक सङ्क्रमण १ लाख पुग्ने चेतावनी दिनुभएको हो ।
थप प्रभावकारी उपाय नअपनाइएमा अमेरिकामा अहिलेको सङ्क्रमण दरभन्दा दोब्बर बढी मानिस सङ्क्रमित हुनसक्ने डा. फाउचीको चेतावनी छ । अहिले अमेरिकामा दैनिक सरदर ४० हजार मानिस सङ्क्रमित हुने गरेका छन् । आउँदा दिनहरू अमेरिकाका लागि थप चुनौतीपूर्ण हुने उनको भनाई छ ।
नागरिक स्तरबाट पनि सङ्क्रमण कम गर्न सामाजिक दूरी राख्ने र मास्क लगाउने नियम पालना हुनुपर्नेमा जोड दिनुभएको छ । अमेरिकी सिनेटको समितिले आयोजना गरेको सुनुवाईमा डा. फाउचीले भाइरस नियन्त्रण गर्न नसकिएको प्रष्टै देखिएको बताउनुभयो हो ।...