Wednesday, July 1News That Matters

संसार

पुटिनका कारण विश्वभरि मूल्यवृद्धि भयो ः बाइडेन

पुटिनका कारण विश्वभरि मूल्यवृद्धि भयो ः बाइडेन

Breaking News 1, समाचार, संसार
काठमाण्डौँ, चैत १९ अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भएको आरोप लगाउनु भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि तेल र ग्यासको मूल्य बढेपछि अन्य क्षेत्रमा पनि मूल्य वृद्धि भएको उहाँको भनाई छ । विश्वभरि अहिले मूल्य वृद्धि भएको र कतिपय देशमा उर्जा, खाद्यान्नलगायतको अभाव समेत भएको उल्लेख गर्दै उहाँले त्यसको दोषी पुटिन नै भएको दावी गर्नुभयो । शुक्रबार उहाँले भन्नुभयो, “रुसले युक्रेनमाथि आक्रमण गरेको आज ३८ दिन भइसक्यो, आक्रमणको असर दिन प्रति दिन विश्वभरि फैलिँदै र थप गहिरो पर्दै गएको छ, रुसको आक्रमणले युक्रेनमा मात्र नभइ विश्वभरि नै हानी गरेको छ ।” उहाँले मूल्यवृद्धि घटाउन पनि पुटिनले भूमिका खेल्नु पर्नेमा जोड दिदै मूल्य नघटेमा त्यसको दोषी पुटिन नै हुने टिप्पणी गर्नुभयो । “यो मूल्यवृद्धि अझै कहाँसम्म पुग्ने हो भन्ने कुरा अन...
भारतमा ढलको लाइनमा फसेर ४ जनाको मृत्यु

भारतमा ढलको लाइनमा फसेर ४ जनाको मृत्यु

Breaking News 3, समाचार, संसार
काठमाडौँ, चैत १६ । भारतको दिल्लीमा ढलको लाइनमा खसेर चार जनाको मृत्यु भएको दिल्ली फायर सर्भिसका वरिष्ठ अधिकारीले बुधबार पुष्टि गरेका छन् । ती श्रमिकहरू पश्चिम दिल्लीको रोहिणी क्षेत्रमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी महानगर टेलिफोन निगम लिमिटेडको टेलिफोन र ब्रोडब्यान्ड केबल बिछ्याउँदै थिए । दुर्घटना मङ्गलबार साँझ भएको थियो भने उद्धार कार्य रातभर जारी रहेको थियो । रासस...
परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

Breaking News Video, समाचार, संसार
काठमाण्डौँ, चैत १५ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को १८औँ मन्त्रिस्तरीय बैठकमा भागलिने सिलसिलमा श्रीलङ्काको कोलम्बोमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना भारतीय समकक्षी सुव्रमन्यम् जयशङ्करसँग भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । आगामी शुक्रबारदेखि प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न लाग्नुभएको भारतको औपचारिक भ्रमणको जारी तयारीका बारेमा पनि दुवै देशका विदशेमन्त्रीबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच, भारतका बाह्यमामिलामन्त्रीले परराष्ट्रमन्त्री खड्कासँगको भेटमा भारत–नेपाल सम्पर्क सञ्जाल विस्तार, विद्युत् व्यापार, मलखाद आपूर्ति, ऊर्जा र स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्नेबारेमा छलफल भएको सामाजिक सञ्जालमा उल...
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता शुरु

रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता शुरु

Breaking News 3, समाचार, संसार
काठमाडौँ, चैत १५ । रुसी र युक्रेनी वार्ताकारहरूले मङ्गलबार बिहान १०स्३० बजे ९०७३० न्ःत्० पछि इस्तानबुलमा आमनेसामने वार्ता शुरु गरेको टर्की समाचार एजेन्सीले जनाएको छ। दुबै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले स्वागत गरेका थिए । स्वागत गर्दै राष्ट्रपति एर्डोगानले दुवै पक्षलाई युक्रेनमा गत फेब्रुअरी २६ मा रूसको आक्रमणबाट उत्पन्न ूयस त्रासदीको अन्त्यू गर्न आग्रह गरेका छन्। रासस...
जापानले कम्पनीहरूलाई रुबलमा कारोबार नगर्न आग्रह गर्ने

जापानले कम्पनीहरूलाई रुबलमा कारोबार नगर्न आग्रह गर्ने

Breaking News 3, समाचार, संसार
काठमाडौँ, चैत १५ । जापानी सरकारले रूसी तरल प्राकृतिक ग्यास (एलएनजी) को लागि रुबलमा कारोबार नगर्न कम्पनीहरूलाई आग्रह गरिरहेको मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई बताएका छन् । ूअहिलेसम्म त्यस किसिमको कारोबार गर्ने बारे सूचनाहरू छैनन् ताकि जापानी कम्पनीहरूसँग रूसबाट एलएनजीको आपूर्तिको लागि विद्यमान सम्झौताहरू रूबलमा रूपान्तरणको आवश्यकतामा पर्नेछ। यद्यपि त्यस्ता मागहरू प्राप्त भएमा जापानी सरकारले कम्पनीहरूलाई रुबलमा कारोबार गर्न सहमत नहुन आग्रह गर्न चाहन्छ।"उनले भने" जारी रुस युक्रेन द्वन्द्वले गर्दा रुस आफ्नै मुद्रालाई अन्तरराष्ट्रिय मुद्राको रूपमा प्रयोग गर्न चाहिरहेको छ। रासस...
नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

