Friday, May 1News That Matters

समाचार

उदयपुर-१ का लागि सहायक मतदान अधिकृतकाे नाम सार्वजनिक, काे-काे छन् ?

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर १०, फागुन उदयपुरकाे उदयपुर निर्वाचन क्षेत्र १ मा सहायक मतदान अधिकृतकाे लागि १६३ जनाकाे नाम ताेकिएकाे छ । १६० मतदान केन्द्र रहेकाेमा तीनजना बढी नाम सुची सार्वजनिक गरिएकाे हाे । उनीहरुलाइ तालिममा सहभागि गराउने तयारी रहेकाे जिल्ला निर्वाचन कार्यालय उदयपुरका निर्वाचन अधिकारी दिपक दाहालले बताए ।...

उदयपुर-२ का लागि मतदान अधिकृतकाे नाम सार्वजनिक, काे-काे छन् ?

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, १० फागुन उदयपुरकाे उदयपुर निर्वाचन क्षेत्र २ मा मतदान अधिकृतकाे लागि ११८ जनाकाे नाम ताेकिएकाे छ । ११५ मतदान केन्द्र रहेकाेमा चारजना बढी नाम सुची सार्वजनिक गरिएकाे हाे । उनीहरुलाइ तालिममा सहभागि गराउने तयारी रहेकाे जिल्ला निर्वाचन कार्यालय उदयपुरका निर्वाचन अधिकारी दिपक दाहालले बताए ।  ...

उदयपुर-१ का लागि मतदान अधिकृतकाे नाम सार्वजनिक, काे-काे छन् ?

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर १०, फागुन उदयपुरकाे उदयपुर निर्वाचन क्षेत्र १ मा मतदान अधिकृतकाे लागि १६४ जनाकाे नाम ताेकिएकाे छ । १६० मतदान केन्द्र रहेकाेमा चारजना बढी नाम सुची सार्वजनिक गरिएकाे हाे । उनीहरुलाइ तालिममा सहभागि गराउने तयारी रहेकाे जिल्ला निर्वाचन कार्यालय उदयपुरका निर्वाचन अधिकारी दिपक दाहालले बताए ।...
उदयपुर सुनचादी व्यवसायी संघद्धारा फिफा रेफ्री सहित ६ जना राष्ट्रिय महिला खेलाडीलाई सम्मान

उदयपुर सुनचादी व्यवसायी संघद्धारा फिफा रेफ्री सहित ६ जना राष्ट्रिय महिला खेलाडीलाई सम्मान

Breaking News 2, खेलकुद, समाचार
सुनिल राई, गाइघाट ÷ फागुन १० । उदयपुर सुनचादी व्यवसयी संघले फिफा रेफ्री सहित ६ जना राष्ट्रिय महिला खेलाडीलाई सम्मान गरेको छ । आइतबार बिहान संघको सभाहलमा एक कार्यक्रमको बिच जिल्लाको तिनजना सहित ६ जनालाई सम्मान गरेको हो । उदयपुरको थरुहट रंगशाला गाईघाटमा भर्खरै फागुन ९ गते सम्पन्न एन्फा महिला च्यापियनसिपको विजेता तथा उपविजेता टिमको राष्ट्रिय खेलाडी र मुख्य रेफ्रिलाई संघले राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा पनि आफ्नो देशको पहिचान र गरिमा बढाउन सफल भएको भन्दै सम्मान गरेको हो । संघले उदयपुरको त्रियुगा नगरपालिका घर भएकी फिफा रेफ्री अन्जना राई, राष्ट्रिय खेलाडी बेलका नगरपालिका घर भएकी दिपा राई, कटारी नगरपालिका घर भएकी हिरा कुमारी भुजेल सहित सावित्री किसन, मनमाया दमाई र बिमला वि.क. लाई सम्मान गरेको हो । हिरा कुमारी भुजेल, मनमाया दमाई र सावित्री किसन एन्फा महिला च्याम्यिसिपको उ...
उदयपुरमा मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिए

