Friday, July 10News That Matters

समाचार

सिबाईस्थित त्रियुगा नदिमा निर्माणधिन पक्की पुलको ठेक्का रद्द

सिबाईस्थित त्रियुगा नदिमा निर्माणधिन पक्की पुलको ठेक्का रद्द

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २ । सिबाई स्थित त्रियुगा नदीमा निर्माणाधीन पक्की पुलको निर्माण कार्य लामो समयदेखि अलपत्र पारेको भन्दै गाईघाट–दिक्तेल सडक योजना कार्यालयले निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । महालक्ष्मी र लोकप्रिय जेभी बालाजुले करारीय दायित्व पूरा नगरेको कारण देखाउँदै कार्यालयले बिहीबार एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरी सम्झौता अन्त्य गरेको जानकारी दिएको हो । सडक योजना कार्यालय गाईघाटका प्रमुख पशुपति ज्ञवालीका अनुसार निर्माण व्यवसायीलाई पटक–पटक लिखित र मौखिक रूपमा तोकिएको समयमै काम सम्पन्न गर्न आग्रह गरिएको थियो । तर निर्माण कम्पनीले बेवास्ता गरेपछि सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९(७) र नियमावलीको नियम १२१(ख) बमोजिम ठेक्का सम्झौता रद्द गरिएको हो । तीन वर्षअघि खोलामा आएको बाढीले पुलको स्प्यान भत्काएपछि निर्माण कार्य अवरुद्ध भएको थियो । निर्माण व्यवसायीले...
कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ देखि २४ सम्म

कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ देखि २४ सम्म

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । कार्यालयले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार २०८२ वैशाख ११ गतेदेखि परीक्षा शुरु भई वैशाख २४ गतेसम्म सञ्चालन हुने भएको छ । साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । विद्यार्थी र अभिभावकहरूले परीक्षाको तयारीको लागि पर्याप्त समय पाउने गरी तालिका सार्वजनिक गरिएको छ । कक्षा १२ को परिक्षा तालिका हेर्नुहोस -...
कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ देखि २४ सम्म

कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ देखि २४ सम्म

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । कार्यालयले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार २०८२ वैशाख ११ गतेदेखि परीक्षा शुरु भई वैशाख २४ गतेसम्म सञ्चालन हुने भएको छ । साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । विद्यार्थी र अभिभावकहरूले परीक्षाको तयारीको लागि पर्याप्त समय पाउने गरी तालिका सार्वजनिक गरिएको छ । कक्षा १२ को परिक्षा तालिका हेर्नुहोस -...
माओवादी मजदुर पार्टीद्वारा जनयुद्ध दिवसमा फलैचा निर्माण

माओवादी मजदुर पार्टीद्वारा जनयुद्ध दिवसमा फलैचा निर्माण

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २ ।  त्रियुगा नगरपालिकामा ३० औँ जनयुद्ध दिवसको अवसरमा माओवादी मजदुर पार्टीले एक काष्ठको फलैचा निर्माण गरेको छ । त्रियुगा नगरपालिका वडा नं. ३ स्थित त्रियुगा पुल नजिकै रहेको पिपलको फेदमा पार्टीले फलैचा निर्माण गरी कोण सभाको गरेको हो । कार्यक्रममा पार्टीका महासचिव हिमाल सिंह राईले जनयुद्धको स्मरणमा फलैचा निर्माण गरिएको बताए । पार्टी प्रवक्ता जगत काटुवालले ३० औँ जनयुद्ध दिवसलाई नेपाली जनताको परिवर्तनको एक महत्वपूर्ण शैक्षिक क्षणको रूपमा लिनुपर्ने धारणा राखे । संगठन प्रमुख प्रदिप फुयालले पार्टीको स्थापनाकालदेखि नै जनयुद्ध दिवस मनाउँदै आएको जानकारी दिए । कार्यक्रममा 'हाम्रो क्रान्ति जारी छ', 'माओवादी मजदुर पार्टी जिन्दावाद', 'नयाँ जनवादी क्रान्ति जिन्दावाद', '३० औँ जनयुद्ध जिन्दावाद' जस्ता नाराहरू लगाइएको थियो । कार्यक्रममा ज्ञानबहादुर तामाङ र झमकबहादुर मगर लगायत पार्टीका ने...
जिल्ला समन्वय समिति उदयपुरको सातौँ जिल्ला सभा सम्पन्न