Breaking News 2, समाचार, संसार
काठमाण्डौँ, चैत १५ नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको छ । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र दक्षिण सुडानका राजदूत अकुएई बोना मालवालले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा सोमबार आयोजित संक्षिप्त समारोहमा हस्ताक्षर गर्नुभयो । दुवै राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी गराउने संयुक्त पत्रमा पनि हस्ताक्षर गर्नुभएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । त्यस अवसरमा दुव...
चिनियाँ विदेशमन्त्री वाङ स्वदेश प्रस्थान

चिनियाँ विदेशमन्त्री वाङ स्वदेश प्रस्थान

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, चैत १३ चीनका राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको त्रिदिवसीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, परराष्ट्र मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीले बिदाई गर्नुभयो । परराष्ट्रमन्त्री डा नारायण खड्काको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका विदेशमन्त्री वाङ १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार यहाँ आइपुग्नुभएको थियो । नेपाल भ्रमणका क्रममा चीनका विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बेग्लाबेग्लै भेट्नुभएको थियो । भ्रमणका क्रममा नेपाल र ची...
चीनमा दुर्घटनाग्रस्त विमानमा रहेका सबै १३२ यात्रुको मृत्यु भएको पुष्टि

चीनमा दुर्घटनाग्रस्त विमानमा रहेका सबै १३२ यात्रुको मृत्यु भएको पुष्टि

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, चैत १३ चीनमा गत सोमबारदेखि बेपत्ता भएको यात्रु बाहाक विमानमा रहेका सबै १३२ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ । घटना लगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो सङ्ख्यामा उद्धारकर्ताहरूका परिचालन गरिए पनि विमानको ुब्याकबक्सु मात्रै फेला परेको छ । चाइना इस्टर्न एयरलाइन्सको विमान गत सोमबार दक्षिणी चीनको गुआन्छी झुआङ् क्षेत्रमा बेपत्ता भएको थियो । घटना भएको छैटौँ दिन शनिबार उद्धारकर्ताले घटनामा परेका सबै यात्रु मृत्यु भएको घोषणा गरेका हुन् । “बेपत्ता भएको विमानमा रहेका सबैको मृत्यु भएको छ, कोही पनि जीवितै भेट्न सकिएको छैन, यो अत्यन्त दुःखद खबर हो,” चिनियाँ नागरिक उड्डयन प्रशासनका उपप्रमुख हु झेन्जीयाङले भन्नुभयो । घटनामा परी मृत्यु भएका मध्ये १२३ जना यात्रु र नौ जना चालक दलका सदस्य रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । घटनास्थलमा खोजी तथा उद्धारका लागि चिनियाँ कम्युनिष्...
दक्षिण कोरियामा एकै दिनमा तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित

दक्षिण कोरियामा एकै दिनमा तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, चैत १० दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका बिहीबार प्राप्त समाचारमा बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ बुधबार गएको २४ घण्टा यतामात्र तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । यहाँका अधिकारीहरुले पछिल्ला केही दिनमा यहाँ कोरोना भाइरसका सङ्क्रमितहरुको संख्यामा केही कमी आएको तर उल्लेख्य मात्रामा भने घट्न नसकेको बताएका हुन् । यहाँ बुधबार तीन लाख ९५ हजार ७०० जनाजति सङ्क्रमित पाइएको उनीहरुले बताएका छन् । दक्षिण कोरियाको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार यहाँ गएको २४ घण्टा यता त्यो भन्दा अघिल्लो दिनका तुलनामा भने केही कमी आएको बताइएको छ । अघिल्लो दिनमात्र यहाँ ४ लाख ९० हजार जनाको हाराहारीमा संक्रमितहरु भेटिएका थिए । सो निकायका अ...
अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्ध

अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्ध

Breaking News 3, समाचार, संसार
काठमाडौँ, चैत ९ । अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्ध भएको छ ।सर्वत्र दवावपछि अफगानिस्तानको तालिवान सरकारले बुधबारदेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय जान दिने निर्णय कार्यान्वयन हुने केही घण्टा अगाडि निर्णय नै रद्ध भएको छ । छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वयन नहुने भएको सरकारी अधिकारीहरुले पनि पुष्टि गरेका छन् । तर किन निर्णय रद्ध गरियो भन्ने बारेमा भने उनीहरुले केही बताएका छैनन । छात्रालाई विद्यालय जान दिने निर्णयबाट खुशी भएकाहरु अहिले निर्णय कार्यान्वयन नहुने भएपछि दुखि भएका छन् । छात्रालाई विद्यालय जान दिने निर्णय तत्काल कार्यान्वयन नहुने हो रु भन्ने पत्रकारहरुको प्रश्नमा तालिवान प्रवक्ता इनामुल्लाह सामाङ्गानीले भन्नुभयो, “हो, त्यो सत्य हो ।” सरकारले निर्णय कार्यान्वयन नगर्ने भएपछि विद्यालय जाने तयारीमा रहेका छात्रा घरमै ब...