उदयपुरमा मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिए

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, १० फागुन  मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटले उदयपुर निर्वाचन क्षेत्र १ का लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकेको छ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रहरूमा खटिने गरी तोकेको हो । मतदान अधिकृतको कार्यालय कटारीले पनि उदयपुर क्षेत्र नम्बर २ का लागि मतदान अधिकृत र सहायक मदन अधिकृत तोकेको छ। एक मदन केन्द्रमा एक मदन अधिकृत र एक सहायक मतदान अधिकृत तोकिएका हुन् । योसँगै अन्य कर्मचारीहरू र सुरक्षाकर्मीहरू समेत खटाइने जनाइएको छ।...
एन्फा महिला च्याम्पियनसिपको उपाधी एपिएफले जित्यो

एन्फा महिला च्याम्पियनसिपको उपाधी एपिएफले जित्यो

Breaking News 2, खेलकुद, समाचार
सुनिल राई, गाईघाट÷९ फागुन । उदयपुरको थरुहट रंगशाला गाईघाटमा आज सम्पन्न एन्फा महिला च्याम्पियनको उपाधि सशस्त्र प्रहरी क्लब (एपिएफ) ले जितेको छ । आजको फाईनल खेलमा त्रिभुवन आर्मी क्लबलाई १ गोलको विरुद्ध २ गालले हराउँदै एपिएफले उपाधि चुमेको हो । खेलको ५४ औँ मिनेटमा जर्सी नं. १२ की गिता राणाले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिईन् भने ६८ औँ मिनेटमा जर्सी नं. ७ कि रेनुका नगरकोटीले गोल गर्दै अग्रता दोब्बर पारिन् । त्यस्तै खेलको ७१ औँ मिनेटमा आर्मीकी जर्सी नम्बर ८ की जेनिफर राणाले गोल गरिन् । टिमको तर्फबाट यो मात्र एक गोल रह्यो । यस खेलको म्यान अफ द म्याच एपिएफ कि जर्सी नं. १२ कि गिता राणा बनिन् । उपाधि विजेता सशस्त्रले ७ लाख ५० हजार पुरस्कार हात पारेको छ भने उपविजेतामा चित्त बुझाउनु परेको आर्मीले ५ लाख नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक सशस्त्रकी अन्जना राना मग...
एन्फा महिला च्याम्पियनसिप:उपाधिका लागी विभिगिय टोली एपिएफ र आर्मी भिड्दै

एन्फा महिला च्याम्पियनसिप:उपाधिका लागी विभिगिय टोली एपिएफ र आर्मी भिड्दै

Breaking News 2, खेलकुद, समाचार
सुनिल राई, गाईघाट÷फागुन ९ । उदयपुरको थारुहट रंगशाला गाईघाटमा जारी एन्फा महिला च्याम्पियनसिपको उपाधिका लागी दुई विभागिय टोली शसस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । आजको फाईनल खेल दिउँसो २ बजे हुनेछ । एपिएफले क्वाटरफाईनलमा आरएस रिसोर्ट पोखरालाई १९–० गोलको फराकिलो अन्तरले हराएको थियो भने सेमिफाईनल खेलमा संकटालाई ३–० गोल अन्तरले हराएको हो । त्यस्तै त्रिभुवन आर्मी क्लबले क्वाटरफाईनलमा न्युरोड टिमलाई ६–१ गोल अन्तरले हराएको थियो भने सेमिफाईनलमा नेपाल पुलिस क्बलाई १–० गोल अन्तरले हराएको हो । जम्मा १० टिम सहभागी मध्ये हालसम्मको खेलबाट गाइघाट फुटबल क्लव, एफ सी रियल, छहारी युथ क्लब, आर एस रिसोर्ट, न्यूरोड टिम, चर्च वोइज, नेपाल पुलिस क्लब र संकटा क्लब गरी आठ टिम वाहिरियो । यस च्याम्पियनसिपको विजेताले नगद रु. ७ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने ...
विदेशमा मृत्यु भएका राईको परिवारलाई १४ लाख विमारकम हस्तान्तरण