जिल्ला समन्वय समिति उदयपुरको सातौँ जिल्ला सभा सम्पन्न

Breaking News 2, समाचार
सुनिल राई, गाईघाट । पूर्णपुष्टि, फागुन १ । जिल्ला समन्वय समिति उदयपुरको सातौँ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति उदयपुरको प्रमुख गौर बहादुर विश्वकर्माको अध्यक्षतामा बिहिबार जिल्ला समन्वयको सभाहलमा आयोजित सभा सम्पन्न भएको हो । सभाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम, विनियोजन ऐन सर्वसम्मत रूपमा पारित गरेको छ । जिल्ला समन्वय समितिको गत आर्थिक वर्षको विनियोजित रकम १ करोड ४३ लाख २८ हजार मध्ये हालसम्म १ करोड २६ लाख ४६ हजार ९ सय ७० रुपैयाँ खर्च भएको छ । यो रकम कुल बजेटको ८८.२७ प्रतिशत हो । यसका साथै, साविक जिल्ला समन्वय समितिको कोषबाट मौज्दात भई आएको बिबिध खर्च खातामा गत आ.व.को सुरुमा २ करोड ९९ लाख ४२ हजार ४ सय ७३ रुपैँया ७५ पैँसा रहेकोमा ४५ लाख ६० हजार ४ सय ५७ रुपैँया ८२ पैँसा खर्च भएको छ । भने २ करोड ३० लाख ७२ हजार १५ रुपैँया ९३ पैँसा मौज्दात रहेको छ । सभाक...
आवाज विहिन बर्तमान सरकार राष्ट्रियताको लागि बोल्दैन : झलनात खनाल

आवाज विहिन बर्तमान सरकार राष्ट्रियताको लागि बोल्दैन : झलनात खनाल

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, ३० माघ । नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झनलाथ खनालले वर्तमान सरकार राष्ट्रियता प्रति सिरियस नदेखिएको जनाए । बुधबार गाईघाट आईपुगेका नेता खनालले पत्रकार सम्मेलनमा बोल्दै बिदेशी या जसले जे गरेपनि सरकार चुपचाप बसेको आरोप लगाए । बरु भगेरा कराउँछ तर सरकार कराउँदैन सरकारको आवाज छैन्, “खनालले भने, ” उनले सरकार आफ्नो उदेश्य पुरा गर्नका लागि मात्रै बनेको जनाए । देश र जनताको लागि सरकार निर्माण नभएको समेत उनले बताए । वर्तमान सरकारकै कारण देश खप्ठेरेमा परेको पनि उनले बताए । सविधान संसोधन सहित ७ बुद्धे समहमतिमा बनेको सरकारको गति ठिक नभएको उनले बताए । खनालले अध्यायदेश मार्फत विद्ययेक ल्याउनु पर्ने बाध्यता नभएको भन्दै बिरोध पनि जनाएको छ । दुई तिहाईको सरकारले अध्यायदेश मार्फत विद्ययेक ल्याउनु पर्ने लाजस्पद रहेको पनि उनको भनाई थियो ।...
त्रियुगा १६ मा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

त्रियुगा १६ मा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३० माघ । त्रियुगा नगरपालिका वडा नं १६ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । यस कार्यक्रमले वडाको बिभिन्न ४ ओटा महत्वपूर्ण सडक निर्माण गर्ने छ । उक्त कार्यक्रमको आयोजनाले वडा स्थित कुसुमटार धौरी कृषि सडक निर्माण, बरुवा खोला अकर सिम्ले कृषि सडक निर्माण, भोर्ले सिदाली कृषि सडक निर्माण र डिहिटार अम्वोके सिद्रे डहर खोल्सी कृषि सडक निर्माण गर्ने भएको छ । त्रियुगा नगरपालिका प्रधानमन्त्री रोजगार सेवा केन्द्रकी संयोजक निशा घलेले वडाको अम्वोकेबाट कार्यक्रम सुभारम्भ गरेको जनाईन् । बिभिन्न ४ ओटा स्थानमा निर्माण गरिने सडकहरुको एकै ठाउँबाट औपचारिक रुपमा सुभारम्भ गरिएको हो । घलेका अनुसार ४ ओटा सडक निर्माणका लागि ३४ जना श्रमीकहरुलाई रोजगार दिईएको छ । दिनको ६६८ रुपयाँको दरले दिईने पारीश्रमीक ज्यालाको लागि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २२ लाख ७१ हजार २ सय र वडाबाट २ लाख गरी जम...
जोगिदहमा नि:शुल्क आँखा जाँच शिविर : ३७ जनामा मोतिबिन्दु फेला

जोगिदहमा नि:शुल्क आँखा जाँच शिविर : ३७ जनामा मोतिबिन्दु फेला

Breaking News 1, समाचार, स्वास्थ्य
सुनिल राई, गाईघाट । पूर्णपुष्टि, माघ ३० । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ जोगीदहमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । बुधबार वडा नम्बर १ को आयोजना तथा त्रियुगा नगरपालिकाको वित्तिय सहयोगमा जोगीदहस्थित श्री जनप्रेमी माध्यमिक विद्यालयमा सम्पन्न शिविरमा वृद्धवृद्धा र विद्यार्थीहरुको आँखा परीक्षण गरिएको हो । नेपाल नेत्र ज्योति सङ्घ र सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा २१० जना वृद्धवृद्धा र ३१३ जना विद्यार्थी गरी जम्मा ५२३ जनाको परीक्षण गरिएको छ । शिविरका संयोजक डा. राजकुमार यादवका अनुसार ३७ जनामा मोतिबिन्दु, २० जनामा दृष्टिदोष, ३ जनामा मासु पलाएको र २ जनामा आँखा डेढो समस्या फेला परेको छ । मोतिबिन्दु र मासु पलाएका बिरामीहरूको लहानमा निःशुल्क शल्यक्रिया गरिने भएको छ । दृष्टिदोष भएका २० जनालाई चश्मा वितरण गरिएको छ भने १५० जनालाई निःशुल्क औषधि...
शिक्षक संघद्धारा बरुवा महोत्सव रोक्न माग

शिक्षक संघद्धारा बरुवा महोत्सव रोक्न माग

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २९ । त्रियुगा नगरपालिकामा शिक्षक महासंघ लगायत विभिन्न शिक्षक संघसंगठनले विद्यार्थीको पठनपाठनमा असर पर्ने भन्दै बरुवा बसपार्कमा हुन लागेको महोत्सव रोक्न माग गर्दै मंगलबार ज्ञापनपत्र बुझाएका छन् । शिक्षक संघसंगठनका प्रतिनिधिहरुले नगरप्रमुख बसन्त बस्नेत र उपमेयर महेश्वरी राईलाई बुझाएको ज्ञापनपत्रमा बेमौसमी मेला महोत्सव, सर्कस जस्ता गतिविधिले विद्यार्थीहरुको शैक्षिक गतिविधिमा नकारात्मक प्रभाव पार्ने जनाइएको छ । उनीहरुले महोत्सव आयोजना गर्नुपरे दसैं-तिहार जस्ता लामो बिदाको समयमा गर्न सुझाव दिएका छन् । ज्ञापनपत्र बुझ्दै मेयर बस्नेतले शिक्षक महासंघको चासोप्रति सकारात्मक रहेको बताउँदै सरोकारवालाहरुसँग छलफल गरी समाधान खोजिने प्रतिबद्धता जनाएका छन् । शिक्षक संघसंगठनले विद्यार्थीहरुको अध्ययन वातावरण सुधार्न महोत्सव स्थगित गर्न माग गरेका छन् ।...
जिल्ला ब्याटमिन्टन संघ उदयपुरद्धारा शसस्त्रका एसपी बस्नेतको विदाई

जिल्ला ब्याटमिन्टन संघ उदयपुरद्धारा शसस्त्रका एसपी बस्नेतको विदाई

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ २९ । जिल्ला ब्याटमिन्टन संघ उदयपुरले जिल्ला शसस्त्र प्रहरी बल उदयपुरका शसस्त्र प्रहरी प्रमुख उपरिक्षक (एसपी) सरोज सिंह बस्नेतलाई बिदाई गरेको छ । मंगलबार बोक्सेस्थित जिल्ला ब्याटमिन्टन  संघको कबर्ड हलमा उदयपुरबाट छिन्नामस्ता २ नम्बर बाहिनि महोत्तरी बर्दिवास सरुवा भएका एसपी बस्नेतलाई शुभकामना दिदैँ बिदाई गरिएको जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष कालिदास राई (किसन) ले जानकारी दिए । जिल्ला ब्याटमिन्टन संघ उदयपुरका अध्यक्ष समेत रहेका राईले एसपी बस्नेतलाई मायाको चिनो स्वरुप जिल्ला ब्याटमिन्टन संघ उदयपुरको टिसर्ट प्रदान गरे । बिदाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरे, जिल्ला प्रहरी कार्यालयका (एसपी) हरिहरनाथ योगी, श्री पशुपती प्रसाद गणका प्रमुख सेनानी शिवप्रसाद वाग्ले लगायतको उपस्थिति रहेको थियो ।...