विदेशमा मृत्यु भएका राईको परिवारलाई १४ लाख विमारकम हस्तान्तरण

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन ८ । बैदेशिक राजगोरीको क्रममा मृत्यु हुन पुगेका उदयपुरको चौदण्डीगढी नगरपालिका २ झोरापाटाका मनिराम राईको परिवारले १४ लाख रुपैया विमा रकम पाएको छ । एशियन लाईफ इन्स्योरेन्स, गाईघाट शाखाले परिवारलाई आज विमा रकम हस्तान्तरण गरेको हो । विमा कम्पनीकाे गाइघाट शाखाकी प्रमुख मेनुका खत्रीले मृतककी श्रीमती अमिता राइलाइ हस्तान्तरण गर्नुभयाे । मलेसिया बैदेशिक रोजगारीमा जाने क्रममा श्रम वापत म्यादी विमा गरेर गएका थिए । उनको गत पुस १८ गते मलेशियामा डिउटी सकेर कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको थियो ।  ...
आर्मी र सशस्त्र दुबैको उपाधीमाथी दावी : एन्फा उमन्स च्याम्पियनशिप

आर्मी र सशस्त्र दुबैको उपाधीमाथी दावी : एन्फा उमन्स च्याम्पियनशिप

Breaking News 2, Breaking News Video, खेलकुद, समाचार
८ फागुन, २०८२ । उदयपुर उदयपुरको थारुहट रंगशालामा भोली (फागुन ९ गते) हुन गईरहेको एन्फा उमन्स च्याम्पियनशिपको फाईनलिस्ट नेपालका विभागिय टिमहरु त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी क्लव दुबैले जीतको दावी गरेका छन् । आज फाईनल तयारी बारे गरिएको पत्रकार सम्मेलनमा दुबै टिमका कोच तथा क्याप्टेनहरुले यस्तो दावी गरेका हुन् । नेपाल आर्मीका टिमकोच राजु तामाङले आर्मीले निकै प्रतियोगितामा उपाधी चुम्ने अवसर गुमाएकाले यो अवसरलाई सतप्रतिशत सदुपयोग गर्ने बताए । जीतका लागि खेलाडी टिम शारीरिक तथा मानशिक दुबै हिसावले तमतयार रहेको उनले बताए । “हामीलाई जीत पक्का गर्नुछ । यो उपाधी कुनै पनि हालतमा नगुमाउने भन्ने हाम्रो रणनीती बनेको छ ।” उनले भने । यसपटकको टिम पूर्णरुपले आत्मविश्वास भरिएको र फाईनलसम्म आइपुग्दाको खेलले उच्च मनोबल आर्जन गर्न सफल रहेकोले जीतको नजिक रहको आर्मीकी टिम क्याप्टेन सुनिताकुमारी चौधरीले बत...
एन्फा उमन्स च्याम्यिनसिपको पहिलो सेमिफाईलमा विभागीय टिम पुलिस र आर्मी भिड्दै

एन्फा उमन्स च्याम्यिनसिपको पहिलो सेमिफाईलमा विभागीय टिम पुलिस र आर्मी भिड्दै

Breaking News 2, खेलकुद, समाचार
सुनिल राई, गाईघाट÷पूर्णपुष्टि, फागुन ६ । उदयपुरको थारुहट रङ्गशाला गाईघाटमा जारी एन्फा उमन्स च्याम्पियनसिपको सेमिफाईनल खेल आजदेखी सुरु हुदैँछ । दिउँसो साढेँ ३ बजे देखी हुने पहिलो सेमिफाईनल खेलमा विभिगीय टोली नेपाल पुलिस क्लबको विरुद्ध त्रिभुवन आर्मी क्लब भिड्दैछन् । जारी च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले एफसी रियलाई १०–० गोल अन्तरले हराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो भने त्रिभुवन आर्मी क्लबले न्युरोड टिमलाई ६–१ गोल अन्तरले हराउँदै पुलिससँगको भेट पक्का गरेको हो । एफसी रियल विरुद्धको खेलको पहिलो हाफमा ६ गोल गरेको पुलिसले दोस्रो हाफमा ४ गोल थपेको थियो । पुलिसका लागी जर्सी नं. ९ की रेखा पौडेलले डब्बल ह्याट्रिक गरेकी थिइन् । त्यस्तै पुलिसका लागी जर्सी नं. ३४ की मिना देउवा र जर्सी नं. २ की पुजा राणा मगरले २–२ गोल गरेकी थिइन् ।न्युरोड टिम विरुद्धको पहिलो हाफमा १ मात्र गोल गरेको आर्मीले दोस...